ट्रेंडिंग:

>> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

अस्पतालवाटै विरामी गायव !

६ पुष २०७५, शुक्रबार
६ पुष २०७५, शुक्रबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न भन्दै आएकी एक विरामी उपचार नै नगराई भागेकी छिन् । अस्पतालमा आएर पनि उपचार नपाएपछि उनी भागेकी हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी घोराही उप–महानगरपालिका १२ की १३ बर्षीय सविता परियार अस्पतालबाटै हराएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिएकी छिन् ।
अस्पतालले परियारको समयमै उपचार नगर्दा विरामी भागेको हो । राप्ति उपक्षेत्रिय अस्पताल रहदासम्म जेष्ठ नागरीक, असहाय, तथा गरीवहरुको निशुल्क उपचार हुदै आएको थियो । तर राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसंगै उपक्षेत्रिय अस्पताल स्वतः प्रतिष्ठानमा गाभियो ।
पुस १ गते अस्पतालमा भर्ना भएकी परियारलाई अस्पतालले उपचार गर्न आनाकानी गरेपछि अस्पतालबाट भागेको नर्सले बताईन । आर्थिक अबस्था कमजोर भएकी सविता अस्पतालमै हुने गरेको निशुल्क उपचार पाईने आशामा आएकी थिईन् । पौष १ गते साँझको समयमा भर्नाहुन आएकी परीयार विहान बेडमा नरहेको नर्सहरुको भनाई छ । ‘साँझ भर्ना भएकी बिरामी बिहान उठ्दा भेट्टाएनौ, उनको सबै काजजात हामीसंग छ तर बिरामी वेडमा छैन’ डिउटीमा रहेकी नर्सले भनिन् । डाक्टरले बिरामीको बारेमा हामिलाई केही नभनेपछि अरु विरामी सरह नै ठानियो तर पैसाको कुराले उनीहरु भागेका हुनसक्ने उनको भनाई छ । परीयारको खुट्टाको अप्रेसन गर्नुपर्ने थियो सायद उनीहरुसंग पैसा थिएन होला र त भागे ।
सविता परीयारको खुट्टाको अप्रेशन गर्नुपर्ने थियो । उनीसंग डाक्टरले लेखीदिएको औषधि किन्ने पैसा थिएन । “भर्ना भएकी सवितालाई औषधी किन्ने पैसा नहुदा सिटामोल खुवाएर एक रात अस्पतालमा बस्याल्यौ” उनका बुवा फर्कमान परियारले भने । अस्पतालमा निशुल्क उपचार हुने खवरले आएको भन्दै उपचार नपाउँदा निराश भएको फर्कमानको भनाई छ । लामो समय देखि उपचार नपाएर घरमै थला परेकी छोरीको ज्यान जोगाउन अस्पताल आएका परियार पैसाकै कारण उपचार नगराई रातारात भाग्नुपर्यो । रातभर बसेको पैसा मागे भने विहान के दिने भन्ने सोचेर राति नै छोरीलाई लिएर भागे फर्कमानले भने । दैनिक ज्यालादारी काम गरेर घरको गर्जो टार्दै आएका परियारले घरमा औषधी नपाएर छोरी मर्नु भन्दा अस्पताल लैजान्छु भनेर लगेको बताए । “गरिब दुखिलाई पैसा लाग्दैन भन्थ्ये, तर पैसा नभए औषधी नपाईने रैछ” उनले दुखेसो पोखे ।
सरकारले ठुला अस्पतालहरुमा विभिन्न थरिका ७५ वटा औषधी निःशुल्क वितरण गर्ने व्यवस्था गरेतापनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधी अभाव देखाउदै आएको छ । सामान्य औषधी वाहेक अरु औषधी नभएको अस्पताल श्रोतले जनाएको छ । सरकारले लागु गरेको गरिब तथा विपन्नको लागि निशुल्क उपचार र औषधी वितरणको व्यवस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागु नभएको विरामीका आफन्तहरु बताउँछन् । प्रतिष्ठान बने लगत्तै उप क्षेत्रिय अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरुले प्रतिष्ठान छाड्दै गरेका कारण अहिले विरामीहरु उपचारका लागि निजि क्लिनिकहरुमा जान बाध्य छन् । ओपिडिको लागि पर्चा काटेका विरामीहरु पनि एमविवियस डाक्टहरु देखेर उपचार नै नगराई फर्कने गरेको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउछन् ।
निःशुल्क उपचार नपाएका कारण विरामी भागेकोमा अस्पताल प्रशासन भने मान्न तयार छैन । अहिले पनि सामाजीक सुुरक्षा ईकाई अस्पतालमै भएका कारण पैसाले उपचार भएन भन्नु गलत हो भन्छन् अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अनिल यादव । “अहिलेपनि सामाजीक सुरक्षा ईकाईले सिफारीस गरेका विरामीहरुलाई निशुल्क उपचार गरीरहेका छौ, त्यो विरामी किन भाग्यो हामीलाई थाहा छैन” यादवले भने । भर्ना भएका विरामीहरु वार्डमा जाँदा वार्डमा रहेका अरु विरामी कुरुवाहरुले दशथरीका कुरा सुनाईदिदा विरामी भागेको हुनसक्ने उनको अनुमान छ । विरामी भागेपछि डिस्चार्ज भएको देखाएर प्रमाण लुकाउने प्रयास अस्पतालले गरेको छ । पौष २ गते नै विरामी बेडमा नभएपछि ३ गते डिस्चार्ज भएको अस्पतालमा रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?