ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
नेपालगन्जमा हात्तीपाईले बिरुद्धको अभियानः

गाउँ संगहार्दै शहर

सर्बसाधारणले निसंकोच औषधी सेवन गर्दा नेपालगन्जमा भने कर्मचारी, स्वास्थ्यकर्मी,जनप्रतिनिधि लगायत जानेबुझेकाकै असहयोगका कारण कभरेज बढ्न सकेन ।
२८ फाल्गुन २०७९, आईतवार
२८ फाल्गुन २०७९, आईतवार

बाँके  फागुन- १३ औं पटक अभियान सञ्चालन गर्दा पनि नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाईले बिरुद्धको औषधीसेवनको ‘कभरेज’ निरासाजनक छ । तर गाउँमा भने सन्तोषजनक पाइएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार, यस बर्षको अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा औषधी सेवनको कभरेज ४७ प्रतिशत छ । तर कम विकास भएको मानिने नरैनापुर गाउँपालिकाकै कभरेज ६३ प्रतिशत पुगेको छ । जानकी गाउँपालिकाको ८१ प्रतिशत, कोहलपुर नगरपालिकाको ६९ प्रतिशत,खजुराको ७५ प्रतिशत, डुडुवाको ८१ प्रतिशत, बैजनाथको ७४ प्रतिशत र राप्तीसोनारीको कभरेज प्रतिशत ६९ रहेको छ ।
जति गर्दा पनि कभरेज बढ्न नसकेपछि निरास बनेको स्वास्थ्य कार्यालय बाँकेले सहयोगको अनुरोध गर्दै जिल्ला समन्वय समिति बाँकेलाई गुहार लगाएको छ । जनस्वास्थ्यको गुहारपछि हात्तीपाईले रोग निवारण जिल्ला स्तरीय समन्वय समितिको अध्यक्ष समेत रहेका समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरीले शुक्रवार बृहद बैठक
बोलाए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि सहभागि बैठकमा खोप अभियान अभियानमा लागेका स्वास्थ्यकर्मीले पढेलेखेकै व्यक्तिबाट असहयोग भएको दुखेसो पोखेका छन् ।

वडा नम्बर दुईमा खोप खुवाउने अभियानमा खटिएका एकजना स्वास्थ्यकर्मीले भने,–‘सर्बसधारण नागरिकले मज्जाले औषधी सेवन गरिरहेका बेला शहरमै नाम कमाएका डाक्टरले मेरो घरमा औषधी नल्याउनु भन्नुभयो । अब भन्नुहोस् हामी स्वास्थ्यकर्मी एक्लैले के गर्न सक्छौं ?’ ती स्वास्थ्यकर्मीले आवश्यक परे औषधी सेवन अस्वीकार गर्ने चिकित्सकको नाम सार्बजनिक गर्ने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडैलले सबै उपाय अपनाउँदा पनि नेपालगन्ज शहरमै कभरेज नबढेपछि स्वास्थ्यकर्मीले ‘सरेन्डर’ गर्नुपर्ने अबस्था आएको भन्दै निरासा व्यक्त गरिन । ‘हाम्रा कर्मचारीले अनेक धम्कीको सामाना गर्नुपरेको छ । केही गर्दा पनि कभरेज नबढ्ने भयो ।’ पौडेलले भनिन–‘साच्चिकै भन्ने हो भने त हामी स्वास्थ्यकर्मीले सरेन्डर गर्नुपर्ने अबस्था आएको छ ।’
हात्तीपाई रोग निवारण अभियानको फोकल पर्सन दुर्गा गौतमका अनुसार, नेपालगन्जमा रहेको छ लाख १६ हजार जनसंख्यामा ५.५ प्रतिशतलाई हात्तीपाईले छ । यो अबस्था अन्त्यका लागि हरेक वर्ष अभियान सन्चालन गर्दै आए पनि नेपालगन्जमा यसको कभरेज ५० प्रतिशत भन्दा बढि हुन सकेको छैन । यस बर्ष सन्चालन भइरहेको अभियानका क्रममा नेपालगन्जमा प्रगतिको अबस्था जम्मा ४७ प्रतिशत छ । अन्य पालिकाको कभरेजको अबस्था नेपालगन्जको भन्दा राम्रो छ । आठ पालिका मध्ये सबैभन्दा कम कभरेज नेपालगन्जको छ भने त्यसपछि नरैनापुरकै ६३ प्रतिशत छ । ‘लगभग ८० प्रतिशतलाई ठिकै मान्न सकिन्छ तर नेपालगन्जमै औषधी सेवनको कभरेज ५० प्रतिशत नाघेको छैन ।’– गौतमले भनिन् ।

