ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

रामघाट मेला भर्नेको घुइँचो

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

ऐतिहासिक महŒव बोकेको प्राचिन भागिरथी नदी (बाणगंगा) को रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पुर्णिमाका दिन वाणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीबार दिउँसै देखि हजारौं भक्तजन आएका थिए ।
धार्मिक दृष्टिकोणले महत्वपुर्ण भएकाले पर–परबाट तिर्थालु एक दिन अघि नै आएर बसेका थिए । शुक्रबार लागेको मेलाका लागी बिहिबार सा“झैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम शुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पुजाआजा गर्नेको लामो लाईन थियो । भारत र जिल्लाकै डेढ सय बढी साधु, सन्त र जोगी मेलामा आएका थिए । मन्दिर वरिपरि र नदी किनारमा रात भर जोगीहरुले जाग्राम बसी ढोल, खैजडी, झा“ज र हरमुनियम बजाई भजन, किर्तन र चुड्का भन्दै बसेका थिए ।
त्रेता युगमा भगबान राम वनवास जाने क्रममा रामघाट आई पुग्दा उनलाई पानी प्यास लागे पछि वा“ण हानेर पानी निकालेको धार्मिक किम्बदन्ती रहेको अबधी साँस्कृतिक बिकास परिषदका जिल्ला सचिव राधबेन्द्र कुमार श्रीवास्तबले बताए । “पछिल्लो समय रामघाटमा बोलबम जलयात्रु, कार्तिक पुर्णिमाका श्रद्धालु र मासिक रुपमा हुने गंगा आरतीमा श्रद्धालुको संख्या बढदो छ । नदीमा आउने श्रद्धालुलाई लक्षित गरि बिश्रामस्थल सहितका भौतिक संरचना निर्माणको आवश्यकता छ । ” उनले भने ।
रामघाटमा मेला भर्न ८० किमि पर भारतको बस्ती र सिद्धार्थनगर जिल्ला लगायत छिमेकी दाङ्ग, रुपन्देही र नवलपरासी सम्मका श्रद्धालु भक्तजन आएका थिए । भगवान रामले पानी पिएको हुदा यस ठाउको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको श्रीवास्तबले बताए । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गरेका छन । गौदान गरे मनोकाक्षा पुरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहा गौदान गर्न पनि आउने गरेको कपिलवस्तु नगरपालिका ४ पिपरीका रमाकान्त प्रसाद उपाध्यायले बताए । प्राचिन भागिरथी नदीको रुपमा परिचित बाणगंगानदीका बिभिन्न स्थानमा स्नान गर्न टाढा टाढाका भत्तजन आउने गरेको उनले जानकारी दिए । मेलाका दिन घाटमा स्नान गरी र रामजानकी मन्दिरमा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वास भएकाले मेलामा भीड बढने गरेको मेला भर्न २ दशक देखि भारतको सिद्धार्थनगरको शोहरतगढ बाट आएका भारतिय श्रद्धालु अर्जुन कुर्मीले बताए ।
मेलालाई ब्यवस्थित गर्न सय बढी नेपाल र सशस्त्र प्रहरी खटिएका छन् । मेला सय वर्ष अघि देखि नै लाग्दै आएको बुढापाका बताउछन् । त्यसैगरी कपिलवस्तुको लक्ष्मणघाट र बर्गदीघाटमा समेत मेला लाग्ने गर्दछ । यसै बीच बिभिन्न संघ संस्थाको अगुवाईमा मेलास्थलमा स्वास्थ्य उपचार सहितका क्याम्प सञ्चालन गरिएको थियो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?