© २०२३
गुल्मी ८ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा आगलागिमा परि एक वालकको ज्यान गएको छ । आगलागिमा परि गंभिर घाईते बनेका जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दिपक मुखियाको आज बिहान मिशन अस्पताल पाल्पामा निधन भएको हो ।
बिहिबार राती मध्य रातमा आफ्ना परिवारसँगै स्थानीय बर्दवास जंगलमा लागेको आगो वस्तीमा आउन थालेपछि आगो निभाउन जाने क्रममा आगोको लप्काले पोल्दा उनी सहित थप एकजना गंभिर घाईते बनेका थिए ।
घाईतेहरुलाई राती नै गुल्मी अस्पताल तम्घासमा ल्याई पुराएपनि यहाँ उपचार हुन नसेकपछि राती नै पाल्पा पठाईएको थियो । मुखियाको उपचारकै क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको ससस्त्र प्रहरी बल नेपाल गुल्मीका ससस्त्र प्रहरी नायव उपरिक्षक निवन कुमार खड्काले जानकारी दिएका छन ।
सोही ठाउँमा आगलागिमा परि घाईते बनेका वर्ष ५५ का धन बहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाईएको छ ।
त्यसैगरि ईस्मा गाउँपालिकामा बिहिबार भएको आगलागिवाट दुई घर र तीन गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका ५ अन्र्तगत दमारका शिवलाल कुमाल र रुद्र बहादुर कुमालको दुई घर र तीन गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहिवार अपरान्ह एक्कासी गाउँ पसेपछि घर गोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय बोम बहादुर कुमालले जानकारी दिनु भएको छ ।
गत दुई सातादेखि गुल्मीका सामुदायीक वन एवं राष्ट्रिय वनहरुमा आगलागिका घटनाहरु दिनहुँ बढ्दै जान थालेपछि आगो निभाउनका लागि स्थानीय, जनपथ प्रहरी, ससस्त्र र नेपाली सेनाको टोलीलार्ई हम्मेहम्मे बनेको छ ।