ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

राम जानकी विवाह र महिमा (सम्पादकीय)

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

आज सिता विवाह पञ्चमी हो । नेपालका पौराणिक कालका अत्यन्तै परिश्रमी, न्यायदाता, जनताका पालनकर्ता राजा जनकले आफ्नी छोरी सिताको अयोध्याका राजा दशरथका छोरा रामसँग विवाह गरिदिएको दिनको रूपमा प्रख्यात छ । सिताको उत्पत्ति, उनको शक्ति, रामको कार्यकुशलता, बहादुरी र आज्ञापालन हिन्दु समाजमा अत्यन्तै पूजनीय छ । रामलाई हिन्दुहरूले भगवानको एक अबतारको रूपमा मान्यता दिएका छन् भने सितालाई सच्चरित्रकी देबीको रूपमा मान्दै आएका छन् । सिताको जन्मका सम्बन्धमा अपत्यारिलो किंबदन्ती रहेको छ । राजा जनकले खेतमा हलो जोत्दै गर्दा फालीमा अड्किएर देखापरेको र राजाले आफ्नो दरबारमा ल्याई पालपोष गरी शिक्षादीक्षा दिएको भनाइ छ । खेतमा उनी बाबुआमा हराएर देखा पर्नु त स्वभाविकै होला, जमीन मुनीबाट निस्किएको भन्ने भनाइ नितान्त सत्यताभन्दा बाहिर मानिन्छ । साथै कलिलो उमेरमा एक सय जनाले बोक्न नसक्ने शिबजीको धनुष पूजा कोठा सफा गर्दा अर्को ठाउँमा सारेर सफाइ गरेको कुरामा पनि सत्यता देखिँदैन । अयोध्याका राजा दशरथका पुत्र राम देशाटन गर्ने क्रममा जनकपुर आउँदा त्यहाँ सिताको विवाहको चर्चा चलेको र जसले शिव धनुष उचालेर ताँदो चढाउन सक्छ त्यससँग बिवाह गरिदिने घोषणा गरिएको अवस्थामा राम त्यहाँ पुगेर धनुष उचाली बाँण चढाउन लाग्दा धनुष नै भाँचिएको र रामसँग सिताको विहे गरिदिएको भन्ने किम्बदन्ती रहेको छ ।
सिताकोमात्र हैन, राजा जनकका अन्य तीन छोरी र दशरथका अन्य तीन छोराको पनि विवाह कार्यक्रम एउटै मण्डपमा सम्पन्न भएको भनाइ छ । यो सम्भव हुन सक्ने कुरा भयो । किनभने चाहे जति नै टाढा किन नहोस् राजाहरूले आफ्ना छोरा छोरीको विवाह राजखानदानकै परिवारमा सम्पन्न गर्थे । राम र सिताको जीवनगाथा, उनका कार्यहरू, सिताको पतिभक्ति सबै कुरा समेटेर बाल्मिकीले रामायण नामको ग्रन्थ नै तयार पारेका थिए । यो सबैभन्दा ठूलो कृतिमध्येको एक पुस्तक मानिन्छ । रामायणको संक्षिप्त रूप दिँदै नेपालका आदिकवि भानुभक्तले पनि रचना गरेका थिए । विभिन्न धार्मिक कथाहरूमा रामायणलाई पनि समाबेश गरिएको छ र कतिपय कक्षाका नेपाली पुस्तकमा पनि राम र सिताको जीवनी पढाइने गरिन्छ । राजा जनकलाई नेपालका पौराणिक पात्र मान्दै राष्ट्रिय विभूतिको सुचीमा समाबेश गरिएको छ । जनकपुर धाममा आज विशाल विवाह उत्सव मनाइन्छ । लाखौँ मानिसहरू त्यहाँ विवाह कार्यक्रम हेर्न आउँछन् । राम र सिताका रूपमा पात्रहरू सिँगारेर पाल्की लिएर जन्तीहरू आउँछन् र स्वयंबरका साथै बिवाह कार्यक्रम सम्पन्न गरिन्छ । जनकपुरमा राजा जनकको भब्य दरबार छ भने राम र सिताको विशाल राम जानकी मन्दिर बनाएर दैनिक पूजाआजा गर्ने गरिन्छ । राम सिताका नेपाल तथा भारतमा गरी लाखौँ मन्दिरहरू निर्माण गरिएको छ ।
राम र सिताको विवाह हुनुलाई विवाहको रूपमा मात्र नहेरी नेपाल र भारतबीचको मित्रता, पारिवारिक सम्बन्धका रूपमा पनि लिने गरिएको छ । अयोध्यालाई नेपालका धार्मिक आस्था राख्ने मानिस बर्षेनी त्यहाँ लाग्ने राम जानकी मेलामा जाने गरेका हुन्छन् । विदेशी पर्यटकहरूको ओइरो लाग्छ । तर, नेपालको जनकपुरधाम जहाँ सिताले जन्म लिएकी थिइन् यहाँ खासै पर्यटकहरू आउने र रमाउने वातावरण विकास गर्न सकिएको छैन । यहाँ पर्यटकलाई तान्ने वातावरण बनाउनु आवश्यक छ । रामलाई त्रेता युगका भगवान मान्ने गरिन्छ । सत्य युगका शिब, त्रेता युगका राम, द्वापर युगका कृष्ण भनेर ब्याख्या गरेको सुन्न पाइन्छ । रामले राजा रहेर सञ्चालन गरेको अयोध्या उनको कालमा अत्यन्तै सम्पन्न, सम्पूर्ण जनता सुखी रहेको अबस्था मानिन्छ । अहिले पनि उनको शासन काललाई रामराज्य भन्ने गरिन्छ । उनको कार्यकालमा प्रजाहरू कति सुखी थिए भन्ने कुरामा करपात्री महाराजले ठूलो ग्रन्थ नै लेखेका छन्ः रामराज्य और माक्र्सवाद । रामले सञ्चालन गरेको रामराज्य कस्तो थियो भन्ने कुरा सो पुस्तकमा उल्लेख गरिएको छ । बिवाह पञ्चमीका दिन लगन नभए पनि विवाह गर्ने चलन छ । विवाह पञ्चमीको अबसरमा विभिन्न राजनेताहरूको पनि जनकपुरधाममा उपस्थिति हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?