© २०२३
लमही ,चैत
सडक बनेको ंलामो सयम पछि नाका सुचारु नभए पछि संघिय संसदमा व्यापक आवज उठ्न थालेको छ । लमही कोइलवास सडक स्तरवृद्धी सहित फोरलेन मापदण्ड वमोजिम हुलाकी राजमार्गको रुपमा निर्माण सम्पन्न भएको लामो सयमसम्म पनि भारतले भन्सार सुचारु नगरिदिदा कोइलाबास फेरी ओझेलमा परेको छ ।
सोही विषयलाइ लिएर दाङ क्षेत्र नम्वर ३ का सांसद दिपक गिरीले सांसदको ध्यान आर्कर्षण गराएका छन । उनले प्राधनमन्त्रीको भारत भ्रमणमा जाने तयारीमा रहेको रहेको बेला दाङको कोइलबास नाका खुलाउन भारतसरकारसंग माग राख्न आग्रह गरेका छन । कुनै वेला नेपालकै प्रमुख भन्सार नाका मानिने् कोइलावास करिव पाँच दश बर्ष देखि बन्द जस्तै रहदै आएको छ ।
सडकको अभावका कारण ओझेलमा परेको कोइलवास सडकको विकाससंगै फेरी उठ्ने प्रयास भइ पनि एकतर्फी भन्सारले सुस्ताएको हो ।
सुस्ताएको कोइलबासलाई चहलपहल ल्याउन दाङका संघिय सांसद गिरीले बन्द हुनु पश्चिम नोपलको दुर्भाग्य रहको बताए । उनले कुनै वेला पश्चिम नेपालकै व्यापारीकेन्द्र बनेको कोइलाबास नाका खुलाउन भारत भम्रणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाइ प्रमुखता दिएर उठाउन माग राखेका हुन । सो नाका संचालनमा आए लगतै लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुमा सामान आयत निर्यातका लागि छोटो दुरी कायम हुन सक्छ ।
संघिय सांसद गिरी मात्र होइन प्रदेश सांसद इन्द्रजित थारुले भन्सार सुचारु गराउन बारम्बार प्रधानमन्त्रीको ध्यान आर्कशण गराएको वताए ।
भन्सार सञ्चालन नहुँदा सामान आयात निर्यातको लागि कपिलवस्तुको भन्सार जानुपर्ने बाध्यता रहदै आएको थियो ।
कोइलाबास नाकालाई आर्थिक गतिविधिसँग जोड्दै चल्ती नाकाको रुपमा विकास गर्नको लागि भन्सार कार्यालयको स्तरवृद्धि गरी सेवा सुविधा थप्न आवश्यक रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनाल बताउँछन । राप्ती अञ्चलको मुख्य द्धार मानिने लमही देखि ३३ किलोमिटरको दुरीमा रहेको दाङको सवैभन्दा नजिक दुरीमा रहेको छ ।
राणाकालीन समयमा नेपालकै दोश्रो स्थानमा चम्किएको कोइलाबास पूर्व–पश्चिम राजमार्ग बनेसंगै खण्डहरमा परिणत भएको थियो । राप्ती अञ्चलका करिब सबैजसो जिल्ला र छिमेकि जिल्लाहरुको नून थलो रहेको कोइलाबास मालसामान निकासी पैठारीको केन्द्र पनि थियो । कोइलाबास जाँदा बाऊ बाजेहरले घिउ,टिमुर,खुँदो,अदुवाको सुठो र अदुवा बोकेर लैजाने र बिक्री गरेर नून,मट्टितेल,कपडा, तथा आवश्यक सरसामानहरु लिएर आउने प्रचलन थियो । स–साना गल्ली सहितको ब्यस्त बजार कोइलाबासमा त्यत्तिबेला संगै गएका साथीहरु आपसमा हात समाएर नहिडेमा घरमै फर्केपछि भेट हुन्थ्यो भन्ने बुढापाकाहरुको वास्तविक भनाई अहिले कथन जस्तै मानिन्छ । जतातै खण्डहर बन्दै गएको वस्ती अझै भरिएको छैन ।