© २०२३
सरकारले थप पाँच अस्पताललाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन ।
मन्त्रिपरिषदको निर्णयअनुसार विराटनगर स्थित कोशीअञ्चल अस्पताल, वीगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल, डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई केन्द्र सरकार मातहत रहनेछन् । यसअघि बिभिन्न ११ वटा अस्पताललाई सरकारले केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको थियो ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्थापना गरिने तीन वटा मेडिकल कलेजहरूको भौतिक पूर्वाधार निर्माण विकास कार्य सञ्चालन गर्न २०७६ असार मशान्तसम्मका लागि अस्थायी संगठन संरचना र राजपत्राङ्कित श्रेणीका ९ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको छ ।