ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
मुख्य खबर

पर्यटकीय गन्तव्य बनाइँदै माथागढी किल्ला

२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

  बुटवल,  चैत-ऐतिहासिक र सामरिक महत्व बोकेको माथागढी किल्ला पाल्पा जिल्लामा पर्दछ । भौगोलिक बिकटता भएको यहाका बासिन्दाहरुलाई सहज पहुँच भने रुपन्देही जिल्लाको देवदह नगरपालिकाका क्षेत्रमा पर्छ । खैरेनी बजारबाट उत्तर १४ किलोमिटर सडकमार्गको यात्रासंगै माथागढी पुग्न सकिन्छ । रहबास र धामिकामा चुनढुगा खानी उत्खनन् सुरु भएपछि पछिल्लो एक दशक यो गाउँलाई बाटोले जोडेको हो । ऐतिहासिक रुपमा यो दुई सय वर्ष पुरानो गढी भएको पुरातात्विक क्षेत्र हो ।

करिब २ सय १० वर्ष पुरानो सैन्य गढी मानिने सामरिक महत्व बोकेको यो क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न स्थानिय जनप्रतिनिधिहरुसंगै नेपाली सेना अघि बढेका छन् ।

माथागढीको महत्वलाई प्रचारप्रसार गर्दै पुर्वाधार विकास गरी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । यसको संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीयको आयआर्जनमा सहयोग मिल्ने गरी काम गर्नुपर्ने माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी बताउँछन् । ‘हामीले गढीको फुलबारी निमार्णको लागि बजेट बिनियोजन गरेका छौ’–उनले भने । माथागढीबाट बुद्धमावली देवदहको मनोरम दृश्यहरु देख्न सकिन्छ । माथागढी गाउँपालिका, देवदह नगरपालिकाका जनप्रतिनिधिहरु, श्री मध्य पश्चिम पृतना हेडक्वाटर, श्री नं. २२ बाहिनी अडडा, श्री गरुड दल गणका प्रमुखसहितको टोलीले शुक्रबार गढी अवलोकन गरी संरक्षणका लागि चासो देखाएका छन् ।

श्री मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथि याम प्रसाद ढकाल, श्री नं. २२ बाहिनी अडडाका बाहिनीपति सहायक रथि ललित बहादुर कुँवर, श्री गरुड दल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले गढीको ऐतिहासिकता झल्किने गरी संरक्षण र विकासलाई अघि बढाउनुपर्ने बताए ।

गढीको डिपिआर तयार गर्दा सबै सरोकारवालाहरु समन्वय जरुरी देखिन्छ । यो क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित गुरुयोजना बनाउनुपर्ने छ । गढीको महत्वलाई बुझाउदै यसको ऐतिहासिकता र सामरिक महत्वलाई उजगार हुने गरी पूर्वाधारमा विकास गर्नुपर्छ । देवदह नगरपालिकाका कार्यालयले सरनटाडीबाट माथागढीसम्मको ५.२ किलोमिटर दुरी सर्भे गरी पैदलमार्गको डिपिआर तयार गरेको छ । नेपाल आर्मीले २ सय १० वर्षअघि देशभरको गढीको संरक्षण गर्ने उद्देश्यसहित पुरानो नक्शा अनुसार नै गढीसम्म पैदलमार्ग मार्फत जोडेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बताए । ‘हामीले आफनै पहलमा डिपिआर तयार गरेका छौ’– उनले भने । पुरातात्विक विभागबाट नेपाल आर्मीले बनाएको सोही गढीको नक्शाको आधारमा पुर्वाधार विकास गर्ने तयारी सरकारले अगुवाई गरेको छ । माथागच्छी गढीको पहिचान बनाएको सो स्थान अपभंम्रस हुँदै माथागढी भएको उनले बताए । गढीको विकास गर्ने लक्ष्य बोकेर धेरै पटक डिपिआर बनेको भएपनि वास्तविक स्वरुपमा ल्याउन सरोकारवाला समूहसंग समन्वय गरी आफुहरु अघि बढेको दाबी गरे । गढीको कतिपय भुभाग भुक्षयका कारण क्षति भएको तथा नयाँ पूर्वाधार हुँदा मेटिएको उनले बताए । यो उजिरसिहसंग जोडिएको महत्वपूर्ण गढी हो । वन तथा वातावरण मन्त्रालयबाट ईको पार्क बनाउन माथागढी गाउँपालिकाले डिपिआर तयार गरेको छ । रुपन्देही र पाल्पाको सिमामा पर्ने गढीको विकासमा स्थानीय पालिका, प्रदेश र संघीय सरकार लाग्नुपर्ने देखिन्छ । डिपिआर फाईनल गरेर काम शुरु गर्ने योजनामा रहेका छन् । देवदह नगरपालिकाले यो वर्ष १ करोड रुपैयाँ बजेट बिनियोजन गरेर सडक स्तरोन्नति गर्ने तयारीमा छ । पछिल्लो समय गढीको ३ वटा परियोजना तयार गरेको उनले बताए । प्लानिङ धेरै काम कम भएको उनले बताए । गढीको मौलिकता ल्याउने गरि काम गर्नुपर्छ ।

