ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

तिलौराकोटमा मायादेबी परिपथ

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

बुद्धस्थल तिलौराकोटको बिकासका लागी मायादेबी पैदल परिपथको योजना कार्यान्वयनमा जोड दिनुपर्ने कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बताएका छन् ।
“अतिथी देवो भव” भन्ने मुल नाराका साथ नेपाल पर्यटन पत्रकार महासंघले तौलिहवामा आयोजना गरेको एक हजार नयाँ गन्तब्य पहिचान र प्रबद्र्धन बिषयक जिल्ला साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बिचार व्यक्त गरे ।
सो अवसरमा बोल्दै मन्त्री खनालले लुम्बिनीको परिचय र बिकास बिश्व माझ पुगी सकेकाले तिलौराकोट र रामग्राम बिकासको लागि योजना बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । पर्यटन भित्राउनु मात्रै नभई पर्यटक टिकाउने बातावरणका लागि योजना बनाउन आवश्यक रहेकोमा उनले जोड दिए । मायादेबी पैदल परिपथको योजनामा तिलौराकोटको पुर्वीद्वार बाट लुम्बिनीको पश्चिमद्वार जोड्ने पैदल परिपथ बनाउने योजना रहेको उनले जानकारी दिए । सो परिपथको ५÷५ सय दाया बायाँको क्षेत्रलाई एग्रो टुरिजमको रूपमा बिकास गर्ने, बीचमा ग्रेटवाल ढाँचाको आधुनिक संरचना निर्माण गरि दाया साईडमा लाखौं बुद्धका साना साना मूर्ति र बायाँ साईडमा लाखौं माने घुमाउँदै पर्यटक हिँडन मिल्ने योजना प्रस्तुत गरे । करिब ३० किलोमिटरको सो संरचनाले एक दिन पर्यटक टिक्ने बातावरण बन्ने उनले तर्क दिए ।

सो परिपथ तिलौराकोटको पुर्वीद्वार, सगरहवा, निग्लिहवा, अरौराकोट, पतरिया हुँदै लुम्बिनीको पश्चिमीद्वारमा पुग्ने उनले बताए । त्यसै गरि लुम्बिनीबाट दक्षिण हँुदै बिढुवा, सिसहनियाकोट, गोटिहवा, कुदान देखि बाणगंगाको किनार हँुदै पश्चिमीद्वारमा जोडिने उनले बताए ।
गौतम बुद्धका पिता राजा शुद्धोधनको राजदरबार रहेको बुद्धस्थल तिलौराकोटको बिकासका लागि पैदल परिपथको योजना ल्याउन खोजे पनि तिलौराकोटलाई पछाडी पार्न खोजिएको भन्दै उनले गुनासो गरे । सो योजनाको डिपीआर निर्माणका लागि २ करोड बढि रकम चाहिने भएपनि ५० लाख मात्रै बिनीयोजन गरिएको र भौतिक योजना मन्त्री रधुबिर महासेठ सँग पहल गर्दा बल्लबल्ल १ करोड मात्रै थप भएको उनले बताए । “पोखरा तिर २, ४ अर्ब गएछ । यता कम से कम १ करोड फालिदिएको भए पनि हुन्थ्यो भनेको ल ल मिलाउला भन्नु भएको छ ।” पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई लक्षित गर्दै मन्त्री खनालले भने । पर्यटन प्रबद्र्धनका लागी भएका स्थलको बिकाससँगै पर्यटक टिक्ने पुर्वाधार बिकासका लागी लाग्नु पर्नेमा उनको जोड् थियो । तिलौराकोटमा बढि पर्यटक भित्राउने लक्ष्य पुरा गर्न चाकलचौडा नाकालाई ठूलो भंसारको रूपमा स्तरोन्नती गर्न आवश्यक रहेको उनले जानकारी दिए । सो भंसारको स्तरोन्नती गर्ने योजना पुरा भए भारतका बिभिन्न बुद्ध साईटमा आउने पर्यटक नेपाल भित्रिने बातावरण तयार हुने उनले जनाए । नेपाल आउने पर्यटकलाई सहजताका लागी चाकलचौडा, पिपरा हुदै बिक्रमसोता सम्म फोरलेन सडक तथा त्यहाँबाट गुणीतरीय दुईलेनको सडक सुपादेउराली, घुम्ति हुदै रिडी पु¥याएर कालिगण्डकी कोरिडोरमा जोडन सकिने उनको भनाइ थियो । सो अवसरमा एक हजार नयाँ गन्तब्य पहचिानका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धनीराम शर्माले देशको कुल ग्राहस्त उत्पादनमा ७ दशमलब ५ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेको जनाउदै सन २०२० मा ३० लाख पर्यटन भित्राएर पर्यटनको ग्राहस्त उत्पादनको योगदानलाई २५ प्रतिशत पु¥याउने लक्ष्य पुरा गर्न १ हजार नयाँ गन्तब्यको पहिचानमा आफुहरू लागेको जनाए ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरू बिष्णु पन्थी, सहसराम यादव, धर्मबहादुरलाल श्रीवास्तब, प्रजिअ अर्जुन प्रसाद पोख्रेल र शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले हाल सम्म भएका पर्यटकिय गन्तब्यको सहि व्यवस्थापन गर्न तथा नयाँ गन्तब्यको खोजी गर्न आवश्यक रहेकोमा जोड दिए । महासंघ केन्द्रिय सदस्य सन्तोष बस्यालको सञ्चालन तथा प्रदेश कोषाध्यक्ष भुपाल थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?