औषधी सेवनका लागि राजनीतिक दल,धर्मगुरु र सामाजिक अभियानतालाई सक्रिय बनाइएको छ । तर पढेलेखेका व्यक्तिले नै औषधी सेवनले समस्या ल्याउँछ भन्दै अफवाह फैलाएपछि अन्य व्यक्तिको समेत मनोबल बढेको पाइएको छ । तर भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईले बिश्वभर प्रमाणित भएको औषधीको सेवनले समस्या ल्याउँछ भन्नु भ्रम मात्र रहेकोले औषधी सेवन गर्न आग्रह गरेका छन् ।
डा चापागाई भन्छन्–‘आमनागरिकले यो औषधी सेवन गरिरहेका बेला जाने बुझेकाले नै अफवाह फैलाएको हो भने त त्यो ज्यादै दुख लाग्ने कुरा हो । त्यसो नगर्न अपील गर्छु ।’ चापागाईले औषधी सेवन पछि केही गरी सामान्य खालको असर देखिए त्यसको उपचारका लागि भेरी अस्पताल तयारी अबस्थामा रहेको जानकारी दिएका छन् ।
नेपालगन्जमा स्वास्थ्यकर्मी,कर्मचारी,जनप्रतिनिधि तहबाटै औषधी सेवनमा असहयोग भएपछि त्यसका बिरुद्ध कडाईका साथ जानुपर्ने आवाज समेत उठेको छ । औषधी सेवन नगरेको अबस्थामा सरकारले दिने सेवा सुविधा रोक्ने सम्बन्धमा सुझाव आएपनि नागरिकको मौलिक हक हनन् हुनेमा सचेत रहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल बताउँछन् । उनी भन्छन् –‘तर अब हामीले सामान्य तरिकाले अभियान सफल पार्न नसक्ने भएकाले केही न केही कडाई गर्नैपर्ने निष्कर्षमा पुगेका छौं ।’
औषधी सेवको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । फागुन ११ गतेदेखि अभियान सुरु गरिएको हो । वडा वडामा सम्बन्धित वडाका जनप्रतिनिधिको अग्रसरता रहने गरी अघि बढ्ने योजनाका साथ रणनैतिक ढंगले अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष बैठकले निकालेको छ ।
औषधि सेवन कार्यक्रमलाई सहयोग पुग्ने गरी गतिविधि हुनुको साटो जानेबुझेकाहरुबाटै अफबाह फैलाउने काम भएको भन्दै त्यसलाई चिरफार गरेर अघि बढ्नुपर्ने सुझाब दिइएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको बैठकको अध्यक्षता गरेका जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लाका अन्य पालिकाको तुलनामा नेपालगञ्जमा निकै कम कभरेज भएकाले आमऔषधि सेवन कार्यक्रमलाई सफल बनाउन आआफ्नो वडामा जनप्रतिनिधि जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले औषधि सेवन गरेकाहरुको कार्ड नै बनाएर भरपर्दो तथ्यांक अद्यावधिक गर्न स्वास्थ्य महाशाखालाई निर्देशन दिँदै नेपालगञ्जमा हालसम्म प्राप्त तथ्यांक आँखा अगाडि नै औषधि खाएकाहरुको आधिकारिक विवरण भएको बताए । उनले अब केही समय लम्ब्याएर भएपनि कभरेज बढाउने रणनीतिका साथ अघि बढ्नुको विकल्प नरहेको भन्दैै सबै जनप्रतिनिधि र सरोकारवाला निकाय र स्वयम् नागरिकहरु यसमा गम्भीर बन्नुपर्ने बताए ।
औषधि सेवन गर्नेहरु पनि औषधि सेवन नगर्नेहरुका कारण जोखिम रहेको भन्दै उनले आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिए । बैठकमा हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले नेपालगञ्जका केही वडाहरुको कभरेज कहालीलाग्दो रहेको भन्दै सबै गम्भीर बन्नुुपर्ने बताइन् । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशत भन्दा कम कभरेज छ । यस्तै २, ४, ६, १२, १९, २०, २१ र २२ मा ५० प्रतिशत कम कभरेज रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?