ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कर्मचारीको न्यूनतम तलब ३४ हजार सिफारिस

२१ फाल्गुन २०७९, आईतवार
२१ फाल्गुन २०७९, आईतवार

काठमाडौँ, २१ फागुन ।

अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ ।

निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब वृद्धि गर्दा तलब मिलान गरेर वृद्धि गर्न पनि सुझाव दिइएको छ ।

आयोगका सदस्य एवं पूर्वसचिव विमल वाग्लेले सरकारले आगामी दिनमा कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम मिलान गरेर मात्र तलब वृद्धि गर्न सरकारलाई सुझाव दिएको बताए । अहिले निजामती सेवाबाहिरका सेवाका कतिपय कर्मचारीका पदमा मर्यादाक्रम नमिलाई सरकारले एकमुष्ट रूपमा तलब वृद्धि गर्दै आएको थियो ।

उनका अनुसार निजामती र निजामतीबाहिरका नमिलेका १९ वटा पदमा तलब मिलान गरेर तलब वृद्धि गर्न सरकारलाई सिफारिस गरिएको छ । तलब दिने निकायको क्षमता अभिवृद्धि गरी निजामती सेवाको तल्लो तहको न्यूनतम तलब मासिक ३४ हजार रुपियाँ पुग्नेगरी तलब वृद्धि गर्न आयोगको सुझाव छ ।

अहिले निजामती कर्मचारीको तल्लो तहका कर्मचारीलाई सरकारले मासिक ३४ हजार रुपियाँ तलब दिन सक्ने अवस्था नभए पनि जीवन निर्वाह गर्न पुग्ने आवश्यक तलब दिनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ । उनले भने, “सरकारले तलब दिन सक्नेगरी सरकारको क्षमता वृद्धि गर्न, राजस्व वृद्धि गर्ने र अनावश्यक खर्च कटौती गरी न्यूनतम तलब ३४ हजार रुपियाँ दिन सरकारलाई सुझाव दिइएका छौँ ।”

त्यस्तै प्रतिवेदनमा अर्थतन्त्रको सक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकका कर्मचारीको सेवा सुविधाको अवस्था, कर्मचारीको उपचार खर्च, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था, वैदेशिक अनुदानको परिचालन र अहिले कर्मचारीतन्त्रमा देखिएको विकृतिबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । आगामी दिनमा सरकारले तलब वृद्धि गर्दा आयोगको सिफारिसलाई आधार मानेर मात्र तलब वृद्धि गर्नुपर्ने सिफारिस छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार हुने बताए । उनले उचित अध्ययन गरेर निर्णय लिन उच्चस्तरीय प्रशासन सुधार आयोग गठन तयारीमा सरकार रहेको बताए । प्रधानमन्त्रीले भने, “देशका लागि कति कर्मचारी आवश्यक हो, कुन संरचना आवश्यक हो, उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ । यसो नगर्दा राज्यलाई ओभरलोड हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ ।”

उनले भने, “प्रतिवेदनमा कर्मचारीको तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको सङ्क्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिमा सहयोग पुग्नेछ ।”

प्रधानमन्त्रीले कर्मचारीको सेवा सुविधा कम हुँदा कार्यक्षमतामा ह्रास आउनुका साथै वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको चर्चा गर्दै भने, “तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा कि त विदेशिनुपर्ने कि त वित्तीय अराजकता वा लामो हात गर्ने ठाउँमा पुगेका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आवश्यकताअनुसार कर्मचारीको तलबमान र सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक छ ।” सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लिखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषय सङ्घीय निजामती ऐनमै व्यवस्था गर्ने र व्यावहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताए ।

प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक एवं पूर्वमुख्य सचिव लीलामणि पौड्यालले नेपालको अर्थतन्त्रको सङ्क्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्तावलगायतका व्यवस्था प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमा कर्मचारीको उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, आवास व्यवस्था, यातायात सुविधा र प्रशासनमा देखिएका बेथिति नियमनसम्बन्धी व्यवस्था, कर्मचारी दरबन्दीमा कटौतीलगायतका सुझाव पेस गरिएको छ ।

साथै एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?