© २०२३
अर्घाखाची, चैत – शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकको आगमन वर्षेनी बढ्दो छ । लुम्बिनी आएका पर्यटकलाई अर्घाखा“चीको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर दर्शनका लागि ल्याउनुपर्ने आवाज जिल्लाका हरेक कार्यक्रममा उठ्ने गर्छ । लुम्बिनी घुमेपछि केही पर्यटक सुपादेउराली पुग्ने गर्छन् । नेपालका विभिन्न जिल्लाका र धेरै भारतीय धार्मिक तीर्थालु सुपादेउरालीमा दर्शनका लागि हरेक दिन उपस्थिति बोक्लो छ । दैनिक घण्टौं लाइनमा बसेर दर्शन गर्छन् । भारतबाट गाडी रिर्जब गरेरै तीर्थालु आउ“छन् ।
सन्धिखर्क नगरपालिका ७ मा पर्ने सुपादेउराली मन्दिर झण्डै ४५ सय फिटको उचाइमा अवस्थित अर्घाखा“ची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो । फलामे दुई महाभारत पर्वत श्रृङख्लाका पहाडको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा देउराली मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा छ । सयौं फिट माथिबाट मन्दिरको तलपट्टी खस्ने सुपाखोलाको आकर्षक प्राकृतिक छहराले तीर्थालुलाई लोभ्याउ“छ । प्राचीन प्यागोडा शैलीबाट निर्मित यो मन्दिर हिन्दु धर्मावलम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल हो ।
मन्दिर स्थापनामा विभिन्न किम्वदन्तिहरुका आधार र मन्दिर देखि परपट्टी पहरामा लाहुरे टा“सिएको, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जा“तो आदीका शिलाहरुबाट त्रेता युगदेखि नै यहा“ शक्ति थियो भन्न सकिन्छ ।
परापुर्वकाल देखि नै प्रसिद्ध मन्दिरमा महर्षी पाणिनि तपस्याको लागि आएको बेला सोमेश्वर महादेवको दर्शन गरी उकालो लाग्दा देवीको दर्शन गर्दै नर्तनाञ्चल पर्वतमा भगवान शिवको दर्शन पाएको धार्मिक ग्रन्थहरुमा पाइन्छ ।
बाइसे चौबिसे राज्यका पालामा खा“चीकोट राज्यका राजाले छोरीको इच्छाविपरित भारतका एक राजपुतस“ग विवाह गरिदिने क्रममा राजकुमारी देवीको शक्तिले डोलीबाट अलप भएकी थिइन । छोरीको सम्झनामा राजाले सुपा देउराली मन्दिर व्यवस्थित गरे ।
त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने र विभिन्न फुलमाला, धजा, वस्त्र, सुनचा“दी चढाएर पाठापाठीको बलीपूजा गर्ने र परेवा उडाउने प्रचलन रही आएको छ ।
भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट पूर्व–पश्चिम राजमार्ग गोरुसिंगे हु“दै करिब ९० किमी दुरीमा सदरमुकाम जोड्ने प्रमुख सड्कमा पर्ने
