© २०२३
बुटवल,१० बैसाख । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा बालाराम भट्टराईले उम्मेद्वारी दिएका छन् । उनले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरेका छन् ।
आफू सन् २००८ देखि लायन्सको यात्रामा रहेको जानकारी गराउँदै आफूलाई थप गतिशिल बनाउनको लागि पनि मतदान गरी जिताउन आग्रह गरेका हुन् । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ ।
उक्त अधिवेशनमा सत प्रतिशत एस भोट गरी आफूलाई थप उर्जा र हौसला प्रदान गर्न उनले आग्रह गरेका हुन् । १५ वटा डिष्ट्रिक्ट मध्ये सबैभन्दा ठूलो यो डिष्ट्रिकमा ५ वटा एरिया रहेका छन् । त्यस्तै १८६ क्लवबाट ३०४ मतदाता छन् । त्यसमध्ये आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । उम्मेदवार भट्टराईले यस क्षेत्रको सामाजिक क्षेत्रमा सेवा गर्ने र विशेषगरि स्वास्थ्य क्षेत्रमा योगदान दिन आफुले विभिन्न योजना बनाएको बताएका छन् ।
सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा बालाराम भट्टराई र कुशप्रसाद मल्लीको उम्मेद्वारी परेको छ । मल्ली बुटवलका भएपनि धेरै वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् ।