ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

जात लोप हुनुको तथ्य (सम्पादकीय)

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

हाम्रो समाजमा रूप, जात, थर, लिंग आदिबाट एकले अर्कोलाई होँच्याउने चलन छ । यसरी होँच्याउने गर्दा कतिपयले ग्लानीको महशुस गर्छन् । रूप र लिंग त लुकाउनु मिल्दैन । तर, जातको हकमा कतिले आफ्नो वास्तविक जात थर लुकाउने गरेको पाइन्छ । कुसुन्डालाई पनि कसैले कुसुन्डा भनिदियो भने रिसाउँछन् । गाउँघरमा यसरी बोलाउनुलाई होच्याएर अपशब्दका रूपमा बुझ्छन् । यसरी नै विभिन्न जाति, जनजाति, उत्पीडित वर्गका मानिसले जात थरबाट बोलाउँदा रिसाएर विकल्प खोज्ने क्रममा अरू नै जात लेखाउने र बोलीचालीमा प्रयोग गर्ने चलन सबैतिर देख्न पाइन्छ । तर, अचेल सामाजिक सुरक्षा भत्ताकाकारण पुरानो धेरैले जात थर लुकाउन छाडेका छन् । सरकारले कुसुन्डा, राउटे, हायु, मेचे, बनकरिया, किसान लगायतका १० जातिलाई सामाजिक सुरक्षा भत्ता वापत मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने गरेको छ । तर, उनीहरूमध्ये कसैले शाही, कसैले सेन, कसैले ठकुरी, कसैले खान आदि लेख्ने गरेका थिए । कुनै समयमा आफूहरू जङ्गलका राजा भएकाले आफूहरू ठकुरी भएको भनाइ कुसुन्डा, राउटे जातिको छ । फिरन्ते जातिमा पर्ने राउटे जाति कुसुन्डाका प्रजा हुन् भन्ने मान्यता पनि छ । समाजमा कसैले कुनै पनि मनगढन्त परिभाषा लगाउन सक्छ । यो खासै अन्यथा होइन । तर, जातीय पहिचान छिपाउँदा कुन मानिस कुन समुहको हो, कुन धर्मको अनुयायी हो, उसलाई सरकारले कुन श्रेणीमा राख्ने भन्ने कुरामा अलमल हुन्छ ।
गाँउघरमा अचेल पनि दुग्धजन्य पदार्थ खान मानेन भने कुसुन्डो भनेर भन्ने गरेको पाइन्छ । यो भनाइले जङ्गली वा असभ्य जनाउँछ । कतिपयले आफ्ना बालबालिकालाई गाली गर्नको लागि पनि यो शब्द प्रयोग गरेको पाइन्छ । योमात्र हैन, अन्य थरहरूलाई गालीको रूपमा भन्ने गरेको सुनिन्छ । त्यसरी नै नेत्रहीन, अन्य शारीरिक अपांग भएका ब्यक्तिलाई चोट पुग्ने गरी गाली गर्ने चलन गाउँ घरमा जहाँतहिँ सुन्न पाइन्छ । उपल्लो जात भनाउँदाहरूले तल्लो जातिका भनिने मानिसलाई गालीको शब्द बनाएका हुन्छन् । यो सामाजिक अपराध हो । कसैलाई पनि चोट पुग्ने गरी शब्दहरू प्रयोग गर्न पाइँदैन । तर, सानै देखि लागेको बानी भनेर त्यस्ता शब्दहरू प्रयोगमा आउने गरिरहेका छन् । जसले गर्दा जात छिपाउन वाध्य हुनुपरेको छ । तर, अहिले राजनैतिक परिवर्तन हुनुकासाथै सरकारले भत्ता दिने ब्यवस्था मिलाएपछि सबै आफ्नो जातमा खुल्न थालेका छन् । साथै हेपाहा ढंगबाट कसैले आफ्नो जातको प्रयोग गर्दा त्यसको प्रतिकार पनि गर्न थालेका छन् । यसो हुनु जरुरी थियो । किनभने कसैले पनि अरूको जात थर, रूप, लिंग उच्चारण गरेर कसैलाई पनि हेप्न मिल्दैन । सबैको सबैले आदर गर्न जान्नुपर्छ । मानिस भएर मानिसको सम्मान गर्न जान्नुपर्छ । सामन्तवादी शासन प्रणाली अहिले छैन । सामन्तहरूले रिबहरूलाई जात तोक्ने र हेपेर बोल्ने जुनचलन थियो त्यो अहिले छैनन । कसैले पनि त्यसरी कसैलाई हेप्न मिल्दैन ।
कुसुन्डा जातिका मानिसले अहिले पनि दुग्धजन्य पदार्थ खाँदैनन् । गाईभैंसीले कुश खाने भएकाले दुग्धजन्य पदार्थ उनीहरूले नखाएको मान्यता छ । कुशलाई सिताको कपालको रूपमा उनीहरूले अथ्र्याउने गरेका छन् । उनीहरूले खुर भएका पशुको पनि मासु नखाने चलन छ । त्यस्ता त्यागी कुसुण्डाहरू गालीको पात्र बन्ने गरेका हुन्छन् । उनीहरू लोप नभएर पनि समाजबाट गाली खानुपरेको कारणले जात फेर्ने गर्दा लोप भएको मानिएका हुन् कि भन्ने अनुमान गरिएको छ । २०६८ सालको राष्ट्रिय जनगणनाले देशमा कुसुन्डा जातिको जनसंख्या २ सय १३ जना रहेको देखाएको छ । कुनै पनि समाजमा अनेक नश्लका मानिसहरूको बसोबास रहेको हुन्छ । कोही पूर्ब, कोही पश्चिम, कोही उत्तर र कोही दक्षिणबाट आएर बसोबास गरेका हुन्छन् । सबैको लागि सबैथरीका मानिसको आवश्यकता पर्छ । अनुहारले भन्दापनि मानिसले जानेको सिप आवश्यकता हुन्छ । कसैले कुन काम जानेको हुन्छ कसैले कुन सिप सिकेको हुन्छ । त्यो सबै विनिमय गरेर नै समाज टिकेको हुन्छ । म सर्बेसर्वा हुँ, मैले जे भन्छु त्यो कानुन बन्छ, मैले जस्तो सम्बोधन गर्छु त्यो अकाट्य हुन्छ भनेर अहमता देखाउँदा नै समाजमा उच निच, भेदभाव, जातीय असमानता बढेको हो । मानिसले नै जातीय विभाजन गरेको हो । त्यसैले त्यस्तो जातीय विभाजनलाई सबैले हटाउँदै लैजानु आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?