ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

सिकाई सुधार्न ‘शनिबारे पढाइ शिविर’

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

यस बर्षको साउन अन्तिम साता आफनै गाउँको बाल बिकासको भवनमा शुरु गरिएको “शनिबारे पढाइ शिविर” मा ७ बर्षिय सोनिया यादव खुसी खुसी पढन आउँछिन् । बिद्यालय बिदाको दिन शनिबार आफ्नै उमेरका १ देखि तिन कक्षाका साथीहरुसँगै खेलेर पढ्दा उनलाई औधी रमाइलो लाग्छ ।
उनी कहिले चित्र बनाउँछिन त कहिले गित गाउन खोज्छिन अनि कहिले कागजमा छुट्टा छुट्टै राखिएका शब्दलाई संयोजन गर्न सिक्छिन । उनी जस्तै उमेर समूहका कपिलवस्तु नगरपालिका १० तेनुवाको “शनिबारे पढाई शिविर” का बालबालिकाहरुले अहिले हास्दै खेल्दै सिकाईलाई निखारने स्थलको रुपमा बिकास भएको छ । बिदाका दिनमा सञ्चालन हुदै आएको शिविरमा सिक्दा बालबालिका टाठा हुन थाले पछि अभिभावक पनि दंग हुन थालेका छन् ।
शनिबारका दिन घुमफिर गर्ने बालबालिका शिविरमा जान थाले पछि पढाइ प्रतिको रुची बढाउदै लगेको अभिभावक चनरमती यादवले बताईन । “बोल्न, खेल्न र समूह कार्य गरि पठाईमा मन लगाउन थालेका छन् । छोरा छोरीको पढाई सुधारिएपछि खुसी लागेको छ ।” उनले भनिन । आफ्ना ८ बर्ष र ६ बर्षका दुई छोरा शिवीरमा गएर पढन सिकेको बताउँदै छोराहरुको पढाइको स्तर बृद्धि भएको अर्का अभिभावक राम अवतार चाईले बताए । “यस्ता उदाहरणीय गतिबिधिका लागी स्थानिय तह सँग पहल गर्ने तथा सामूहिक रुपमा सहयोग उठाएरै भए पनि शिविर निरन्तर सञ्चालनका लागी पहल गर्ने छौं ।” चाईले भने । शिविरमा अहिले २३ छात्रा र १२ छात्र गरि ३५ छात्रछात्रा अध्ययनरत छन । साताको शनिबार दुई घण्टा सम्म सञ्चालन हुने शिविरमा खेल, गित संगित, बिषयवस्तुको जानकारी, कथा बाचन, क्रियाकलाप, सामग्री बनाउने सिप र पुनरावलोकनको सात चरण अन्र्तगत सिकाईको स्तर बृद्धि गराईने गरेको शिविरका सहजकर्ता देवीराम कोहारले जानकारी दिए । साना बालबालिकालाई शब्द निर्माण, शब्द बिच्छेद र व्यन्जन बनाउने बिषयमा समेत सचेत गराईने गरेको उनले स्पष्ट पारे ।
सेभ द चिल्ड्रेनको सहयोगमा सनसाईन सामाजिक बिकास केन्द्रले स्पोन्सरसिप कार्यक्रम अन्तर्गत तीन बर्ष अबधीका लागी सो शिबिर सञ्चालनमा ल्याएको हो । परियोजना अन्र्तगत कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६, ९ र १० का १३ स्थानमा सो शिविर सञ्चालनमा ल्याइएको छ । बिगतका साबिकका १६ गाबिस सहित हाल जिल्लाभर १ सय २८ स्थानमा शिविर सञ्चालनमा रहेको सनसाईन संस्थाको स्पोन्सरसिप कार्यक्रमका कार्यक्रम सहायक गोपिकृष्ण श्रेष्ठले जानकारी दिए । “कार्यक्रमको उद्देश्य बालमैत्री शिक्षालाई प्रबद्र्धन गर्दै सिकाई उपलब्धीलाई बृद्धि गर्नु हो । ” श्रेष्ठले भने । कार्यक्रम अन्तर्गत शुरु गरिएको “शनिबारे पढाई शिविर” प्रभावकारी देखिएकाले कार्यक्रमको निरन्तरताका लागी पहल गरिने संस्थाका अध्यक्ष तुलसीराम यादवले जानकारी दिए । बालबालिकाको सिकाई उपलब्धीलाई प्रभावकारी बनाउनका लागी शिविरका बालबालिका बीच समय समयमा आन्तरिक प्रतिस्पर्धा मार्फत पुरस्कृत गर्ने नीति अबलम्बन गर्न आवश्यक रहेको कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता बताउँछिन् ।
शिविरको कार्यक्रमको प्रभावकारीता बुझन सिकाई उपलब्धी मापनमा जोड दिनु पर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यको सुझाव छ । कपिलवस्तु नगरपालिका १० स्थित तेनुहवाको बालविकास केन्द्रमा सञ्चालित “शनिबारे पढाई शिविर” ले बालबालिकाको सिकाई उपलब्ध िबृद्धि गरेको बताउँदै बालबिकासका भवनको स्तरोन्नतीको लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने नगर प्रमुख किरण सिंहले प्रतिबद्धता जनाए । “अभियानले बालबालिकाको सिकाई उपलब्धी बृद्धि भएको देखिएकाले बालबालिकालाई शिवीरमा आउने र टिकाउने बातावरण बनाउन सबैले ध्यान दिनु पर्छ । ” नगर प्रमुख किरण सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?