ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

नदीजन्य बस्तु नियमन गरौँ (सम्पादकीय)

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

विकास निर्माणको एउटा चरणमा संरचना निर्माण गर्ने कार्यहरू सबैतिर हुने गर्छन् । यसरी निर्माण कार्य भइरहँदा नदीजन्य पदार्थको ब्यापक मात्रामा प्रयोग हुन्छ । खासगरी बालुवा, गिट्टी, मिस्कट आदि नदीबाटै ओसार्ने गरिन्छ । यो नौलो कुरा होइन । नगरपालिकाहरूले उपभोक्ताको मागअनुसार सडक निर्माण गर्ने गर्छन् । त्यसरी नै प्रदेशीय तथा राष्ट्रियस्तरका आयोजनाहरू पनि बनाउने गरिन्छ । सार्वजनिक महŒवका देखि निजी आबास बनाउनको लागि नदीजन्य पदार्थ नै प्रयोगमा आएको हुन्छ । तर, ढुंगा, बालुवा निकाल्ने क्रममा राज्यले नियन्त्रण गरेन भने जहाँ पनि उत्खनन् हुन्छ । यसको नियमन हुनु जरुरी छ । कुन नदीबाट कतिसम्मको सतहमा कुन ठाउँबाट निकाल्ने भन्ने कुराको विधि बन्नु जरुरी हुन्छ । यसको समय समयमा सम्बन्धित निकायबाट अनुगमन पनि त्यत्तिकै आवश्यक हुन्छ । तर, नेपालका नदीहरूमा नदीजन्य पदार्थ निकाल्ने विधि नभएकाकारण जहाँ पायो त्यहिँबाट जति पायो त्यति निकाल्दा कतै किनाराका जमीनमा पहिरो जाने, नदीमाथि बनाइएका पुलहरूको जग कमजोर हुने आदि समस्या हुने गरेका छन् । केही बर्षअघि तिनाउ नदीमा बाढी आउँदा इटाभट्टी पश्चिमको क्षेत्रमा ठूलो पहिरो गयो । त्यसले तिनाउको पक्की पुललाई पनि असर पार्ने अवस्था आयो । यसको मुख्य कारण अनियन्त्रित रूपमा नदीजन्य पदार्थ निकाल्नु रहेको थियो ।
तिनाउ, दानव, सालझण्डी, बाणगंगा, सुरही खोला, राप्ती आदि सबैजसो नदीबाट दैनिक लाखौँ होइन, करोडौँ टन गिट्टी बालुका निकालिएको छ । कतिपय सकारी संरचना निर्माण गर्न निकालिएको छ त कति निजी निबास बनाउन बिक्रीको लागि निकाल्ने गरिएको छ । त्यसैगरी सिमेण्ट उद्योगहरूले सिमेण्ट उत्पादन गर्न निकाल्ने गरेका छन् । के हिउँद, के बर्षा निरन्तर यसरी नदीजन्य पदार्थ निकाल्दा त्यहाँ पर्ने खाल्टाहरू पूर्ति गर्नको लागि पहाडबाट पहिरोको माटो आउनु पर्ने हुन्छ । अहिले बुटवलदेखि सुनौलीसम्म छ लेनको सडक निर्माण हुँदैछ । त्यसरी नै बुटवल बेथरी लुम्बिनी सडक निर्माण भइरहेको छ । ती सडक निर्माण कार्यमा बुटवल हुँदै बग्ने तिनाउ र दानो नदीबाट नदीजन्य पदार्थ लैजाने गरिएको छ । जिल्ला विकास समितिले निश्चित मात्रामा छुट पनि दिएको छ । तर, निर्माण कार्य गर्दै आएका ठेकेदार कम्पनीहरूले भने छुटमा लिएको नदीजन्य पदार्थ आफ्ना क्रेसर मिलमा लैजाने र प्रशोधन गरी अरूलाई बेच्ने र नाफा आर्जन गर्ने, उता नदीजन्य बस्तुमा अरू परिमाणमा छुट दिनुपर्ने माग राख्दै गरेको सुन्नमा आएको छ । ठेकेदार कम्पनीहरूले किन समयमा काम सम्पन्न नगरी समय लम्बाउँदै लैजान्छन् भन्ने रहस्य यहाँ खुल्न गएको छ । काम जति लम्बायो त्यति नै सुबिधाको नदीजन्य पदार्थ ओसार्न र त्यसबाट नाफा खान पाइन्छ । छुट निकासी दिने कर्मचारी, स्थानीय निकायका जनप्रतिनिधिहरू पनि यसमा सामेल देखिन्छन् । जनप्रतिनिधिहरूले छुट दिन सिफारिस गर्छन् । किनभने उनीहरूको भागमा पनि केही रकम छुट्टाइन्छ ।
यतिमात्र हैन, नदीजन्य पदार्थलाई प्रशोधन गरेर भारतमा निकासी गर्ने गरेको कुरा पनि बेलाबेलामा सार्वजनिक नभएको हैन । भारत सरकारले सुनौलीदेखि दक्षिणतर्फको सडक बिस्तार गर्दा आवश्यक पर्ने नदीजन्य पदार्थ नेपालबाटै लगेको हो । नदीमामात्र नदीजन्य पदार्थ दोहन भएको छैन । ढुंगा निकाल्नको लागि पहाडका जंगलहरू किनेर ठूला ठेकेदारहरूले जमीन उधिनेर निकालिरहेका छन् । यसो गर्दा नदीका मुहानहरू पुरिएर पानीको सतह घट्दै जान थालेको छ । बर्षामा बाढी पहिरो जाने खतरा उत्तिकै बढेको छ । पानीका स्रोतहरू सुक्नाले स्थानीय बासिन्दालाई पानीको समस्या पर्दै गएको छ । पानी डोराएर खेतबारीमा सिचाइँ गर्नेहरूलाई समस्या परेको छ । मरुभूमिकरण हुने सम्भावना बढ्दो छ । त्यसकारण पनि नदीजन्य पदार्थ उत्खनन् गर्नको लागि सरकारले निश्चित नीति र मापदण्ड बनाउन नितान्त आवश्यक छ । संरचना निर्माण गर्दा नदीजन्य पदार्थ आवश्यक पर्छ यो निश्चित हो । तर, कहाँबाट निकाल्ने, कति निकाल्ने आदि कुरामा नियन्त्रण गरिएन भने यसले भविष्यमा जोखिम निम्ताउन सक्छ । यो कुरालाई सरकारले नजरअन्दाज गर्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?