यो मन्दिर २०४२ सालमा व्यवस्थित रुपमा निर्माण भएको थियो । २०६४ सालमा वावा नरनारायणले काष्ठकलाको अपूर्व आधुनिक मन्दिर निर्माण गरे । मनोकांक्षा पुरा हुने धार्मिक विश्वासले पछिल्लो समय भारत र नेपालका विभिन्न जिल्लाबाट गाडी रिर्जव गरेरै तीर्थालु आउ“छन् । मन्दिर दर्शनको लागि शनिवार, मंगलवार श्रद्धालुको भीड लाग्ने गर्दछ । हिन्दु धर्मशास्त्र अनुसार एकादशी, अक्षयतृतीया, औसी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, श्रीपञ्चमी, महाशिवरात्री र चैते राम नवमीका दिन वली चढ्दैन । पछिल्लो सयम मन्दिर देखि करिब दुई सय मिटर पर दुई पहाड जोड्ने पर्यटकीय झोलुंगे पुलबाट हरियाली मनोरम दृश्य सहितको दुई अग्ला पहाड देखाएर टिकटक र तस्बिर खिची सामाजिक सञ्जालमा राख्नेक्रम बढ्दो छ ।
जहा“ लाहुरे भित्तमा टा“सिनुपर्याे
मन्दिर देखि नजिकै भीरमा लाहुरे टा“सिएको दृश्य छ । यसलाई लाहुरे टा“सिएको भीरको नामबाट चिनिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडी सुपा देउरालीस“ग सम्बन्धित किम्बदन्ती छ ।
परापूर्वकालमा एक जना लाहुरे नोकरीको लागि जा“दा सुपा देउराली मन्दिरमा भाकल गरेर गएका थिए । उनको त्यो भाकल पुरा पनि भयो । त भाकल गरे अनुसार पुजा गरेनन् । देवीलाई छलेर अर्कै बाटो गएकाले उनलाई देवीले भित्तामा टा“सेर बिलिन गराएको किम्बदन्ती छ ।
मन्दिर सञ्चालक समितिका अध्यक्ष फर्सबहादुर खत्रीका अनुसार पछिल्लो सयम तीर्थालुको भीड बढ्दो रहेको छ । मन्दिरमा दर्शनपछि करिब दुई किमीको दुरीमा पर्ने चिसो ठाउ“ नरपानीमा घुम्ने गर्छन् । नरपानीमा पनि भारतीय पर्यटकको उपस्थिति बढ्दो छ । मन्दिरमा भाकल गरेको प्रसाद ग्रहण गर्न नरपानी पिकनिक स्टोर्समा तीर्थालु पुग्छन् । चारैतिर हरियाली मनोरम दृश्य सहितको दुई अग्ला नर्तनाञ्चल पर्वतको सित्तल छहारीमा पर्यटकले आनन्द लिन्छन् । तराइस“ग जोडिएको जिल्ला भएकाले पनि गर्मी छल्न तराइबाट नरपानी आएर घुम्ने पर्यटकको संख्या बढ्दो छ ।
पर्यटकलाई सुपादेउरालीमा झोलुंगे पुल
वारी झाडी जंगल र पारी पथ्थर सहितको छा“गो पहाड । दुई पर्वत पुग्न पैदल यात्रामा पनि संभव थिए । अब पर्यटकीय झोलुंगे पुलबाट पहाडको दुई चुचुरोमा पुग्न सकिन्छ ।
धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर नजिकै दुई पहाड जोड्ने पर्यटकीय झोलुंगे पुल निर्माण गरिएको हो । सुपादेउराली मन्दिरमा दर्शन र नरपानी घुम्न आउने पर्यटकलाई भुलाउन नर्तनाञ्चल पर्वतका दुई चुचुरो आउजाउ गर्नका लागि २ सय ७३ मिटर लामो झोलुंगे पुल बनाइएको हो ।
पहाडको खोचमा मन्दिर छ । सन्धिखर्क गोरुसिंगे सड्क खण्डमा रहेको सुपादेउराली मन्दिर देखि करिब एक किलो मिटर जंगलभित्रबाट सिढी चढेर उकालो उक्लेपछि झोलुंगे पुलमा पुगिन्छ । पुलमा वारपार गरेर मनोरञ्जन गर्ने र तस्बिर, भिडियो खिच्ने भीड छ । पुलमा पुग्ने जो कोहीले तस्बिर र भिडियो सामाजिक सञ्चालमा पोष्ट गर्छ ।
मन्दिरमा दर्शन र गर्मी छल्न आउने पर्यटकलाई भुलाउन झोलुंगे पुल निर्माण भएको सन्धिखर्क नगरपालिका–७ का पूर्ववडाध्यक्ष प्रितम थापाले बताए । ‘पुलमा गएपछि तलपट्टीको मन्दिर राम्रो देखिन्छ,’ उनले भने, ‘पुलले यस क्षेत्रको गरिमा बढायो ।’