ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

अस्पताल धाउँदै रित्तै हात फर्किदै

५ पुष २०७५, बिहीबार
५ पुष २०७५, बिहीबार

सिकलसेल एनीमियाको औषधि वितरण गरीरहेको राप्ति उपक्षेत्रिय अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान भएसंगै अहिले औषधि वितरण रोकिदिदा विरामीहरु मर्कामा परेका छन । नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाख सम्मको रकम सुविधा उपलब्ध गराउदै दाङको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिएपनि प्रतिष्ठानले औषधि वितरण रोकेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार एक सय ५७ जना सिकलसेल एनिमियाका विरामीका लागि प्रतिव्यक्ति एकलाख वरावरको रकम राप्ति उप क्षेत्रिय अस्पताललाई हस्तान्तरण गरेको थियो । सोही अनुरुप अस्पतालले पनि नियमित औषधि सेवन गर्नेहरुका लागि एक पटकमा एक महिनाको औषधि दिदै आएको थियो । तर अहिले सिकलसेल एनिमियाका विरामीहरुले विगत १५ दिन देखी औषधि पाउन छोडेको बताएका छन् । एक महिनाको औषधि लिएर जाने र त्यो औषधि सकिएपछि फेरी अर्को महिना आएर लैजाने गरेको सिकलसेल एनिमियाका विरामी घोराही १७ कि कमला चौधरीले जानकारी दिईन् । “मेरो औषधि सकिएको १५ दिन भयो अहिले सम्म औषधि पाएको छैन” कमलाले भनिन् । उनले औषधिका लागि अस्पताल धाउन थालेको १५ दिन वितिसक्यो तर उनको पिडा कम गर्ने तर्फ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ध्यान जान सकेको छैन । औषधि नखाने हो भने उनको शरीरमा रगतको कमीहुन गई हातखुट्टाको जोर्नी दुख्ने, लगातार ज्वरो आउने जस्ता लक्षणहरु देखीने गरेको उनको भनाई छ ।
कमलालाई मात्रै सिकलसेल एनिमियाको औषधि चाहिएको भने होईन । उनको परीवारमा उनी संगै उनका ३ सन्तानमा पनि सिकलसेल एनिमिया छ । उनीहरु चारै जनाले नियमित रुपमा औषधि सेवन गरीरहेका छन् । गत चैत्र महिना देखी नियमित रुपमा औषधि सेवन गरीरहेका उनीहरुले आठ महिनाको अवधिमै औषधि नपाउदा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु माथि नै संका गर्न थालेका छन् । “हाम्रो नाममा आएको चार लाख सरकार संग लिने तर हामिलाई औषधि नदिने त्यो पैसा खोई?” कमलाले प्रश्न गरीन् । मेरो घरको त चार जना मात्रै हौ तर दाङ जिल्लाका एक सय ५७ जनाको एक लाखको दरले पैसा लिएको राप्ति स्वस्थ्य प्रतिष्ठानका पदाधिकारीले विरामी माथि अन्याय गरीरहेको उनीहरुको आरोप छ । तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार सेवा लिन सकिने व्यवस्था सहित रकम हस्तन्तरण गरेको थियो ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेर राप्ति वासीमा स्वस्थ्यसेवा सहज र सहुलियत हुने आशा गरेकाहरु अहिले निरास बन्दै गएका छन् । गत साउन महिना सम्म जिल्लामा झण्डै एक सय पचास बढिको उपचार भइरहेको राप्ती उपक्षेत्रीय अस्पतालले जनाएको थियो । तर अहिले उपचार त कहाँ हो कहाँ निशुल्क रुपमा वितरण गरीनु पर्ने औषधि समेत अस्पतालले दिएको छैन । नियमित औषधि सेवन गरीरहेका विरामीहरुले औषधि सेवन गर्न पाएनन् भने रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको संक्रमणमा पर्ने कन्सल्टेन्ट फिजिसियन डाक्टर मिनचन्द्र अधिकारी बताउछन् । दाङ जिल्लाको हकमा सिकलसेल एनीमिया रोगको उपचार तत्कालिन राप्ति उपक्षेत्रिय अस्पतालमा मात्र हुने गरेको थियो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई औषधि नपाईएको बारेमा जानकारी नै छैन । उनी प्रतिष्ठानमा कर्मचारी भर्ति गर्न तथा प्रतिष्ठानको लागि आवश्यक भन्दै सामान खरीद गर्नमै व्यस्त रहेकी छिन् । जिल्लामा उनको व्यवहार प्रति सरोकारवालहरुले आवाज उठाउदै आएपनि सुनुवाई भने भएको छैन । विरामीको जिवनप्रति खेलवाड गर्ने भण्डारीवाट राप्तिवासी जनताले के आशा गर्ने प्रश्नको विषय बनेको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राम प्रसाद प्याकुरेलका अनुसार अहिले सिनेटको वैठकमै ब्यस्त भएकोले तत्कालका लागि औषधिको व्यवस्था गर्न नसकिएको हो । “आउदो ८ गते प्रतिष्ठानका कुलपति तथा नेपाल सरकारका प्रधानमन्त्रीको उपस्थीतीमा काठमाण्डौमा सीनेटको बैठक बस्ने भएकोले औषधिको व्यवस्था गर्न नसकिएको हो” प्याकुलेरले भने । तत्कालका लागि नेपालगञ्जवाट ल्याएर भएपनि समस्या हल गर्न प्रयत्न गरेपनि औषधि पाउन नसकिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?