© २०२३
बुटवल, ८ बैसाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता निश्कर्षविहीन टुंगिएको छ।
शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।
संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरूका बीचमा कुराकानी भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
छलफल भएपनि कुनै निष्कर्स भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरूसमक्ष गरेको उनको भनाइ छ। खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भएको तर पनि निष्कर्स केही नआएको गिरीले बताए ।
उनले भने, ‘अहिलेसम्म त्यस्तैत्यस्तै छ। विभिन्न समसामयिक विषयमा कुराकानी भयो।’
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र गिरीसंग छलफल गरेका थिए ।