ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
स्थानीय खबर

शिवगढी किल्ला, कस्ले चिन्ला ?

१९ फाल्गुन २०७९, शुक्रबार
१९ फाल्गुन २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), फागुन – कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ शिवगढी मन्दिर । हिन्दु धर्मावलम्बीहरुको आस्थाका धरोहर आराध्यदेव शिवको भक्तहरुको लागि देशभित्रबाट मात्रै होइन भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरु यहाँ दर्शनका लागि आउने गर्दछन् ।
सडक सञ्जाल नभएको पैदल यात्रा गरेरै भक्तजनसँगै पर्यटक यस मन्दिरमा पुग्छन् । नाक छुने ठाडो उकालो बाटोमा घना जंगल छिचोल्दै मन्दिर पुग्न सकिन्छ । यस शिवगढी मन्दिरको चुचुरोमा पुग्ने जो कोही स्वर्गानुभति गरेको स्थानीय टेक बहादुर थारु बताउँछन् ।
शिवरात्रीको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । मानिसहरु घण्टौँ लाग्ने पहाडको उकालो बाटोमा घण्टौँसम्म लाईनमा बसेर दर्शन गर्ने गर्दछन् । जिल्लाको मुख्य बजार चन्द्रौटा देखि रमुवादह हुँदै करिब १७ किलोमिटरको दुरीमा रहेको यो मन्दिर पुर्व–पश्चिम महेन्द्र राजमार्गको धानखोला देखि ७ किलोमिटर उकालो चढेपछि पुगिन्छ ।
कपिलवस्तु र दाङको सीमा क्षेत्रनजिकै कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवगढी मन्दिरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । महेन्द्र राजमार्गको छेउमा पर्ने यो मन्दिर प्राकृतिक सम्पदाले मनोरम दृश्यले सिंगारिएको भएपनि पहाडको टुप्पोमा रहेको छ । जुन मन्दिरलाई शिवगढी किल्लाको रुपमा पनि चिन्ने गरिन्छ ।
शिवगढी किल्ला र त्यहाँ रहेको शिव मन्दिर जहाँ बर्षेनी हजारौं देश विदेशका धार्मिक पर्यटकहरु अवलोकन गर्न पुग्ने गर्दछन् । कम चर्चा र खोजी भएको शिवगढी रुपन्देहीको बुटवलमा रहेको जितगढीभन्दा पनि महत्वपूर्ण मानिन्छ । कतिपय इतिहासकारका अनुसार ः ञअंग्रेज सेनाहरुलाई धपाइएको प्रमुख गढी भनेकै शिवगढी हो । शिवगढीबाट धपाइएका अंग्रेज सेनाले बुटवलको जितगढीमा आक्रमण गरेका थिए । तर बुटवल आक्रमणमा पनि उनीहरुले पराजित नै बेहोर्नु प¥यो ।
निस्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले स्युराज, जितगढी, नुवाकोट (पल्लो) हमला गर्न चाहन्थे । बुटवलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अंग्रेजी फौज थिए । १ हजार २ सय नेपाली फौजलाई कर्णेल उजीरले जितगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।अंग्रेज हमला २२ पौष १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अंग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३ सय अंग्रेज मारिए । वुड गोरखपुरतिर फिर्ता गए ।
विशेषता बृटिश ईण्डियाको अतिक्रमणविरुद्ध जीतगढी र स्युराजले लडाइँको मोर्चा सम्हालेको ईतिहासमा उल्लेख छ । तत्कालीन स्युराजको समयमा सेनाले मोर्चा सम्हाल्नको लागि निर्माण गरेको किल्ला अहिले पनि शिवगढीमा सुरक्षित छ । यस शिवगढी किल्लामा शिवराज राजाले राज्य गरेको र अंग्रेजसँग युद्ध गरेका थुप्रै युद्धका डोपहरु लगायतका किल्ला समेत यहाँ देख्न सकिन्छ ।बुटवल र स्युराज क्षेत्रले तत्कालीन बृटिश ईण्डियासँग युद्ध गरेको समय हेर्दा २ सय ८ बर्ष पूरा हुँदैछ । कपिलवस्तुको पश्चिममा अवस्थित शिवराजगढीकै नाममा अहिले शिवराज नगरपालिका बनेको छ । यो नगरपालिका धार्मिक आस्था र पर्यटकीय गन्तव्यका लागि धनी छ ।त्यसैले आजको पुस्ताले कपिलवस्तुको पश्चिमी भु–भागबाट शिवगढी किल्लाको ऐतिहासिकतालाई प्रचारप्रसार, प्रबर्द्धन र विकासको सवालमा केही नयाँ गर्न खोजिरहेको छ ।
आजसम्म पनि यसको सम्बर्द्धन र संरक्षण भगवान शिवको मन्दिर र मनोकाङ्क्षा पुर्णताको लागि अलौकिक शक्तिसँग याचना गर्न पुग्ने श्रद्धालु भक्तजनहरु र यसको व्यवस्थापन गर्ने स्थानियसँग मात्र सिमित रहेको जानकार बताउँछन् ।
विगत ७ बर्षदेखि यस क्षेत्रलाई पर्यटकीय धार्मिक भुमिसँगै ऐतिहासिक किल्ला शिवगढीको समेत प्रबर्द्धन गर्ने उद्देश्यले महा–शिवरात्रीको अवसरमा शिवगढीको प्रवेश द्वार रमुवादह र धानखोलामा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ । स्थानीय तथा प्रदेश सरकारका जन–प्रतिनिधि लगायत सरोकारवालाहरुलाई शिवगढी किल्लाको प्रचारप्रसार, प्रबर्द्धन र विकासमा हातेमालो गर्न पहल गर्ने गरिएको स्थानीय दिनेश पुनले जानकारी दिए ।
स्थानीयको रचनात्मक गतिविधिलाई थप टेवा र हौँसला प्रदान गर्न शिवराज नगरपालिका वडा नम्बर ९ वडाका पुर्व वडा अध्यक्ष चुर बहादुर खड्काले बताए । शिवगढी क्षेत्रको विकासकोलागि शिवराज, विजयनगर र कृष्णनगर लगायत पालिकालाई समेत अपनत्व ग्रहण गराउन सबैको अपरिहार्य योगदान रहेको उनको भनाइ छ । ऐतिहासिक किल्ला शिवगढीको समग्र विकासको लागि तिनै तहको सरकारको ढोका ढकढक्याई रहेको समेत खड्काले बताए ।यस्तै तत्कालीन वडा नम्बर ९ का वडा अध्यक्ष राम गोपाल थारुले प्राथमिकताका साथ विकास गर्ने बताए । शिवगढी किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उनले प्रतिबद्धता जनाए । शिवगढीमा जति धेरै पर्यटन भित्र्याउन सके शिवराजसँगै जिल्लाकै सान उकासिने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?