ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

सरनबारीमा अर्गानिक तरकारी :किसान खोज्दै जान्छन्, व्यापारी

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

रूपन्देहीको देवदह नगरपालिका –१० का कुल बहादुर गाहाको जमिन कुल २५ कठ्ठा छ । उनले अहिले कुल १० कठ्ठामा लटरम्म सिमी फलाएका छन् । पूर्णरूपमा अर्गानिक तरिकाबाट उत्पादन गरेको तरकारी बिक्री गर्नको लागि कुनै समस्या छैन । अर्थात् बुटवलबाट गाडी नै लिएर तरकारी व्यवसायीहरू उनको घर दैलोमा नै जान्छन् । दिनभर किसान गाहाले आफ्नो बारीमा उत्पादन भएको सीमी टिपेर बोराका बोरा जम्मा गर्दछन्, साँझ बुटवलबाट गएका व्यापारीहरूले तत्काल नगद दिई उक्त सीमी ल्याउँछन् ।
किसान कुल बहादुर गाहा भन्छन्–‘कहिले यस्तै कहिले १ टन सम्म त कहिले २०/५० किलो सम्म तरकारी बेच्दै आएको छु । ’
सोही तरकारी खेतीबाट नै घरको अन्य आवश्यक आधारभुत आवश्यकता पुरा गरी एक सिजनमा ६० हजार सम्म आम्दानी गर्दै आएको उनको भनाइ रहेको छ । उनी भन्छन्–‘तरकारी बेच्नको लागि बुटवल जानै पर्दैन, दैनिक ३÷४ वटा गाडी तरकारी लिनको लागि आउँछन् ।’ अहिले प्रतिकिलो ४० रूपैयाँ तत्काल व्यापारीले दिएर किसानको सिमी लैजाने गरको छन् । सिंचाईको उपयुक्त वातावरण भएकै कारण उत्पादन सहज भएको गाहाको भनाई छ । ‘विषादी हाल्नु हुँदैन, लामो समय बाँच्नको लागि पनि विषादी नभएको तरकारी खानु पर्छ, भन्ने मान्यता रहेको छ, सोही कारण हामीले विषादी हाल्दैनौं’– किसान गाहाले भने ।
पुर्णरूपमा गोबर मल, कुखुराको मल, लगायत अर्गानिक विषादी प्रयोग गर्दै आएका छन् । देवदह नगरपालिका – १० सरबारी क्षेत्र अर्गानिक जोनको रूपमा विकास भैरहेको छ । किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन सबैजसो किसानकै बारीबाट नै व्यपारिहरूले लैजाने गरेका छन् । तरकारी खेतीबाट नै मनग्य आम्दानी गरेका किसानहरू सोही पेशा बाट नै सन्तुष्ट छन् । अर्गानिक जोनको रूपमा विकास भएको रूपन्देहीको देवदह नरपालिका वडा नम्बर १० का ५० जना भन्दा बढि किसानहरूले व्यवसायीक रूपमा तरकारी उत्पादनबाट राम्रो आम्दानी गरेका छन् । किसानहरूले उत्पादन गरेको तरकारी आफै नै बुटवलबाट गएका व्यवसायीहरूले दलौबाट नै खरिद गरेर लैजाने गरेको कारण उनीहरूलाई बजारीकरणको समेत समस्या छैन । सरनकाली कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका किसान मान बहादुर गाहाले अर्गानिक तरकारी भएकै कारण व्यवसायीहरूले आफ्नै आएर दैनिक जसोतरकारी लैजाने गरेको बताए । कुल ४० हेक्टर क्षेत्रफलमा किसानहरूले तरकारी खेती गर्दै आएका छन् । बर्षातको क्षेत्रमा धान खेती गने किसानहरूले हिउदको समयमा सबैले तरकारी खेती गर्दैै आएका छन् । सरङ्गकाली कृर्षि सहकारी संस्था समेत गठन गरि त्यहाका कृषकहरूले रूपन्देहीमै नमुना अर्गानिकखेती गरिरहेका छन् ।
संस्थाका अध्यक्ष मान बहादुर गाहाले ८४ घर सहकारीमा आवद्ध भएको जानकारी दिए । उनले पकेट एरियामा ५० घरधुरी रहेको र सबै किसानहरूले अर्गानिक खेती गरेको जानकारी दिए । ५८ जना कृषकहरू सहकारीमा आवद्व भएको जानकारी दिदै अध्यक्ष मान बहादुर गाहाले भने–‘हामीले तरकारी बेच्नको लागि बजार नै जानुपर्दैन, यहिबाट नै किसानहरूले लैजाने गर्दछन् ।’
उक्त स्थानमा बुटवलबाट गएका व्यवसायीहरू किसानहरूनै किसानको घरघरमा गएर तरकारी उठाउने गरेको छन् । किसानको दैलो दैलोबाट नै तरकारी उठाउने गरेको गरको कारण कुनै पनि समस्या नभएको अध्यक्ष गाहाको भनाई रहेको छ ।
पानीको सुविधा भएकोले कारण त्यहाँका किसानहरूले ६४ सालमा कृषि समूह स्थापना गरि ०६५ सालमा दर्ता भएको हो । वि.सं.२०६५ सालबाट पूर्ण रूपमा अर्गानिक खेती सुरु गरिएको उनले हिउँदको समयमा पानीको मात्रा कमी हुने गरेको कारणले केही समस्या हुने गरेको किसानको गुनासो रहेको छ । यसको साथै अर्गानिक विषादीको पनि अभाव रहेको बताए । असुरो, निम, बकाईनो जस्ता अर्गानिक विषादी प्रयोग गर्नको लागि प्रयोग हुने कच्चा पदार्थको अभाव भएको उनको भनाई रहेको छ । किसानहरूले आफ्नो आफ्नो जग्गाको स्थानमा करिव १० हजारदेखि ४० हजार रूपैयाँ सम्म खर्च गरी सिंचाईको लागि कुलो समेत निर्माण गरेका छन् ।
बार्षिक रूपमा किसानहरूले करिब १ करोड १६ लाख रूपैयाँ जतीको तरकारी विक्री गर्ने गरेका छन् । किसानहरूले सिमी, तरुल, पिडालु, गोभी, लसुन, प्याज, साग लगायतका सम्पूर्ण तरकारीको खेती गर्ने गरेका छन् । किसानहरूले यसको लागि आफ्नो क्षेत्रफल अनुसारको लगानी गर्ने गरेका छन् । अहिले किसानले दैनिक १० क्विन्टल भन्दा बढि सिमी बिक्री गर्दै आएका छन् । सरङ्गटारी मा ५० हेक्टर करिव ७५ विघा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिएको कृषि विकास शाखा देवदहको तथ्यांक छ । स्वथकर, पुर्ण रूपमा अर्गानिक खेती गरिएको कारण तत्कािलन जिल्ला कृर्षी विकास कार्यालले साना सिंचाईंको कार्यक्रम, विउमा अनुदान, अर्गानिक मल, जैविक विसादीमा अनुदान प्रदान गरेको थियो । तरकारी पकेट कार्यक्रम अन्तर्गत सिंचाईको लागि कुलो समेत निर्माण गरिएको छ । सरनकाली कृषि सहकारी संस्थाका अध्यक्ष तथा अगुवा किसान मान बहादुर गाहाले हिउँदको समयमा सिंचाईको मात्र कमी हुने भएको कारण थोपा सिंचाईं लगायतको कार्यक्रम ल्याउनको लागि समेत माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?