ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

बीस हजार लिटर दूध प्रसोधन गर्ने उद्योग स्थापना हुदै

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

नेपालकै सबैभन्दा ठूलो गाई फर्म लुम्बिनी एग्रो प्रोड्क्ट एण्ड रिसर्च सेन्टर तिलोत्तमा टिकुलीगढले निकट भविश्यमा नै आफूले उत्पादन गरेको दूधबाट विभिन्न दुग्धजन्य उत्पादन गरी बिक्री गर्ने तयारी गरेको छ । बेला बेलामा हुने मिल्क होलिडे लगायत कच्चा दूध बिक्री बाट बढि मुनाफा आउने भएपछि सेन्टरले त्यसलाई प्रसोधन गरी दुग्धजन्य बस्तु उत्पादन गरी बिक्री गर्ने योजन आगाडि बढाएको हो ।
लुम्बिनी एग्रो पोड्क्स एण्ड रिसर्च सेन्टरका सञ्चालक शसी पौडेलले दैनिक २० हजार लिटर कच्चा दूध खपत गर्ने गरी दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन उद्योग स्थापना गर्न लागिएको जानकारी दिए । जसको लागि ईजरायली कम्पनीसंग सम्झौता गरिएको छ । ईजरायली कम्पनी र लुम्बिनी एग्रो प्रोड्क्सको संयुक्त लगानी (जोईन्ट भेन्चर) मा तिलोत्तमा नगरपालिकाको कटैयामा ढाई विघा जग्गा समेत लिएको सञ्चालक पौडेलले जानकारी दिए । उनले भने–‘कच्चा दूध बिक्रीबाट खासै आम्दानी नहुने र बेला बेलामा हुने मिल्क होलिडे लगायतको समस्याको कारण हामीले जग्गा खरिद गरी उक्त कार्य अगाडी बढाएका छौं । ’
मेसिन विदेशबाट आयात गर्नुपर्ने भएको कारण एलसी खोलर आयात गर्न करिब ४÷५ महिना र मेसिन ल्याएर जडान गर्न करिब ३÷४ महिना गरी अवको एक बर्षमा उत्पादन बजारमा लैजान गरी कार्य अगाडी बढाएको पौडेलको भनाइ रहेको छ । अहिले दैनिक २ हजार लिटर मात्रै दूध उत्पादन गरेको पोड्क्टले बजारमा दूधको माग कमी भएको कारण दाना लगायत विभिन्न म्युटेन्ट गाईलाई कम मात्रमा खुवाएर दूधको मात्र कम गरेको छ ।
दैनिक २० हजार लिटर दूध उत्पाद गर्ने क्षमता सहितको उक्त उद्योबाट दुग्धजन्य सबै प्रकृतिको उत्पादन, ब्रान्ड्रीङ्ग, बिक्री वितरणको लागि लिएको छ । जसको लागि इजरायलबाट नै प्राविधिकहरू आउँदै छन् भने प्राविधि पनि ईजयालकै प्रयोग गरिने छ । २०६७ सालबाट व्यवसायिक रूपमा गाई फर्म स्थापना गरेका पौडेलको फर्ममा अहिले ५ सय भन्दा बढि गाई छन् । त्यसमा १७५ दुहुने गाई छन् । उत्पादन भएको दूध सबै विहानको बुटवल बजारमा र बेलुकाको दूध भैरहवा बजार क्षेत्रमा विक्री हँुदै आएको छ । फर्ममा पालिएका सबै गाईको दूध मेसिनबाट नै दुहुने गरीन्छ । प्रविधीको उच्च प्रयोग गरिएको उक्त फर्ममा पालिएका गाई दूध दुहुने बेला भएपछि आफै नै लाईनमा गएर बस्दछन् । अनि प्राविधिकले थुन, कल्चौडो सफा गरेपछि मिल्कीङ्ग मेसिन जडान गरिन्छ । जसबाट दूध पास्चराईजेसनको लागि मेसिनमा जान्छ । त्यहाँबाट दूध ट्याक्टरबाट उपभोक्ताकहाँ पठाउँदै आइएको छ ।
अमेरिकामा रहेको विजेनेश भिसा त्यागेर नेपालमा आएका शसी पौडेलले स्वदेशमा आएर गाई फर्म चलाउँदै आएका छन् । अमेरिका जान भन्दा पहिला पनि नेपालमा पेट्रोल पम्प सञ्चालन गरेका पौडेलले त्यहाँ गएर पनि पेट्रोल पम्प नै सञ्चालन गर्ने योजना बनाएका थिए । तर त्यहाँ गएपछि त्यहाँको सिप, लगनशिलता लाई सिकेर बिजनेस भिसा त्याएर उनी नेपालमा आएका हुन् ।
‘एक हप्ता सम्म त्यहाँ बसेपछि त्यहाँ बस्न मन लागेन, राष्ट्रवादले मलाई यहाँ नै फर्कायो’– उनले भने । अमेरिकामा सुर्य कतिखेर उदाउँछ, कति खेर अस्थाउँछ भन्ने थाहा नै नहुने गरी त्यहाँ बस्न मन नलागेको कारण आफु स्वदेशमा आएको उनको भनाइ छ ।
५ बर्षे मल्टीपल विजेनेश भिसा त्यागेर देशमा आउनको लागि मिहिनेतले नै फर्काएको उनी बताउँछन् । नेपालमा हाल सरकारबाट कृषिको क्षेत्रमा ल्याएका नीति तथा नियमको विषयमा सिद्धान्न र काम गराईको विषय नमिल्दा समस्या भएको भन्दै किसानलाई सरकारले जुन किसानले जस्तो किसानको काम गर्दै छ सोही अनुसार नै उत्पादीत बस्तु विक्रीको ग्यारेन्टी हुनुपर्ने उनको भनाइ छ । फर्ममा २५ जनालाई प्रत्यक्ष रोजगारी, प्राप्त गरिरहेका छन् भने अप्रत्यक्ष रूपमा करिब २ सय भन्दा बढिले रोजगारी प्राप्त गरेका छन् । बिहान ४ बजे र दिउँसो २ बजे दूध दुहुने गर्दछन् ।
बायो ग्याँस उत्पादनको योजना
अहिले निर्माणाधीन अवस्थामा रहेको बायोग्यासलाई छिट्टै पुरा गर्ने योजना रहेको सञ्चालक पौडेलले जानकारी दिए । ११ सय घनमिटरको डिपीआर अनुसार बायो ग्यास बनाउने योजना क्षमता रहे पनि त्यसलाई आधा उत्पादन गर्ने योजना रहेको छ । जसको कार्य ७० ÷८० प्रतिशत पुरा भएको छ । पहिला निर्माणको जिम्मा लिएको ठकेदार कम्पनीले काम बीचैमा छोडेर भागेको कारण अब नयाँ अर्को ठेकेदार संग कुरा गरेर तुरन्त पुरा गर्ने योजना रहेको उनले जानकारी दिए । ‘हामी विजुली विक्री भन्दा पनि बोटलिङ्ग गर्ने योजना बनाएको छ बोटलिङ्ग गर्ने योजना बनाएका छौ । ’– उनले भने ।
दैनिक ७ सय ५० किलो वाट विजुली उत्पादन गर्ने क्षमता रहेको बायोग्याँसले दैनिक ७०–८० ग्याँस बोटलिङ्ग गर्न सकिने क्षमता रहेको छ । जुन बायोग्याँस ५० किलो लिटरको हो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?