ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

दर्शनको महत्व (सम्पादकीय)

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

आज विश्व दर्शन शास्त्र दिवस हो । सामान्य बोलीचालीमा दर्शन भनेको हेर्नु, देख्नु, उपस्थित हुनु आदिलाई जनाउँछ । आफ्ना मान्यजनलाई दर्शन हजूर भनेर उपस्थिति जनाउने चलन छ । दर्शन पदावलिलाई सामान्य बोलीचालीमा प्रयोग गर्ने अर्थमा यसरी बोलचाल गरिन्छ । तर, विधागत रूपमा दर्शन भनेको बस्तु, प्रकृति र समाजलाई बुझ्नु र बदल्नु हो । त्यहि विधालाई दर्शन शास्त्र भनिएको छ । हाम्रो समाजमा जति पनि धार्मिक मान्यताहरू छन् ती सबै दर्शन हुन् । दार्शनिकहरूले अघि सारेका मान्यताहरूलाई अबलम्बन गर्दै आउँदा त्यो धर्मको नाममा विकसित भएको हो । हामीहरूले शिवजीलाई देवाधिदेव, महादेव भनेर उनको पूजा अर्चना गर्छौं । वास्तवमा त्यो शैव दर्शन हो । उनले मानिसको सृष्टि कुनै अलौकिक तत्वबाट नभएर लिंग र यौनीको संसर्गबाट हुन्छ भन्ने मतलाई अघि सारिदिए । त्यसैले हामीले अहिले पनि शिवलिंग भनेर लिंग आकारको मूर्तिलाई पूजा गर्दै आएका छौँ । गौतम बुद्धले आफ्नो दर्शन अघि सारेका छन् जसलाई हामी बुद्ध दर्शन भन्ने गर्छौँ । गौतम बुद्धको दर्शनअनुसार ईश्वरलाई नमान्नु, कुनै पनि ग्रन्थलाई अन्तिम प्रमाण नमान्नु, आत्मालाई नित्य (पूर्व र पश्चजन्ममा आत्मा एउटै रहन्छ भन्ने कुरा) नमान्नु आदि उनका दार्शनिक मान्यताहरू हुन् । जुन बौद्ध दर्शनको रूपमा स्थापित छन् । यशु ख्रिष्ट, मुहम्मद पैगम्बर, जैन, बैष्णव, शिख, आदि सबैको मूल जरो दर्शन हो । दर्शनलाई पच्छाउँदै जाँदा त्यो कतै धर्म त कतै सम्प्रदाय, कतै वाद, कतै विचारधारामा विकसित हुन्छ ।
दर्शन शास्त्र यस्तो चिन्तन विज्ञान हो जसले समाज के हो, प्रकृति कसरी बन्यो, यसमा कुन कुन तत्वहरूको अवस्थिति छ, कुन चिजको सम्मृश्रणबाट कुन बस्तुको रूपमा रूपान्तरण हुन्छ त्यसको बैज्ञानिक आधारसहित समाजमा पस्कने काम गर्छ । कार्ल माक्र्सले सम्पूर्ण बस्तु परमाणु इकाईहरूको योग हो भनेका छन् । बस्तुमा उत्पादनशील र मरणशील दुई स्वभाव हुन्छन् । उत्पादनशीले मरणशीललाई निषेध गर्छ र अर्को बस्तुमा रूपान्तरण हुन्छ भन्ने मान्यता अघि सारे । जसलाई राजनीतिमा एकता, संघर्ष र रूपान्तरण भनियो । बैज्ञानिक समाजवादमा मानव समाज नपुग्दासम्म वर्ग संघर्ष जारी रहन्छ र बैज्ञानिक समाजवादमा पुगेपछि वर्ग संघर्षको अन्त्य हुन्छ भन्ने मत अघि सारे । भ्लादीमिर इल्यिच लेनिनले माक्र्सको दर्शनमा टेकेर समाजवाद लागू गर्दै मास्र्कवादी दर्शनलाई अझ परिपक्व तुल्याए । माओ त्से तुंगले यसलाई थप बिकसित गरे । भगवान श्री रजनिशले ओशो दर्शनको विकास गरे । अनेक कालखण्डमा विभिन्न विद्वानहरूले विभिन्न दार्शनिक मान्यताहरू अघि सार्दै आएका छन् । यो निरन्तर चलिरहने चिन्तन प्रणाली हो ।
हामीले आफूलाई जति नै स्वतन्त्र छौँ भन्ने गरे पनि यथार्थमा कुनै पनि बस्तु स्वतन्त्र हुँदैन । निरपेक्ष हुँदैन । त्यो सापेक्ष हुन्छ । कतै केही नगरी चानुमानु लाएर बस्छु भनियो भने पनि त्यो यथास्थितिवादको काखमा पुगेको मानिन्छ । हरेक मानिस एउटा न एउटा दर्शन, विचारधारामा बाँधिएको हुन्छ । हो, कसैले त्यसलाई बढी प्रकट गर्छन् । कसैले प्रकट गर्न जान्दैनन् । केही दशक पहिले हामी सामन्तवादी शासनको चंगुलमा थियौँ । सामन्तवाद मनु दर्शनमा अडिएको थियो । मनु दर्शन जसलाई मनुस्मृति पनि भनिन्छ त्यसले धार्मिक संबिधान जारी गरेर राजा, मन्त्री, चार वर्ण, ३६ जातमा मानिसलाई विभाजन गरेको थियो । कार्य विभाजन गरेको थियो । हिन्दु समाजमा मनु दर्शनले यस्तो गहिरोसम्म जरा गाडेको छ कि त्यसको विकल्प नदिँदासम्म मानिसले त्यो दर्शनलाई धर्मको रूपमा काँधमा बोकेर हिँड्ने निश्चित छ । दर्शन शास्त्रलाई अहिले विश्वविद्यालयहरूमा पढाइको विषय बनाइएको छ । दर्शन शास्त्रलाई फिलोसफी भनिन्छ । दार्शनिकहरूलाई फिलोसफर भनिन्छ । सबै दर्शन शास्त्र पढ्ने विद्यार्थीहरू फिलोसफर भने बन्न सक्तैनन् । तर, दर्शन शास्त्रलाई बस्तुलाई चिन्ने र बदल्ने विधाको रूपमा बुझ्नु भने जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?