ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

पृथ्वीचन्द्रमा शुरु भयो आँखा उपचार सेवा

५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

नवलपरासी, ०५ मंसिर ।
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डेढ महिनादेखि रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिँदा विरामीको आकर्षण बढेको छ । अहिले अस्पतालमा आँखा परिक्षणका लागि विभाग खडा गर्ने जनाएको छ । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तर्गत नै आँखा परिक्षणका सेवा समेत सञ्चालन गर्नुपर्ने मान्यता अनुसार आँखा परिक्षणका लािग विभाग बनाउन लागेको हो ।
हुँदा त्यसको समेत नियमित परिक्षण गर्नुपर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल ब्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमामा सेवा बिस्तारसँगै गुणस्तरिय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले जानकारी गराए । उनका अनुसार आँखा उपचारका लागि छुट्टै विभाग गठन हुँदैछ । शाखाका लागि सरकारले एक जना बि अप्टोमेसिस्ट चिकित्सक अप्सना अंसारी हाजिर भई सकेकी छिन्, उनले भने, आँखाका डाक्टर (अप्टोमेलोजिष्ट) राख्ने तयारी भइरहेको छ ।

सर्जरीका लागि पनि अस्पतालले बेहोस बनाउने जनशतिm पनि राखि सकेको हुँदा अस्पतालको सेवाको गुणस्तरियतामा अब प्रश्न उठ्ने कुरा नहुने विश्वास गरिएको उनको भनाई थियो । त्यसै गरि अस्पतालले आफ्नै स्रोतमा सर्जन चिकित्सक पनि राखि सकेको छ । उनीबाट पनि सेवा प्रवाह भई रहेकोले विरामीलाई बर्षेनी सेवा थपिने हुँदा विरामीको आकर्षण बढेको दाबी सुचना अधिकारी ज्ञवालीको रहेको थियो । लामो समय देखि खाली रहेको रेडियोलोजिष्ट पनि अहिले निरन्तर सेवा दिँदै आएपछि अस्पतालको सेवा थप गुणस्तरियमा वृद्धि भएको छ । विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिँदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुँदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहुदा उपचारमा केही समस्या भएपछि अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितिले थप सेवासँगै गुणस्तरिय सेवा बिरामीले पाउन थालेको उनले बताए ।

अस्पतालमा भिडियो एक्सरे हुँदै आए पनि अधिकारिक रिपोर्ट दिईने अवस्था नहुँदा बीमा रकम दाबीमा पनि समस्या हँुदै आएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले जानकारी गराएका थिए । विगतमा पनि अस्पतालमा रेडियोलोजिष्ट ल्याउने पहल भइरहेको थियो, अध्यक्ष गुप्ताले भने, ल्याउन सकिएको थिएन्, तर दरबन्दीकै ९ तहका रेडियोलोजिष्ट डा.प्रशास ढकाल दुई महिना पहिला हाजिर भएका थिए । रेडियोलोजिष्ट चिकित्सक डा.ढकाल देखी रेडियोलोजिसँग सम्बन्धित सेवा सहज ढंगले हुन थालेको छ । पहिला पनि सातामा दुई दिनका लागि चिसापानी अस्पतालबाट रेडियोलोजिष्ट ल्याई भिडियोएक्सरे लगायत रेडियोलोजि सेवा दिइने गरिएको सुनाउदै उनले अहिले अस्पतालकै दरबन्दी मै रेडियोलोजिष्ट डा.ढकाल आए पछि विरामीलाई उतm सेवा सहज ढंगले हुन थालेको बताए ।

यसले गर्दा बिरामीको डाइग्नोसिस प्रभावकारी हुँदै जानेछ, अध्यक्ष गुप्ताले थपे, अन्य चिकित्सकका लागि पनि यो सहयोगी र उपयोगी सेवा हो । रेडियोलोजिष्टको उपस्थितिले सर्जिकल विभागका लागि सहज भएको अस्पतालका सर्जन चिकित्सकले बताएका थिए । यसले सर्जरी सेवा प्रभावकारी बनाएको छ । यसले गर्दा बीमा मार्फत स्वास्थ्य सेवा लिईने विरामीका लागि पनि सहज भएको छ । बीमा वापत सेवा प्रवाह गरि सो रकम विमाबाट दाबी गर्न पनि अधिकारिता प्रमाणित गर्न भूमिका पनि सहज भएको छ । आगामी दिनमा अस्पतालले थप गुणस्तरिय सेवा प्रवाह गर्नेमा विश्वस्त भएको उनको भनाई थियो ।
आँखा उपचार, रेडियोलोजि सेवा तथा सर्जरीले अस्पतालको सेवालाई प्रभावकारी बनाउनेमा विश्वास अस्पताल विकास समितिले गरेको छ । यसका लागि सबै क्षेत्रबाट सहयोग हुन पनि आवश्यकता महशुस गरिएको अस्पतालको भनाई रहेको छ । अहिले शल्य क्रियामा सिमा बढाउदा सो सिमा अनुसार काम गर्दा विमा रकम बढेर जाने देखिन्छ । पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तर्गत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।

त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, बिरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसूति जटिल र अप्रेसन सेवा, एचआईभी परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्वारा ब्यवस्थापन(ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक, जीन स्पट सेवा, सस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने बिरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवालाई थपिने, सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?