ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

यमपञ्चक सुरु (सम्पादकीय)

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

आजदेखि यमपञ्चक शुरु भएको छ । किम्बदन्तीअनुसार मृतकका राजा भनिने यमराजलाई उनकी बहिनी यमुनाले निम्ता गरी दाजुलाई आफ्नो घरमा बोलाइन् । यमुनाको बस्तीमा उनको भब्य स्वागत गरियो । त्यहाँ प्रकृतिका हरेक बस्तुलाई मानिसहरूले पूजा गर्दारहेछन् । उत्पादनका बस्तु, जनावर, चराचुरु·ी सबैलाई मानिसलाई भन्दा अगाडी सम्मान, पूजा गरेको, खाना खान दिएको देखेपछि यमराज दंग परे । बहिनीले मिठा मिठा परिकार बनाएर खान दिइन् । देउसी भैलो गाएर नाचेर मनोरञ्जन दिइयो । जुवा खेलियो । सबैले भनेः यो यमराजको सम्मानमा गरिएको हो । उनी त्यहाँ पाँच दिन बस्नुप¥यो । अन्तिम दिनमा यमुनाले विभिन्न विधिअनुसार दाजुलाई टिका लगाइदिइन् । त्यो पाँच दिनलाई यमपञ्चक भनियो । यसरी शुरु भएको मान्यता हाम्रो समाजमा अहिले पनि रहिआएको छ । निकै मनोरम मौसम, सबै किसानका घरमा अनाज भित्राइएको बेला, धरतीमा अनेक प्रजातिका फूलहरू फुलेको बेला आउने तिहारले मानिसलाई बेग्लै रमाइलो प्रदान गर्दछ । यो मनोरञ्जनको हिसाबमा सबैभन्दा मीठो पर्व हो ।
तिहार बैश्यहरूको पर्व मानिन्छ । बैश्य भनेको बाणिज्यका ज्ञाता, उत्पादनकर्ता, उद्योगी, ब्यवसायी वर्ग हो । यी सबै गर्नको लागि उज्यालोको आवश्यकता हुन्छ । त्यसैले तिहारलाई उज्यालोको पर्व वा दीपावली पनि भनिन्छ । पैसाको आविष्कार सायद भइसकेको हुनुपर्छ । त्यसैले दीपावलीका दिन मानिसले लक्ष्मीको रूपम पैसा पुजन गर्दै आएको देख्न पाइन्छ । किसानहरूले गाईलाई लक्ष्मीको साक्षात मानेर पुजा गर्छन् । भोलिपल्ट गोवद्र्धनको पूजा गर्छन् । गाई गोरु र गोबर कृषिका आधारभूत आवश्यक अंग मानिएका छन् । काम त्यहि नै हुन्छ, तर, भैँसी भने पूजाको पंक्तिमा पर्दैन । बरु अनादिकाल देखि साथै रहेको प्राणी भनेर कुकुरलाई पूजा गरिन्छ । तिहारमा महिलाहरूले घरघरमा अनेकथरीका मिठामिठा रोटीहरू पकाउँछन् । भाइटिकाको दिनमा टिकाटालो गरेपछि दाजुभाइलाई रोटीका परिकारहरू खान दिन्छन् । दाजुभाइले दिदी बहिनीलाई पनि टिका लगाइदिएर दक्षिणा दिन्छन् । तिहारमा देउँसी भैलो खेल्ने पुरानो प्रचलन छ । यसरी नै यमपञ्चकभर मानिसहरू जुवातास पनि खेल्ने गरेको पाइन्छ । तिहारमा जुवा फुक्छ भन्ने पनि गरिन्छ ।
अहिले शहर बजारमा तिहारमा धेरैका घरमा रोटी पाक्न छाडेका छन् । रोटी पकाउनु कला र बस्तुको उपलब्धतामा भर पर्छ । शहर बजारमा बस्नेहरूसँग पहिलो कुरा समयको अभाव हुन्छ । दोस्रो कुरा सामाग्री हुँदैन । सीपको पनि अभाव हुन्छ । यस्तोमा विकल्प के त ? बजारमा बेच्न राखिएका मिष्ठान्नहरू नै रोटीको विकल्प बनेको हुन्छ । बजारमा बेच्न राखिएका यी बस्तुहरू देख्दा र खाँदा त राम्रै लाग्छ । तर, यिनले शरीरमा विभिन्न असर पार्ने सम्भावना रहन्छ । त्यसैले कुन मिठाइ कति खाने भनेर अड्कल गर्नु आवश्यक पर्छ । शहरबजारमा तिहारमा ब्यापक मात्रामा पटाकाहरू पड्काउने गरेको पाइन्छ । सरकारले पटाका पड्काउने, बेचबिखन र आयात गर्नेलाई कारबाही गरिने भनेर भन्दाभन्दै पनि अहिले देखि नै पटाका पड्काउन थालिसकिएको छ । ब्यापारीहरूले सरकारका आँखा छलेर पटाकाहरू भित्राइरहेका छन् । सरकारमा बसेका जिम्मेवार निकायले देखे पनि नदेखेजस्तो गरिरहेको छ । रातमा देउँसी भैलो खेल्न निषेध लगाउँदा लगाउँदै पनि साउण्डसिष्टमको चर्को बाजागाजा बजाएर देउँसी भैलो खेलिन्छ । रातमा खेल्न नदिनको लागि यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नु आवश्यक छ । यमपञ्चक सबैको लागि हर्षोल्लासमय होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?