© २०२३
बुटवल,१० बैसाख । पाल्पाको जोरधारामा भएको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै सबा ९ बजे दुर्घटना भएको हो।
घाइतेहरुको उद्धार भइरहेको छ।
घाइतेहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ।
यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए। तिनाउ गाउँपालिका वडा नं ५ का अध्यक्ष इन्द्रा चिदीले घटस्थलमा पुगिसकेको र घाइतेको उद्धार भइरहेका बताइन् ।