ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

‘महोत्सव सफल बनाउन सहकार्य आवश्यक छ’

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

बर्दघाट उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा कार्तिक ३० गते (आज) देखि मंसिर ११ गतेसम्म तेस्रो कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७५ बर्दघाटको चिसापानीमा सुरु हुँदैछ । ब्यापार मेलाको सन्दर्भमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेलाका संयोजक मिनराज शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

मिनराज शर्मा
अध्यक्ष तथा मेला संयोजक, बर्दघाट उद्योग वाणिज्य संघ, नवलपरासी

तेस्रो पटक मेलाको आयोजना गर्नु भएको छ । ब्यवशायी र सम्बन्धित सरोकारवालाहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीले तेस्रोपटक आयोजना गरेको मेला पूर्ण सफल हुन्छ भन्नेमा विश्वस्त रहेका छौँ । मैले यस्तो भनिरहँदा गतवर्षलाई पनि फर्केर हेर्न जरुरी छ । विगतका वर्षहरूमा केहि व्यवस्थापकिय कमजोरीहरू भएका थिए । हामीले क्रमिक सुधार गर्दै गइरहेका पनि छौँ ।
पहिलो वर्षको तुलनामा गत वर्ष निकै सफल भयो र यो वर्ष त्रुटिरहित तवरले मेला सम्पन्न हुनेछ भन्नेमा आशावादी छौँ । साथै हामीले स्थानिय ब्यवशायी, उद्योगी र स्थानिय अवलोकनकर्ताको सल्लाह सुझावलाई समेत मनन गर्दै सोहि अनुसार मेला आयोजना गर्दै आएका छौँ ।

स्थानीय ब्यवशायीलाई उपेक्षा गरियो भन्ने विगतका वर्षमा आरोप लागेको थियो ।यसवर्ष कसरी ब्यवस्थापन गर्नु भएको छ ?

हामीले आयोजना गरेको मेला महोत्वस सफल पार्न संघका सदस्य ब्यवशायी साथीहरूको सबैभन्दा ठूलो हात हुन्छ । आफ्नै सँस्थाले आयोजना गरेको महोत्सवमा स्थानिय ब्यवशायी र उद्योगीहरूको स्टलको लागि पहिलो प्राथमिकता दिएका छौँ । सबैलाई सबैले रोजेको स्टल त पक्कै पनि उपलब्ध गराउन गाह्रो हुन्छ तथापि हामीले निश्चित कोटा स्थानियको लागि छुट्याएर स्टल वितरण गरेका छौ ।

यसवर्षको मेलामा नयाँपन के रहेको छ ?
ब्यापार मेला महोत्सव भन्ने वित्तिकै उपभोग्य सामानको विक्रि, नयाँ उत्पादनको प्रदर्शनी, बालउद्यानको रमाइलो र सांगितिक माहौल नै हो तथापि हामीले यि कुराहरू सँगसँगै चिसापानी सामुदायिक वनसँग समन्वय गरेर ¥याफ्टीङ्ग बोटमा बोटिङ्गको सुविधा, (बल्छी खेल्ने) फिसिङ्गको ब्यवस्था गरेका छौ । हामीले गरेको मेला आयोजनाको उद्देश्य पर्यटन प्रवर्धन समेत हो । पर्यटन प्रवर्धनका लागि पर्यटन ब्यवशायीसँग समन्वय गरी नवलपरासीका धार्मिक तथा पर्यटकिय स्थलको भ्रमण गर्न चाहनेहरूको लागि भ्रमणको ब्यवस्था समेत मिलाएका छौँ । यो पटक पर्यटकिय स्थलको रूपमा रहेको संसारकोटबाट दृष्यावलोकनको ब्यवस्था समेत गरेका छौँ ।

स्थानीयस्तरका ब्यवशायी, ब्यापारी र उद्योगीहरू कसरी लाभान्वित भएका छन् ?
औद्योगिक हिसाबले बर्दघाट विकसित क्षेत्रको रूपमा पर्दैन । स्थानीयस्तरमा ठूला उद्योगहरू यहाँ छैनन र स्थानीयस्तरका उद्योगहरूको सहभागिता रहेको छैन तथापि यो मेलामा स्थानीय ब्यवशायी, साना उद्योग, हस्तकला, शिल्पकला र कृषिजन्य उपजको एकैठाँउमा प्रदर्शन गर्न पाउँदा भोलीका दिनमा ब्यवशाय विस्तारको सम्भावना रहेको छ ।
जारी मेलामा हामीले स्थानिय ब्यवशायीलाई प्राथमिकतामा राखेर स्टल उपलब्ध गराउँदा उहाँहरूको ब्यवशायमा वृद्धि भएको छ भने सँघका सदस्य ब्यवशायीलाई स्टलमा समेत २५ प्रतिशत छुटले स्थानीय ब्यवशायीको आकर्षण समेत बढेकोछ ।

कृषि पर्यटनको नारा राखी मेला आयोजना गर्ने तर कृषिलाई उपेक्षा गरियो भन्ने आरोप पनि छ नी ?
गतवर्ष हामीमा अनुभव नभएका कारण केहि कमजोरी पक्कै भएको हो त्यो कमजोरी संघले स्विकार्छ तर अहिले जारी मेलामा हामीले स्थानियलाई नै प्राथमिकतामा राखेका छौँ ।
हाम्रो यस बर्दघाट क्षेत्र कृषि क्षेत्रमा अग्रणी स्थानमा रहेको छ । कृषिकै लागि भनेर अधिकतम स्टलहरू पनि राखिएको छ । साथै कृषि क्षेत्रका कुनै पनि उत्कृष्ट उत्पादनलाई पुरस्कृत समेत गरेर उनीहरूको हौसला बढाउन पुरस्कारको समेत ब्यवस्था गरेका छौँ । सायद यो वर्ष कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कारण विगतमा लागेको आरोप यसवर्ष लाग्ने छैन ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
बर्दघाट ब्यापार मेला हामी सबैको साझा कार्यक्रम हो । बर्दघाट मेला सफल सम्पन्न गर्ने हामी सवैको दायित्व पनि हो । सबैको सहयोग र सदभावले तेस्रो पटक मेला सुरु भएको छ । मेला अवलोकन गरेर भएका कमीकमजोरी औल्याइ आगामी दिनको लागि मार्गनिर्देश गर्नुहुन र मेला सफल पार्न सहयोग गर्नुहुन सबैमा अनुरोध गर्न चाहान्छु साथसाथै मेला सफल पार्नको लागि ब्यवशायी, उद्योगी, अवलोकनकर्ता संचारमाध्यम, स्थानिय निकाय, सुरक्षा निकाय लगायत सबैले गर्नुभएको सहयोगको लागि धन्यवाद दिन चाहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?