ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

होटेल तथा रेष्टुरेन्ट व्यवसायीको अधिवेशन : यस्ता छन् बाबुराम प्यानलका १२ प्रतिवद्धता

गौतमले आफू संघमा वरिष्ठ उपाधयक्ष रहेकाले स्वभाविक हिसाबले अध्यक्षमा उम्मेदवार भएको र आफ्नो प्यानलमा सबै राजनीतिक दल,समुदाय,क्षेत्रमा आवद्ध व्यवसायीको साझा, समावेशी , परिपक्व र अनुभवी व्यवसायीको प्यानल भएको बताए ।
२३ चैत्र २०७९, बिहीबार
२३ चैत्र २०७९, बिहीबार

बुटवल,२३ चैत । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि बाबुराम गौतमको नेतृत्वको प्यानलले व्यवसायीको हक हितमा १२ बुंदे प्रतिवद्धता सार्वजनिक गरेको छ । चैत्र २४ गते हुने २२औं साधारणसभा र २५ गते हुने ११ औं अधिवेशनमा आफूले अघि सारेका १२  प्रतिवद्धताहरु गौतम प्यानलले बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

गौतम प्यानलले सचिवालय भवनको स्तर उन्नति गरी अध्याधुनिक हल निर्माण गर्ने, कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, संघमा आवद्ध होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई समेटेर सहकारी संस्था स्थापना गर्ने, पर्यटन मन्त्रालयसँग सहकार्य गरी पर्यटन सूचना केन्द्र स्थापना गर्ने लगायतका प्रतिवद्धता रहेका अध्यक्षका उम्मेदवार बाबुराम गौतमले बताए । यसैगरी आर्थिक मन्दीका कारण मारमा परेका व्यवसायीलाई राहत पुग्ने गरी सरकारसँग राहत प्याकेजको माग गर्ने, घर भाडा दर घटाउन घरबेटी र सरोकारवालासँग पहल गर्ने, सडक खाना महोत्सव नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्ष गरी वर्षमा २ पटक गर्ने, रक्तदान कार्यक्रम संघको आफ्नै समूह बनाई अझै व्यवस्थित बनाउने , व्यवयासी गुनासो तथा सुझाव पेटिका राख्ने प्रतिवद्धतामा उल्लेख छ।

त्यस्तै दोहोरो तेहोरो कर प्रणालीलाई एकद्वार कर प्रणालीको लागि पहल गर्ने, व्यवसायिक समस्या समाधान गर्नका लागि कार्यालयमा हेल्प डेक्स निर्माण गर्ने र रात्री कालिन व्यवसाय संचालन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गरी २४ सै घण्टा होटल तथा रेष्टुरेण्ट सेवा संचालन गर्नको लागि पहल गर्ने अध्यक्ष उम्मेदवार गौतमले बताए ।

गौतमले आफू संघमा वरिष्ठ उपाधयक्ष रहेकाले स्वभाविक हिसाबले अध्यक्षमा उम्मेदवार भएको र आफ्नो प्यानलमा सबै राजनीतिक दल,समुदाय,क्षेत्रमा आवद्ध व्यवसायीको साझा, समावेशी , परिपक्व र अनुभवी व्यवसायीको प्यानल भएको बताए ।

गौतम प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली ९प्रकाश०, द्वितीय उपाध्यक्ष खेमराज ज्ञवाली, महासचिवमा मोहनलाल पाण्डे, सचिव डिल्लीराज अर्याल, सहससचिव मोहन बस्याल, सह कोषाध्यक्ष माधव ढकाल उम्मेदवार रहेका छन् ।

सदस्यहरुमा एक बहादुर गाहा मगर, एकादेव पाण्डे, तिरास लाम्टाङ्गे मगर, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डे, यज्ञमुर्ती भण्डारी, सीता ढकाल र सुन्दरकुमार श्रेष्ठ रहेका उम्मेद्वार रहेका छन् ।

संघको कोषाध्यक्ष पदमा गौतम प्यानलबाट राम बहादुर न्यौपाने निर्विरोध निर्वाचित भैसकेका छन् ।
संघमा १२ सय ३ जना व्यवसायी आवद्ध रहेका छन् ।
प्रतिवद्धता सार्वजनिक कार्यक्रममा पुर्व अध्यक्ष माधव नेपाल,महेन्द्र श्रेष्ठ, समुन्द्र जीसी लगायतले संघलाई एकतावद्ध बनाई राजनीतिक हस्तक्षेप हुन नदिन गौतमको प्यानलको जित आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission