ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

स्वर्गद्वारीमा १० हजारले घटे पर्यटक

७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

प्युठान, ०७ भदौ ।
पवित्र धार्मिक तीर्थस्थलका रूपमा रहेको स्वर्गद्वारी दर्शन गर्ने पर्यटकको सङ्ख्या झण्डै दश हजारले घटेका छन् । गत वर्षको साउनको तुलनामा यस वर्षको साउनको सङ्ख्या हेर्दा सो तथ्यांक भेटिएको हो ।
स्वर्गद्वारी आश्रम स्थित इलाका प्रहरी कार्यालय खालले तथ्याङ्क राख्दै आएको छ । प्रहरीको तथ्याङ्क अनुसार चालु वर्षको साउनमा नेपाली र भारतीय पर्यटक गरी चौतिस हजार चार सय ७ जना पर्यटक स्वर्गद्वारीमा आएका छन् । ती मध्ये उन्तीस हजार ४ सय ६६ भारतीय र चार हजार ९ सय ४१ नेपाली रहेका छन् । गत वर्षको साउनमा चौवालिस हजार एक सय २२ जना पर्यटक आएको तथ्याङ्क रहेको प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक टोप बहादुर गिरीले जानकारी दिए । दुई वर्षको तथ्याङ्क अनुसार चालु वर्षको साउन महिनामा नौ हजार सात सय पन्ध्र जना पर्यटक घटेको देखिन्छ । गत वर्षको साउनमा पैतीस हजार ३ सय ३७ जना भारतीय र आठ हजार ७ सय ८५ जना नेपाली रहेका छन् । तथ्याङ्क अनुसार गत वर्षको साउनको तुलनमा झण्डै दोव्वरले नेपाली पर्यटक घटेका हुन् ।

दाङको घोराही र भालुवाङ देखि स्वर्गद्वारी पुग्न सकिन्छ । बढी सङ्ख्यामा पर्यटकहरूले यात्रा भालुवाङ–चकचकेबाट गर्ने गर्दछन् । पछिल्लो समयमा महेन्द्र राजमार्ग जोड्ने भालुवाङ–प्युठान सडकमा समस्या देखिएको छ । सडक समस्याका कारण पर्यटक घटेको स्थानीय विष्णु खनालले बताए । ‘आवास, शौचालय समस्या त छदैछ, सडक मुख्य समस्या देखिएको छ ’ खनालले भने, ‘पर्यटकीय आकर्षणको लागि कुनै पनि सरकारले ध्यान दिन सकेन ।’ सडक अभावमा पर्यटकहरूले पैदल यात्रा गर्न बाध्य हुनु परेकोले आकर्षण घटेको उनको भनाइ छ ।

प्युठानको भालुवाङ–प्युठान सडक पटक पटक बन्द हुँदा पर्यटकहरू अलपत्र पर्ने समस्या झेल्दै आएका छन् । बाटो पार गरी भिंग्रीबाट माथि उक्लने क्रममा पुनः साँघुरो सडक, बिग्रेको सडकका कारण गाडीबाट उक्लेर धकेल्ने, त्रसित हुनु पर्ने समस्या भइरहेको छ ।
स्वर्गद्वारी आश्रमका प्रमुख कोठरी ताम प्रसाद न्यौपानेले सडक समस्यासँगै यस महिना चार वटा मात्रै सोमबार परेकोले समेत कमी भएको दाबी गर्दछ । ‘पाँच वटा सामेबार नभएकोले पर्यटक घटे, सडक समस्या पनि छ’ न्यौपानेले भने ।

स्वर्गद्वारीमा स्वर्गद्वारीमा वैशाखे पूर्णिमा र कार्तिकको पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । हिन्दु धर्मालम्वी साउनको महिनालाई पूजाआजा तथा मन्दिर दर्शनको महिनाका रूपमा स्वर्गद्वारी पुग्ने गर्दछन् । वार्षिकरूपमा तथ्याङ्क हेर्दा २०८० मा एक लाख अठार हजार ४ सय ३२ नेपाली, एक लाख छब्बीस हजार ६ सय ४६ भारतीय र एक चिनिया गरी दुई लाख ४५ हजार ७९ जनाले स्वर्गद्वारी दर्शन गरेका थिए । चालु २०८१ सालको चार महिनाको तथ्याङ्क अनुसार त्रियासी हजार ८ सय ९६ भारतीय, बत्तिस हजार ४ सय ४५ नेपाली गरी एक लाख सोह्र हजार ३ सय ४१ जना स्वर्गद्वारी आएका छन् ।
स्वर्गद्वारीमा पर्यटकको वृद्धिका लागि स्तरीय सडक पूर्वाधार, प्रर्याप्त आवास गृह, खानेपानीको प्रर्याप्त उपलब्धता, शौचालयको व्यवस्थापनमा ध्यान दिनु पर्ने स्थानीयहरू बताउँछन् । पूर्वाधार विकासका लागि स्थानीय सरकार, प्रदेश सरकारले ध्यान दिई व्यवस्थापन गर्न सके पर्यटनको आकर्षण थप्न सकिने उनीहरूको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?