© २०२३
आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस हो । कुनै समय यस्तो थियो जुन सामाजिक संरचनालाई दास मालिक समाज भनिन्थ्यो । आदीम साम्यवादी समाजको अन्त्यपछि दास मालिक युग ल्याइयो । जुन समाजमा मालिकहरूले कतिपय जितेका क्षेत्रमा रहेका मानिसलाई बन्दी बनाएर आफ्नो राज्यमा ल्याउँथे र उनीहरूलाई काममा जोताउँथे । भागेर जान नपाओस् भनेर कतिले बाँधेर राख्थे भने कतिले कोठामा थुनेर राख्ने गर्ने । चौबिस घण्टामा चार पाँच घण्टा बाहेक सबैभन्दा अफ्ठेरा काममा उनीहरूलाई जोताउँथे । पेटभरी खान दिइँदैनथ्यो । ज्याला भन्ने चिज दासहरूलाई दिइँदैनथ्यो । काममा जोताउँदा पनि उनीहरूलाई पिट्ने गरिन्थ्यो । यो परम्परा सामन्तवादी युगमा पनि स¥यो । निर्मूल गर्नुको साटो त्यसलाई सामन्तहरूले बैधानिक रूप दिए । दास भनेर किटानी गर्दै धार्मिक संबिधानको जंजीरले बाँधियो । दासको सन्तानले दासता नै गर्नुपथ्र्यो । अहिले पनि कतिपय ठाउँमा मालिक र दास भनेर मानिसकाबीचमा वर्गीकरण गरेको देखिन्छ । मालिकहरूले दास भनाइनेहरूलाई कजाएको देख्न सकिन्छ ।
दासलाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ । तर, ब्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । ब्यबहारमा केही नरमपना आएको होला । तर, प्रबृत्तिले फड्को मार्न सकिरहेको छैन । अथवा यो ब्यबहारिक रूपमा निर्मूल भएको छैन । शहरका होटेलहरूमा काम गर्ने मानिसलाई नाममात्रको ज्याला दिएर दिनमा पन्ध्र सोह्र घण्टा कडा काममा जोताइन्छ । त्यो पनि दासता लाधेको हो । खेत बारीमा, मेलापातमा बिहान उज्यालो हुँदाबाट साँझ आँखाले देखुञ्जेलसम्म काममा जोताइएको हुन्छ । उनीहरूप्रति गरिने ब्यवहार दासलाई गर्ने प्रकारले गरिएको हुन्छ । घरेलु कामदारलाई मालिकहरूले त्यसरी नै काम लधाएका हुन्छन् । कामदार भाग्ला भनेर उसको ज्याला रोकिएको हुन्छ । यी सबै दास मालिक युगबाट विरातमा आएका अबशेषहरू हुन् ।
मानिसले आफूलाई मालिक ठान्ने संस्कार छ । मालिक भनेर कसैले बोलाओस् भन्देओस् भन्ने चाहन्छ । ब्यवहार गरोस्, ढोगोस् भन्ने चाहना राख्छ । माथिल्ला पदमा रहेका अफिसरहरूले तल्लातहका कर्मचारीहरूलाई गर्ने ब्यवहार त्यस्तै रहेको देख्न सकिन्छ । तल्लातहका कर्मचारीले झुकेर ढोगोस् भन्ने चाहन्छ । केही बर्ष अगाडिसम्म पदमा रहेका राजाले आफ्नो गोडामा दाम राख्न लगाएर ढोग गराउँथे । अहिले मन्त्रीहरूले दाम राख्ने चलन नल्याए पनि ढोग खान खोज्दै गरेको देखिन्छ । एक वर्गले अर्को वर्गलाई हेपाहा तरिकारले गरिने ब्यवहार नै दासता हो । यस्तो सञ्जाल विश्वभरी नै फैलिएको छ । कतै परोक्ष होला कतै प्रत्यक्ष होला । यदि दासता उन्मुलन भएको हुन्थ्यो भने दासता उन्मुलन दिबस भनेर घोषणा हुने थिएन । जब कुनै बस्तु मानव समाजमा विद्यमान रहन्छ र नै त्यसको उन्मुलन गरौँ भन्ने मागसहित दिवसहरूको आयोजना गरिएको हुन्छ । समाजमा वर्ग रहेसम्म एउटा वर्ग दासको रूपमा र अर्को वर्ग मालिकको रूपमा विद्यमान रहिरहन्छ । त्यसैले दासता पूर्ण रूपमा उन्मुलन हुनको लागि वर्गीय अन्तरविरोध घटाउनु पर्ने हुन्छ । मालिक वर्गले पनि जब कम नाफामा काम र ब्यवहार गर्न थाल्छन् अन्तरविरोधको कमी आउने त्यो कारण बन्न पुग्छ । जब मालिकहरूले विभिन्न नाममा ठगेर, लूटेर अर्थोपार्जन गर्न थाल्छन् त्यहाँ अन्तरविरोध चुलिन जान्छ । यो देशको राज्य संयन्त्रले देखाउने ब्यबहारमा भर पर्दछ ।