नयाँ डिपिआरमा स्वागत स्थलमा बुद्धको विशाल मूर्ति स्थापना गर्ने जुन बुद्धमावलीलाई गढीसंग जोड्ने लक्ष्य रहेको उनले बताए । यता जितगढी देखि माथागढी जोड्ने गरी सडक सन्जालमा जोड्ने गरी पैदलमार्ग बिस्तार जरुरी रहेको देखिन्छ । विभिन्न समयमा पदयात्रा कार्यक्रम गरेर जोड्ने लक्ष्य रहेको छ ।

माथागढीको महत्व

माथागढी किल्लाका पुजारी तेमानसिह गाहा गढीको संरक्षण गर्दै आएका छन् । दैलेखबाट बाजेहरु आएको बताउने उनी वि.सं २००६ सालमा जन्मिएका हुन । मन्दिरको रेखदेख र नियमित पुजा उनले गर्छन । चैत दशै, बडादशैमा विशेष पुजा र पंच बलि दिने गरिन्छ ।
‘शक्ति पिठको रुपमा यो स्थान परिचित छ’–उनले भने । भर्ती हुनेहरु यहाँ आउने र देशविदेश गएकाहरु यहाँ आफनो भाकल पुरा भएपछि पञ्चबली गर्न आउने गरेको उनले बताए । आफुले जान्दा झुपडा मन्दिर रहेको र केही सेनाका निसानी देखेको उनँ बताउँछन् । श्री मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथि याम प्रसाद ढकालले नेपालको ईतिहाससंगै गढीसंग ईतिहास जोडिएको बताए । ‘२२ से चौबिसे राजारजौटाहरुको बेलामा नै गढीहरु बिकास भएको हो’–उनले भने । कालान्तरमा नेपालको एकिकरणको सिलसिलामा गढीहरुको महत्व झन बढेर गयो ।

अझ अग्रेजहरुसंगको युद्धमा गढीहरु धेरै उपयोगी भएको पाउँछौ । नेपाललाई अग्रेजहरुसंग जोगाउने बेला यो मुख्य रक्षा कवचका रुपमा उपयोगी भएको थियो । नालापानीदेखि जितगढीसम्म नेपालीहरु लडेर अग्रेजहरुलाई लखेटेका थिए । यो हाम्रो परम्परा, संस्कृति, मूल्य मान्यतासंग मात्र नभई यो हाम्रो नागरिक र सैन्य सम्बन्धसंग समेत जोडिएको उनले दाबी गरे । गढीमा नागरिक र सैनिक एकमुष्ठ भएर लडेका थियौ । हाम्रो सेना र नागरिकको सम्बन्ध, नेपाली सेनाको ईतिहास र नेपालको ईतिहाससंग जोडिएको हुनाले यसको महत्व छ । त्यसैले पनि गढीको संरक्षण, सम्बन्द्धन र विकास गर्नु अब नेपालीको कतब्र्य हो । यसले एकातर्फ कालान्तरमा हाम्रो इतिहासलाई जोगाउने छ भने अर्कोतर्फ आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन हुने उनले दाबी गरे ।

गोरेटो बाटोमा मान्छेहरु हिड्छन । देवदह खैरेनी बजार नै साप्ताहिक बजारमा जान्छन । ‘पछिल्लो ३–४ वर्षदेखि बिकासमा फड्को मारेको छ’–उनले भने । गढीभन्दा ५ सय मिटर फेदमा वरपर ४ घरमा ३ छोराहरु सहित १७ जनाको उनको परिवार बस्दछन । ‘बाटो, खानेपानी सबैभन्दा ठूलो समस्या छ’–उनले भने । मन्दिरमा पुजारीहरुको ब्यवस्थापन गर्ने, पुजाखर्चमा सहयोग गर्ने आश्वासनहरु पाएपनि कुनै काम अघि नबढेको उनको दुखेसो गरे । लुम्बिनी प्रदेशमा सामरिक महत्वको गढीहरु छन । जसमा जितगढी, बल्ड्याङगढी, नुवाकोट प्रमुख हुन् । गाउँमा ५५ घरधुरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?