ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

एक महिनाभित्रै आयुर्वेदिक औषधि

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

प्रदेश सरकार स्थापनापछि केही समय अलमल भएको सरकारले निःशुल्क रूपमा वितरण गर्दै आएको औषधि वितरण प्रक्रिया अहिले सहज भएको छ ।  पहिलो क्षेत्रीय मेडिकल स्टोर्सको रूपमा साविक पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लामा औषधि सप्लाई गर्दै आएको बुटवलको क्षेत्रीय मेडिकल स्टोर्सले अहिले प्रदेश नम्बर ५ का ६ वटा जिल्लाहरूमा औषधीको सप्लाई गर्दैै आएको छ । नेपाल सरकारको नीति अनुसार ७० प्रकारका औषधिहरू निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ ।
अहिले ५ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयमा परिणत भएको क्षेत्रीय मेडिकल मेडिकल स्टोर्सले अहिले प्रदेश ५ को लागि आवश्यक पर्ने पर्याप्त मात्रामा औषधिहरू राखेको छ ।
स्वास्थ्य निर्देशनालयका बरिष्ठ फार्मेसी अधिकृत (आठौं) बुद्धिराज काफ्लेका अनुसार अहिले एलोपेथिक औषधि मात्रै उपलब्ध गराउँदै आएको निर्देशनालय औषधि खरिद तथा वितरण शाखाले अबको एक महिनामा आयुर्वेदिक औषधि समेत उपलब्ध गराउने गरी योजना अगाडि बढाइएको जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारबाट ७० प्रकारका औषधि सप्लाई गर्दै आएकोमा केन्द्रीय विभागबाट पत्र प्राप्त गरिसकेकोले अब आयुर्वेदिक औषधी पनि वितरण गर्ने योजना बनाएको जानकारी दिए ।
उनले भने–‘अबको एक महिनामा आयुर्वेदिक औषधी वितरणको लागि हामी तयारी गरिरहेका छौ ।’ औषधी खरिदको लागि टेन्डर आह्वान सहित खरिद प्रक्रिया लगायत विभिन्न प्रकृतिको कार्य सहित बढिमा एक महिना भित्रमा औषधी आउने करिब १०–१५ दिन भित्रमा सबै जिल्लाहरुमा रहेका आयुर्वेदिक स्वास्थ्य संस्थामा औषधी वितरण गरिने जानकारी दिए ।
प्रदेश नम्बर ५ का ६ वटा जिल्लामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको गर्ने औषधी प्राप्त मात्रमा भएको प्रदेश नम्बर ५ स्वाथ्य निर्देशनालयले जनाएको छ । केही समय पहिला संरचना परिर्वतन सँगै औषधी खरिद प्रक्रियामा ढिला भएको कारण केही समस्या आएपनि अहिले त्यस्तो नभएको निर्देशनालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलका सूचना अधिकारी हरिप्रसाद आचार्यले प्रदेश ५ को ६ वटा जिल्ला हरु साविक लुम्बिनी अञ्चलमा औषधी खरिद तथा आपूर्ति शाखाले पठाउने ७० प्रकृतिका निःशुल्क औषधी प्राप्त मात्रामा भएको जानकारी दिए । उनले भने–‘हामी संग सर्पले टोकेमा प्रयोग गरिने एन्टी स्नेक भेनम ६ महिना सम्मको लागि प्राप्त छ भने एन्टी रेविज भ्याक्सीन पनि ४ महिनाको लागि स्टोर गरिएको छ ।’ यस्तै सामाजिक विकास मन्त्रालय स्वाथ्य निर्देशनालय प्रदेश नम्बर ५ का बरिष्ठ फार्मेसी अधिकृत (आठौ) बुद्धिराज काफ्ले ले अत्यावश्यक लगायतका सबै जसो औषधीहरु प्राप्त मात्रामा भएको जानकारी दिए । उनले ६ वटा जिल्लामा साविकको क्षेत्रीय मेडिकल स्टोर्सले हर्ने गरेको र नेपालगञ्जमा रहेको मेडिकल स्टोर्सले पनि अन्य ६ वटा जिल्लामा औषधी सप्लाई गर्ने गरेको कारण समस्या नरहेको बताए । उनका अनुसार अझै पनि केन्द्रबाट प्रदेश मातहतमा निर्देशनालय भएपनि सोही अनुसारको औषधी नआएको कारण प्रदेशमा २ वटा स्थानबाट ६÷६ वटा जिल्लामा औषधी सप्लाई हुँदै गरेको जानकारी दिए ।
उनका अनुसार अत्यावश्यक औषधी सबै प्रकृतिका रहेका छन् । नेपाल सरकारले ७० प्रकृतिको निःशुल्क औषधी जिल्ला अस्पताल, स्वाथ्य केन्द्र, उप स्वाथ्य चौकीमा पठाउने गरेको गरेकोमा अहिले स्वाथ्य निर्देशनालयमा ७० प्रकारका १ सय ७ प्रकृतिका औषधीहरु रहेका जानकारी दिए ।
परिवार नियोजनका साधन, टिवी ल्याप्रेसीको औषधी, प्यारासिटामोल, महिलाको लागि प्रयोग गरिने आईरन चक्की, साधारण खालको एन्टीवाईटीक देखि लिएर निमोनियाको विरामीलाई दिईिने औषधी, जुकाको औषधी, जीवन जल लगायतका औषधीहरु प्राप्त मात्रामा रहेका छन् । प्रदेश ५ स्वाथ्य निर्देशनालयले हिजो (बुधवार) बाट नै पहिलो चरणको औषध विभिन्न जिल्लाहरुमा पठाउने कार्य सुरु गरेको छ । पहिलो चरणको सुरुवातमा रुपन्देही जिल्लाबाट औषधीको वितरण सुरु गरिएको बरिष्ठ फार्मेसी अधिकृत बुद्धिराज काफ्ले ले जानकारी दिए । उनका अनुसार रुपन्देहीमा ३९ प्रकारका औाषधी पठाएको छ । प्रदेश जनस्वाथ्य कार्यालय अन्र्तगत ति औषधीहरु जिल्ला अस्पताल र विभिन्न पालिकाहरुमा रहेका स्वाथ्य चौकी, उप– स्वाथ्य चौकीमा जाने छन् ।
रुपन्देहीमा आईरन १० लाख चक्की, सिटामोल ६ लाख ३० हजार, एन्टीवाईटीक, बच्चाको लागि प्रयोग गरिने प्यारासिटामोल झोल (औषधी) ३६ हजार, आउँ– मासी परेको औषधी २ लाख प्रति पठाएको छ ।
सरकारले यसरी पठाएको औषधीहरु मध्ये ७० प्रकारका जिल्ला अस्पताल, ५८ प्रकारको स्वाथ्य केन्द्र र ३५ प्रकारका उप स्वाथ्य चौकीमा प्रदान गरिँदै आएको छ । जुन ३÷३ महिनाको अन्तरमा औषधी पाउँदै आइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?