ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
खबर

गण्डकमा करोडौको नदिजन्य सामग्री

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

नवलपरासी, फागुन – जिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी (नारायणी) नदीको विच विचमा थुप्रिएको गिट्टि बालुवाको ढिस्कोले नदीको नियमित जल बहाव नै परिवर्तन हुने गरेको छ । थुप्रिएका ति ढिस्को नझिक्दा नदीको धार परिवर्तन भई गण्डक बाँधलाई नै जोखिमपुर्ण बनाउने कार्य गर्न थालेको हो ।

गण्डक बाँधलाई मात्र बलियो बनाउनका लागि स्थानिय स्तरबाट जनदवाव हुने,सरकारी निकाय पनि जनताको भावना अनुसार बाँधको मर्मत सम्भार तथा बाँधको सुरक्षार्थ स्पर(ठोकर) बनाउन तर्फ मात्र केन्द्रित भए पनि नदी विचको ढिस्को हटाउने र नदीको बहावलाई नियमित बनाउने कार्य बर्षाै देखी हुन सकेको छैन् । नदी विचको ढिस्कोले नदीको पानीलाई दुई भागमा विभाजित गरिदिन्छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पुर्व प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने, नदीको बहावलाई नियमित गरिदिए पनि नदी नियन्त्रणमा सहयोग पुग्थ्यो । तर नदी नियन्त्रणमा खटिने प्राविधिक टोलीको त्यस तर्फ ध्यान नगएको बताए । नदीमा जम्मा भएको ढिस्को सफाई नहुदा नदीको लागि त्यो फोहर हो,तर झिक्यो भने त्यही फोहर मोहर पनि बन्न सक्ने उनको भनाई थियो । जति रकम भारत सरकारले खर्च गरेर नदीको बाँध मर्मत गरिरहेको छ,त्यही रकम यदि ति नदी विचको फोहर देखिने ढिस्को काटेर बाहिर निकालिदिएमा नदी नियन्त्रणका कार्य धेरै सहज हुन सक्थ्यो । नदीमा करोडौ मुल्यका ति गिट्टि,बालुवा र ढुगाँ रहेका छन् । बर्षाै देखी नदीमा थुप्रिएकाछन् । पानीको बहावलाई यत्रतत्र परिवर्तन गरिदिएका छन् ।
नदीको बहवा परिवर्तन गर्दा पानी बहाव धेरै जसो नेपाली भुमि तर्फ फर्कने देखिएको छ । किन भने नदीको पश्चिम तर्फ रहेको विग्याप बाँधका संरचनाको निर्माण गर्दा नदी किनारकै समाग्रि प्रयोग गर्ने गरिएको छ,उनले भने,नदी किनारको खोलाजन्य समाग्रि उपयोगमा ल्याउदा नदी खाल्टो पश्चिम तर्फ भई रहेको छ । नदीको पानी खाल्टो तफै नै बग्ने प्रकृति भएको हुदा नदी पश्चिम तर्फ आउने र नदीको वि ग्याप बाँध,नेपाल बाँध,लिँक बाँधलाई असर पार्ने गरेको छ । ति बाँधको सुरक्षार्थ बनाईएका स्परहरु भत्काउने गरेको छ । बर्षेनी तिनै स्पर मर्मतका लागि भारत सरकारले करोडौ रुपिया खर्चने गरेको छ । तर नदीको विच भागमा जम्मा भएका ढिस्को खाटेको छैन् । ति ढिस्को नकाट्दा नदी बाढीको बेला खाल्टो परिेको पश्चिम तर्फ नै बढि पानी आउने गर्दा बाँध कमजोर हुदै गएको प्रष्ट देखिन सक्ने पुर्व प्रवतmा गुप्ताको भनाई थियो ।
भारत तर्फ नदीको पुर्वि भागमा केही संरचना बनाउन परेको छैन्, उनले भने,किन भने पानीको बहाव पश्चिम तर्फ फर्कदा पश्चिमको भुमि काटेर पुर्व तर्फ नदीले पटान गर्दा भारतिय भुमि सुरक्षित बन्दै गएको छ । ति भुमिमा बोट विरुवा हुर्कने,रुखहरुको बढदै जंगलको स्वरुप पनि बन्ने गरेको छ । तर सुक्ष्म रुपमा यो पनि नदीको माध्यमले भारतद्धारा गरिने भुमि विस्तार कै रुपमा महशुस गर्न सकिन्छ । यदी कुनै बेला तिनै ढिस्को कारण पुर्वमा खोलाजन्य पदार्थ ढुगाँ,गिट्टि र बालुवा थुप्रिदै जाने जग्गा र जंगलमा परिवर्तित हुदै जाने र पश्चिम तर्फ कटान गर्दै बाँध भत्किने अवस्था आयो भने, फेर नदी नियन्त्रणकै नाममा नेपाली किसानको भुमिमा थप नयाँ बाँधको आवश्यकता हुन जान्छ । जुन सबै भुमि नेपाली पक्षले नै ब्यहोर्नु पर्ने अवस्था आउन सक्छ । यसले सयौ किसान विस्तापनमा जान सक्ने अवस्था रहेको स्थानियबासीले पनि महशुस गर्न थालेका छन् ।

