ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रेसुङ्गा पार्कले तान्दै पर्यटक

पार्क सञ्चालनमा आएको छ महिनाको अबधिमा रेसुङ्गा पार्कमा करिब एक्काईस हजारले भ्रमण गरिसकेका छन् । निर्माण सम्पन्न भएको छोटो अबधिमै रेसुङ्गा पार्क आन्तरिक पर्यटकहरूका लागि राम्रो गन्तव्य स्थान बनेको छ ।
७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

गुल्मी, ०७ भदौ ।
गुल्मीको सदरमुकाम तम्घास नजिकै गर्जुरामा रहेको रेसुङ्गा पार्कमा यतिबेला आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै जान थालेको छ । धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा पार्क निर्माण भएसँगै त्यहाँ घुम्न जाने पर्यटकहरूको संख्यामा पनि बृद्धि हुँदै गएको हो ।
गर्जुरा क्षेत्रबाट देखिने सुन्दर हिमश्रृङखलाहरू र मनमोहक रमणीय वनजङ्गलले त्यहाँ पुग्ने जोकोही पर्यटकहरूको मन लोभ्याई रहन्छ । पार्कमा निर्माण गरिएको वाल उद्यान बालबालिकाहरूको लागि मुख्य आकर्षकको केन्द्र बनेको छ । पार्कमा निर्माण गरिएका झुला, पानी पोखरी, भ्यूटावर र पिङ्मा युवादेखि बृद्धबृद्धासम्म रमाई रहन्छन ।

पार्क सञ्चालनमा आएको छ महिनाको अबधिमा रेसुङ्गा पार्कमा एक्काईस हजार नागरिकले भ्रमण गरिसकेका छन । निर्माण सम्पन्न भएको छोटो अबधिमै रेसुङ्गा पार्क आन्तरिक पर्यटकहरूका लागि राम्रो गन्तव्य स्थान बनेको छ । पार्क सञ्चालनमा आएको छ महिनाको छोटो अवधिमै सोँचे भन्दा धेरै मानिसहरूले भ्रमण गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।

आर्थिक बर्षको फागुन महिनादेखि पार्क सञ्चालनमा आएकोे थियो । पार्क सञ्चालनमा आएपछि नगरपालिकाले झण्डै ८ लाख रूपैयाँ राजस्व सङ्कलन गरिसकेको प्रशासकिय अधिकृत पल्लीले जानकारी दिए । उनले गत फागुनदेखि असार महिनासम्म अठार हजार र साउन महिनामा तीन हजार गरि कुल २१ हजार आन्तरिक पर्यटकहरूले रेसुङ्गा पार्कको भ्रमण गरेको बताएका छन ।

रेसुङ्गा क्षेत्रलाई गुल्मीको पर्यटकीय हव बनाउन नगरपालिकाले गत वर्षदेखि “जाउँ हिड रेसुङ्गा” अभियान समेत सञ्चालन गरेको छ ।
यो अभियानसँगै पार्कमा घुम्न जानेहरूको संख्यामा बृद्धि हुँदै गएको हो । पार्कको ब्यवस्थापनका लागि नगरपालिकाले चार जना कर्मचारीहरू राखेर त्यसकोे रेखदेख गरिरहेको छ ।

पार्क भ्रमणका लागि रेसुङ्गा नगरपालिकाले बिदेशी नागरिकको हकमा १५०, सर्वसाधारण नागरिकको हकमा ५० रूपैयाँ र बिद्यार्थी तथा जेष्ठ नागरिकको हकमा २० रूपैयाँ शुल्क निर्धारण गरेको छ । सदरमुकाम तम्घासबाट तीन किलो मिटरको दूरीमा कालोपत्र सडकहुँदै रेसुङ्गा पार्कमा सजिलै पुग्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?