ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

बुटवल गुलजार गर्न रात्रिकालिन बजार जरुरी छ ।–प्रजिअ अर्याल

युवा ब्यवसायी अर्जुन थापाले संचालन गरेको होटल हाईल्याड प्रालिमा रेष्टुरेन्ट सुविधा थपगरि आईतबारदेखी औपचारिक संचालन
३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

बुटवल, ३० भदौ । बुटवल बजारलाई चलायमान बनाउन रात्रिकालिन बजार चलाउनुपर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन । आईतबार बुटवल कालिकानगरस्थित होटल हाईल्याड प्रालिको रेष्टुरेन्ट शुभारम्भ गर्दै उनले पर्यटन नै आर्थिक विकासको आधार भएको समेत बताए । पछिल्लोसमय धेरै होटल ब्यवसायीहरु रात्रीकालिन सेवा दिने गरि पूर्वाधार विकास गर्दै गएको र क्षेत्र तोकेर रात्रीकालिन चलाउन सकिने सम्भावना समेत रहेको उनले बताए । युवा ब्यवसायी अर्जुन थापाले ६ वर्ष अघि लिजमा लिएर सो होटल शुरुवात गरेका थिए । जागिरसंगै ब्यवसायमा लागेको उनि यस क्षेत्रमा धेरै उतारचढावहरु ब्यहोरेको बताए । होटलमा १४ वटा एसि रुम, ७ ननएसी एटेज गरि २१ वटा रुमहरुसंगै ब्यवस्थित रेष्टुरेन्ट समेत थप गरिएको उनले बताए ।

कार्यक्रममा रुपन्देही होटल ब्यवसायी संघका सल्लाहकार माधव प्रसाद नेपालले पर्यटनबाट आर्थिक विकासको सम्भावना हुदाहुदै पनि धेरै गर्न नसकिएको भन्दै अब सरोकारवालाहरु यस विषयमा जाग्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक विष्णु बस्नेतले बुटवल जस्तो शहरलाई सुरक्षा दिने गरि प्रतिवद्घता जनाए । आम नागरिकको सुरक्षा, कानुनी अडचनको बारेमा समेत सचेत भएर आफ्नो ब्यवसाय संचालन गर्नुपर्ने बताए । होटलमा आधारभुत आवश्यकतालाई पुरा गर्न उनले सुझाव दिदै ब्यवसायिकसंगै सभ्यताको शहरको रुपमा चिनाउने गरि अघि बढाउन सबैको साथ जरुरी रहेको बताए ।

कार्यक्रममा वडा नं १०, सत्यसाई भैरव टोल विकास संस्थाका अध्यक्ष राजु पौडेलले होटल ब्यवसायबाट टोलमा कुनै प्रकारको समस्या नभएको भन्दै बरु उल्टो टोलको विकासमा सधै सहकार्य भएको बताए ।

कार्यक्रममा नेपाल होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, रुपन्देही होटल ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिलवाल, संघका सदस्य केशवराज पाण्डे, होटल संचालक पुष्पा थापाले सेवामुलक उद्योगका रुपमा रहेको होटलमा धेरै कठिनाईहरु रहेको भन्दै तिन तहकै सरकारबाट पर्यटनमैत्री नीतिमार्फत सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?