नदीको बाँध बलियो बनाउने कार्य गर्नै हुन्न भनेको पनि होईन,पुर्व प्रवतmा गुप्ताले भने,तर नदी विचको ढिस्को काटेर बाहिर झिकिदिए भने नदीको बिच भागमा नदीको गहिराई बन्छ । नदी च्यानलाईज पनि हुन्छ । यसले बाँध झन सुरक्षित पनि हुदै जान्छ । ढिस्कोको रुपमा थुप्रिएको ढुगाँ,गिट्टि र बालुवा पनि बैधानिक रुपमा उपयोगमा आउन सक्छ । पुर्वाधार निर्माणमा काम लाग्न सक्छ । राज्यलाई राजश्वको स्रोत बन्न सक्छ । उनका अनुसार स साना थुप्रै ढिस्काहरु भए पनि प्रमुख रुपमा ६ वटा ढिस्काहरु ठूलो क्षेत्रफलको रहेको छ । गुगल नक्साको प्रयोग गरि ति ढिस्काहरुको नाप लिदा क्रमशः उत्तरबाट पहिलो ढिस्का कुल १ सय ५० हेक्टर अर्थात ५.६५ बर्गकिलोमिटर क्षेत्रफल रहेकोछ । ति ढिस्कालाई कम्तीमा डेढ मिटर गहिरो बनाइयो भने त्यसबाट ८ हजार ४ सय ७५ घन मिटर खोलाजन्य समाग्रि निस्कन्छ । त्यसै गरि दोश्रो ढिस्को ४६ हेक्टर अर्थात ३.४१ बर्ग किलोमिटरको छ । त्यसमा पनि १ हजार १ सय १५ घनमिटर खोलाजन्य समाग्रि रहेको छ । तेश्रो ढिस्को पनि ६३.७५ हेक्टर अर्थात ४.३४ बर्गकिलोमिटरको छ । त्यसमा पनि ६ हजार ५ सय १० घनमिटर समाग्रि थुप्रिएको छ । चौथो ढिस्को ६४.५२ हेक्टर अर्थात ३.२३ बर्गमिटरको छ । त्यसमा पनि ४ हजार ६ सय ९५ घनमिटर खोलाजन्य समाग्रि रहेकोछ । पाँचौ ढिस्कोको क्षेत्रफल १ सय १६ दशमलव ३० हेक्टर अर्थात ४.९६ बर्गमिटरको रहेको छ । ति ढिस्कोमा पनि ७ हजार ४ सय ४० घनमिटर खानीजन्य पदार्थ रहेको छ । छैठौ ढिस्को ९९.४२ हेक्टर अर्थात ५.०२ वर्गमिटरकोछ । त्यसमा पनि ७ हजार ५ सय ३० घनमिटर गिट्टि बालुवा र डुगाँ रोडा जम्मा भएको छ ।
यसरी कुल ३९ हजार ७ सय ५० घनमिटर गिट्टि,बालुवा,ढुगाँ र रोडा रहेका छन् । हालको बजार भाउ अनुसार करिब तिन हजार प्रति घन मिटरको दरले ति समाग्रिहरुको बेच बिखन भई रहेको छ । जस्को अनुमानित मुल्य ११ करोड ९२ लाख ५० हजार अर्थात झण्डै १२ करोडको खोलाजन्य समाग्रि नदीमा ढिस्कोको रुपमा रहेको छ । जस्ले नदीको पानी बहावलाई अवरोध गरि बाँधमा क्षतिपुर्याउने कार्य गरिरहेको छ । बाँधमा पनि भारत सरकारले बर्षेनी करोड बढिको रकम खर्चने गरेको छ,नदीको गहिराई बढाउन सकियो भन्ने बाँधको उचाई बढाउन लागत घट्छ । बाँधमा हुने जोखिमलाई पनि घटाउछ । यसले भारत सरकार र नेपाल दुबै पक्षलाई फाईदा पुर्याउने प्रवतmा गुप्ताको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?