© २०२३
भारतको लखनउमा अंगे्रज फौज बिरुद्ध भएको सिपाही बिद्रोह दबाए बापत नेपाललाई प्राप्त भूमि मध्ये एक हो, नेपालगन्ज शहर । निकै पछि प्राप्त भएको बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लालाई अहिले पनि ‘नयाँ मुलुक’ भन्ने गरिन्छ । नयाँ मुलुक भित्रको जिल्ला भएका कारण नेपालगन्ज शहरको आफ्नै ऐतिहासिक बिशेषता छ । समय अनुसार नेपालगन्जले आफूलाई बदल्दै पश्चिम क्षेत्रकै आर्थिक नगरीको परिचय समेत दिलाउन खोजिरहेको छ । यतिबेला नेपालगन्जले अर्को परिचय पनि पाएको छ, त्यो हो हिन्दुहरूको आस्थाको केन्द्र कैलाश मानसरोवरको ‘ढोका’ । संसारकै हिन्दुहरूले भगवान शिवको बासस्थान मानिने मानसरोवरको एकपटक दर्शन गर्ने चाहाना राख्छन् । अति नै महŒव बोकेको कैलाश मानसरोवरको ‘गेट वे’ को रूपमा नेपालगन्जले आफ्नो परिचय बनाएको छ ।
चीनको तिब्बतमा रहेको मानसरोवर जानका लागि सबैभन्दा धेरै भारतीय तिर्थालु आउँछन् । तातोपानी नाका प्रयोग गर्दै आएका तिर्थालुहरू २०७२ सालमा भूकम्प आएर तातोपानी नाकामा अवरोध भएपछि त्यसपछिको सबैभन्दा छोटो रुट मानिने नेपालगन्ज हुम्लालाई उपयोग गर्न लागे । त्यसपछि नेपालगन्ज कैलाश मानसरोवर दर्शनको ढोका बन्न पायो । कैलाश दर्शन गर्न आउने सामान्य नागरिकदेखि भिभिआईपी तिर्थालुसम्मले नेपालगन्जको भूमि नटेकी सुखै छैन । ‘नेपालगन्जले पाएको सबैभन्दा ठूलो अवसर हो,’— नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने,—‘मानसरोवरको गेट वे बनेपछि यसले बिभिन्न क्षेत्रमा फाईदा पु¥याएको छ ।’
मानसरोवरको गेटवेले नेपालगन्जलाई बिदेशमा चिनाउन सहयोग त गरेको छ नै आर्थिक पक्ष समेत बलियो बनाउन सहयोग गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । कैलाश दर्शन गर्नेहरूकै कारण नेपालगन्जमा तारे होटलहरू खुलिरहेका छन् भने हवाई क्षेत्रमा राम्रै आम्दानी भइरहेको छ । नेपालगन्जदेखि हुम्ला र त्यसपछि तिब्बतको कैलाश मानसरोवार रुट पर्छ त्यसक्षेत्रमा हेलिकप्टर, हवाईजहाज र होटल क्षेत्रमा राम्रै लगानी भएको छ भने आम्दानी पनि बढ्दै छ । ‘नेपालगन्जको आर्थिक क्षेत्र चलायमान बनाउनका लागि मानसरोवरको ट्रान्जिटले महŒवपूर्ण भुमिका खेलेको छ ।’ नेपाल होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने,—‘यसैलाई लक्षित गरी करोडौंको लगानीमा अहिले धमाधम होटल खुलिरहेका छन् ।’
कैलाश मानसरोवर रुटका कारण नेपालगन्जमा भारतीय राजनीतिज्ञ, कलाकार जस्ता भिआईपीको आवागमन सामान्य जस्तै बन्ने कुराले पनि यसको महत्व दर्शाउँछ । पछिल्लो समयमा कुनै न कुनै महिना भारतीय भिआईपीहरूले नेपालगन्जको भुमि टेकेका छन् । नेपालगन्जमा रात बिताएर राँझा बिमानस्थल हुँदै हुम्ला पुगेका छन् । अनि त्यहाँबाट मानसरोवर । भदौमा भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाण्डौं हुँदै कैलाश दर्शन गर्न पुगे । त्यसको चर्चामा थियो, नेपालगन्ज । उनी नेपालगन्ज रुट पारेर कैलाश दर्शन गर्ने बिषयले भारतीय सन्चारमाध्यम छाएको थियो । तर उनी पछि काठमाडौं हुँदै कैलाश पुगे । त्यसअघि भारतीय चर्चित अभिनेत्री जुहि चावला, नेता तथा कलाकार नवोजित सिद्धु, भारतीय योग गुरु रामदेव यही बाटो भएर कैलाश दर्शन गरिसकेका छन् । ‘टुरिजम प्रर्वधनमा कैलाशले नेपालगन्जलाई ठूलो सहयोग गरेको छ ।’—नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले भने,—‘अब यसलाई दिगो बनाउन जरुरी छ ।’ हालै मात्र नेपालगन्ज— दिल्ली सिधा हवाई उडान गर्ने बिषयले पनि चर्चा पाएको छ । त्यसो हुन सके कैलाश मानसरोवार आउने तिर्थयात्रुहरूलाई अझै सहज हुनेछ ।
तस्वीरमा: जुहि चावलालाई नेपालगन्जमा सम्मान गर्दै सामाजिक अभियन्ता भोजराज शर्मा र कल्पना खड्का ।