© २०२३
जिल्लामै पहिलो पटक सुनिल स्मृती गाउँपालिका वडा नं ४ रोल्पाले शिक्षण सिकाइ कुनाको अवधारण अघि सारेको छ । वडा भित्र रहेका विद्यालयको शैक्षिक सुधारका लागी भन्दै वडाले यस्तो कार्यक्रम ल्याएको हो ।
एक घर एक शिक्षण सिकाइ कुनाको अवधारण अनुसार उक्त वडाले १५६ विद्यार्थीलाई एक एक थान टेवुल र कुर्सी हस्तान्तरण गरेको हो । विद्यार्थीहरुलाई घरमा अध्ययन गर्न सहिलो होस भन्ने उद्धेश्यले उक्त सहयोग गरिएको वडा कार्यालयले जनाएको छ । घरमा सहजताका साथ अध्ययन गर्ने वातावरण मिले विद्यार्थीको पठन पाठनमा समेत सुधार हुने वडा कार्यालयको अपेक्षा रहेको छ ।
यसरी सेवा सुविधा लिएका सवै विद्यार्थीले अनिवार्य रुपमा कम्तिमा कक्षा १२ उत्तीर्ण गर्नु पर्ने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वताए । १२ कक्षा उत्तीर्ण नगरि वीचमै पढाई छोड्ने विद्यार्थीलाई अन्य सेवा सुविधावाट वंचित गछौ अध्यक्ष घर्तीले भने । विद्यार्थीको पढाई प्रति गाउँपालिका संवेदनशील रहेको वताउदै आर्थिक अवस्था कमजोर भएर पठन पाठन अगाडी वढाउन नसक्नेहरुलाई गाउँपालिकाले पढाउने वातावरण वनाउछ अध्यक्ष घर्तीले भने । सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष घर्तीले गाउँपालिकाका हरेक वडामा उच्च मावि र गाउँपालिकामा एक स्नातक तहको क्याम्पस स्थापना गर्ने योजना समेत सुनाए ।
कार्यक्रम अन्तरगत वडाले ३ सामुदायिक विद्यालयका १५६ विद्यार्थीलाई घरमा पढ्ने वातावरण सृजना गर्न कुर्सी टेवुल हस्तान्तरण गरेको हो । हरेक विद्यार्थीका लागी एक एक सेटका दरले उक्त सामान वितरण गरिएको वडाध्यक्ष गंजवहादुर क्षेत्रीले जानकारी दिए ।
वडा भित्र संचालित ३ वटा सामुदायिक विद्यालयका ती विद्यार्थीले शुक्रवार उक्त सामाग्री वुझेको वताइएको छ । सुर्योदय मावि सुलिचौरको कक्षा १० मा अध्ययनरत ११८ जना,जनता आधारभूत माविक कोइरालखर्कको कक्षा ८ मा अध्ययनरत २२ जना र सरस्वती आधारभूत विद्यालय बाग्माका कक्षा ५ का १६ समेत १५६ विद्यार्थीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
वडा कार्यालयले सोही शिर्षकमा चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४ लाख वजेट वाट उक्त सहयोग गरिएको वताइएको छ । सहयोग सामाग्री हस्तान्तरण संगै वडाको शैक्षिक सुधारमा टेवा पुग्ने वडाध्यक्ष क्षेत्रीले आशा व्यक्त गरे । शिक्षा क्षेत्रका लागी चालु आर्थिक वर्षमा करिव १३ प्रतिशत वजेट विनियोजन गरेको वडा कार्यालयले जनाएको छ । सो वडाले यस अघि वडा भित्रका सवै विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था समेत गरिसकेको छ । वडालाई शैक्षिक क्षेत्रमा नमूना वनाउने सोच सहित काम गरिरहेको छौ वडाध्यक्ष क्षेत्रीले भने ।
सामाग्री सहयोगले पठन पाठन सुधारमा सहयोग मिल्ने विद्यार्थीहरुले प्रतिकृया दिएका छन । कुर्सी टेवुल उपलव्ध भए संगै पढ्नका लागी घरमा छुट्टै कुनाको व्यवस्था गरि पढाईलाई सहज ढंगले अगाडी लैजान सघाउ मिल्ने उनीहरुले अपेक्षा गरेका छन ।