ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

गौतमबुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडानको भाखा मार्चमा पुग्यो

२६ माघ २०७९, बिहीबार
२६ माघ २०७९, बिहीबार

बुटवल, २६ माघ । गौतमबुद्ध विमानस्थलमा डेढ महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय उडानकोे भाखा सरेको स¥यौ छ । गत डिसेम्बर २१ मा जजिराले र तयो भन्दा अघि १६ डिसेम्बरमा हिमालय एअरलाइन्सले मौसमको खराबी देखाउंदै अन्तर्राष्ट्रिय उडान बन्द गरेका थिए । जजिराले फेब्रुअरी २ तारिखबाट उडान सुचारु गर्ने बताएको विमानस्थल व्यवस्थापनले सञ्चारमाध्यमलाई बताउंदै आएको थियो तर उक्त भाखा बितेको पनि एक हप्ता पुग्यो । मौसम पनि सफा भइसकेको छ अहिले तर उडान सुचारु भएको छैन ।

अहिले आएर जजिराले फेरि मार्चदेखि उडान हुने आश्वासन दिएको विमानस्थल आयोजनाका प्रवक्ता सुवास झाले बताए । २०७९ जेठ २ गते बुद्धपूर्णिमाका दिन भव्य कार्यक्रमबीच विमानस्थल शुभारम्भ गरिएको थियो । नेपालमै अन्तर्राष्ट्रिय उडान हुने दोस्रो विमानस्थल भैरहवामा सञ्चालनमा आउँदा लुम्बिनीमा मात्रै होइन, देशव्यापी उत्साह थियो। किनकि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को त्यस्तै विमानस्थल बनेको थियो। तर गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय हवाई उडानको यात्रा भने ७ महिना नबित्दै रोकिएपछि उत्साह निराशामा परिणत भएको छ।

जजिराले सुरुमा हप्ताको तीन दिन गर्दै दैनिक उडान गरेको थियो। यात्रुको संख्या कम भएपछि हप्तामा तीन दिनमै सीमित भएको थियो। पुस ६ गतेदेखि हुुस्सुको कारण देखाउँदै उडान रोकेको थियो ।
गौतमबुुद्ध विमानस्थलमा प्रायः रोजगारीमा जानेहरूले नै प्रयोग गर्ने गरेकाले यहाँ श्रम स्वीकृति, भिसा सेन्टर, स्वास्थ्य उपचार जस्ता प्राविधिक समस्या छ। ‘भिसा प्रक्रियाका लागि भोग्नुपरेको झन्झटका कारण यात्रुको संख्या कम हुने हुँदा पनि समस्या भएको जानकारहरु बताउंछन् । श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कार्यालय, म्यानपावर लगायतका निकाय यहाँ नहुँदा पनि हवाई उडानमा समस्या देखापरेको हो।

त्यस्तै विमानस्थल नजिकै रहेको भन्सार कार्यालय र अन्य विमानस्थलसँग सम्बन्धित निकाय र कार्यालयले समेत सेवा प्रवाह काठमाडौँबाट भैरहवा ल्याउन हिचकिचाउँदा पनि विमानस्थल सञ्चालनमा कठिनाइ भइरहेको छ।

प्राविधिक उपकरण सञ्चालन नहुँदा पनि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुुवास झाले जानकारी दिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ।

तर भारतले आफ्नो आकाश प्रयोग गर्न नदिँदा पनि विमानस्थलको प्रयोगमा एयरलायन्सहरूको अरुचि बढेको हो। भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिन मानिरहेको छैन।

भैरहवा तथा यस आसपासको ‘भिजिबिलिटी’ २०० मिटर हाराहारीमा रहने गरेको छ। घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ। विमानस्थलमा जडित आईएलएस ९उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली० सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो।

आईएलएस एक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। अरू बेला १ हजार ५०० मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा ८०० मिटरसम्मको भिजिबिलिटीमा हवाईजहाज अवतरण गराउन सकिने प्रवक्ता झाले बताए।

विमानस्थल क्याट(२ का लागि पनि तयार गर्न सक्ने गरी लगानी गरिएको छ। पछि क्याट(२ मा लैजान सहज होस् भन्ने उद्देश्यले सो सम्बन्धी केही उपकरण तथा बत्ती जडान गरिसकिएको छ।

विमानस्थलमा अवतरण प्रणाली रहे पनि यो उपयोगमा आउन सकेको छैन। यसको प्रयोगमा भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकाले भारतको स्वीकृति आवश्यक परेको हो।

यो आकाश प्रयोग गर्ने अनुमतिका लागि उच्चस्तरीय तहबाट संवाद गरेर निकास निकाल्नुपर्नेछ।

अहिले मौसम सफा भए पनि यात्रु र अन्य कारणले एयरलायन्सहरूले उडानका लागि इच्छा देखाएका छैनन्। ‘फेब्रुअरीबाट उडान हुने भन्ने थियो, तर अझै पनि एयरलायन्सले चलाउन नसक्ने खबर गरेका छन’, प्रवक्ता झाले भने, ‘मार्च पहिलो सातासम्म चल्छ कि भन्ने छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ। प्रवक्ता झाका अनुसार विमानस्थल फुलफेजमा सञ्चालन नहुँदै उडान रोकिएकाले महिनाको ३० लाखसम्म विमानस्थल घाटा लागेको छ। अन्तर्राष्ट्रिय उडान नहुँदा घरेलु विमानस्थलको आम्दानीले खर्च मेन्टन गर्नुपरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?