ट्रेंडिंग:

>> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै

५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु हुदै

२० माघ २०७५, आईतवार
२० माघ २०७५, आईतवार

प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउ सुभारम्भ गर्ने तयारी गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधी स्वीकृत भएपछि मन्त्रालयले यसको तयारी गरेको हो । प्रदेशका ५२ निर्वाचन क्षेत्रमा एक/एक स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने सरकारले यस अघि नै योजना अघि सारेको थियो । सोही अनुसार कार्यविधि समेत स्वीकृत भएको छ ।
पहिलो चरणमा रुपन्देहीको देवदहमा स्मार्ट कृषि गाउँ मुख्य मन्त्री बाट नै अवको एक हप्तामा उद्घाटन गर्ने गरी कार्य अगाडी बढाइएको मन्त्रालयले जनाएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कार्यविधि मन्त्री परिषद्बाट स्वीकृत भएपछि कार्यलाई जोड तोडका साथ अगाडी बढाइएको जानकारी दिईन् ।
प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले नमुना गाउँ निर्माण गर्ने योजना अगाडी बढाएको थियो । सोही अनुसार स्मार्ट कृषि गाउँमा किसानहरुले गर्ने खेती प्रणाली देखि लिएर, किसानको उत्पादन, बजारीकरण सम्मको कार्य पुरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडी बढाइएको हो । कार्यक्रम सञ्चालनका लागि कृषि तथा भूमि व्यवस्थामन्त्रीको संयोजकत्वमा कार्यक्रम निर्देशक समिति गठन हुने व्यवस्था अनुसार अहिले कार्य अगाडी बढेको छ ।
कृषि मन्त्री पौडेलले भनिन्–‘स्मार्ट कृषि गाउँको लागि ५२ वटै क्षेत्र छनौट कार्य सकिएको छ । अहिले ति गाउँको अवस्थाको बारेमा विस्कृत प्रतिवेदन बनाउने र के के क्षेत्रमा विकास गर्ने भन्ने विषयमा अध्यायन भैरहेको छ । ’ मन्त्री पौडेलका अनुसार स्मार्ट कृषि गाउमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समेट टिम परिचालन हुने छ । यस्तै कृषि विश्व विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको समेत समुहले सामाजिक परिचालन देखि लिएर त्यहाँको बस्तुस्थीतिको बारेमा जानकारी दिने छ ।
सुरुवाती चरणमा छनौट भएको गाउँको माटो परिक्षण देखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने मन्त्रालयले जनाएको छ । किसानहरुलाई व्यवसायीक रुपमा उत्पादन तर्फ डो¥योउानको लागि यो अवधारण अगाडी बढाइएको मन्त्रालयको भनाई रहेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का उप सचिव, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले नमुनाको रुपमा सुरुवात गरिएको गाउँबाट अन्य किसानहरुको लागि समेत सिक्ने थलोको रुपमा विकास हुने अपेक्षा व्यक्त गरिएको छ ।
उनी भन्छन्–‘पहिलो चरणमा फाउन्डेसनको काम हुने छन्, ५२ वटा स्मार्ट कृषि गाउँले एउटा सन्देश पैदा गर्नेछ । ’ सोही अनुसार अन्य किसानहरुले समेत सिको गर्न सक्ने उनको अपेक्षा रहेको छ ।
प्रदेश ५ को पहिलो देवहमा स्मार्ट कृषि गाउँ अर्गानिक
अवको एक हप्तामा उदघाटन हुन लागेको देवदहको स्मार्ट कृषि गाँउलाई अर्गानिक गाउँको रुपमा सुभारम्भ गर्न लागिएको छ ।
देवदह नगरपालिका वडा नं ९को बुद्धनगर प्रदेश ५ कै पहिलो गाउँको रुपमा विकास गर्न थालिएको छ । रुपन्देही क्षेत्र नं १ कृषि पकेट क्षेत्रका रुपमा विकास हुदै गएको सो क्षेत्रका प्रदेश सांसद डा.कृष्ण न्यौपाने को गाउँको रुपमा रहेको छ ।
प्रत्येक निर्वाचन क्षेत्रका सांसादहरुले एउटा एउटा गाउँ स्मार्ट कृषि गाउँको रुपमा छनौट गर्ने छन् । सोही अनुसार पहिलो पटक प्रदेश ५ मा रुपन्देही क्षेत्र नम्बर १(१)का सांसाद डा. कृष्ण न्यौपानेको गाउँ छनौटमा परेको हो ।
कृषि स्मार्ट गाँउमा किसान लाई सहयोग गर्न मल, बिउबिजन,संकलन र बजारीकरण गर्न सहकारी मार्फत काम गरिने सांसाद डा. कृष्ण न्यौपाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?