© २०२३
राउटे समुदायका युवा २८ वर्षीय दिपक शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले आयोजना गरेको कृषी तथा सांस्कृतिक महोत्सब २०७५ मा आफ्नो ¥याली सहित प्रस्तुति दिन आए तर उनलाई मेलामा दिने प्रस्तुती भन्दा मेलामा खेलिने पिङ् र रेलतिर ध्यान भयो ।
उनलाई त्यो रेल नखेली मनले मानेन र रेल खेल्न गए । त्यो भन्दा पहिले कहिल्यै मेलामा त्यसरी रेल नखेलेका दिपकलाई एकदमै रमाइलो लाग्यो । २३ वर्षीय गाजली शाहीलाई पनि मेलामा रेल खेल्दा रमाईलो लाग्यो । उनीहरूमात्रै होईन राउटे समुदायका करिब ५० जना जती युवा युवती र बृद्धहरू रेल र पिङ्मा लाईन लागे ।
मेला आयोजकलाई उनीहरूको ईच्छा पुरा नगरी सुखै भएन । मेलामा राउटे समुदायका मानिसहरूलाई आफ्नो प्रस्तुती देखाउनु भन्दा पनि पिङ् र रेल खेल्नेको रन्को भयो । पछिल्लो समय राउटे समुदायका मानिसहरू मनोरञ्जन लिने कुरामा र खानपानमा परिवर्तन गर्ने गरेको पाइन्छ ।
विभिन्न समुदायको संस्कृति झल्काउन र बौद्ध श्रवण निर्माणका लागी आर्थिक संकलन गर्नको लागि मेलाको आयोजना गरिएको मेला प्रचारप्रसार समितिका संयोजक मिलन श्रेष्ठले बताए । मेलामा २ सय ५० स्टल रहेका छन् ।
टिकट दर करिब ३० देखि ५० रूपैयाँ प्रतिव्यक्ति रहने श्रेष्ठले जानकारी दिए । मेलामा विभिन्न जाती तथा समुदायको संस्कृती झल्कने खालको सामग्री तथा परिकारहरूको स्टलहरू राखिएको छ । कार्यक्रमका बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले सबै जातजाती मिलेर कर्णालीको विकास गर्नुपर्ने बताए ।
उनले भने–‘कर्णाली प्रदेशमा सबै जाती भाषा र संस्कृतीका मानिसहरू मिलेर पर्यटन विकास गर्नुु जरुरी छ । जसको लागि सबै एकजुुट भएर अगाडि बढ्नु आवश्यक छ । उनले थपे ‘कर्णाली प्रदेशका थुप्रै पर्यटकिय स्थलहरू को विकास गर्न सके कर्णालीमा आर्थिक सम्बृृद्धि आउँछ । पर्यटन विकासमा सकारले मात्रै प्रयास गरेर पुग्दैन त्यसमा सबै निजी तथा सरोकारवाला निकायहरू लाग्नु जरुरी छ ।’ कर्णाली प्रदेश सरकारले नीति बनाउने र बजेट दिने कुरामा कुनै कन्जुस्याइँ नगर्ने समेत मन्त्री बुढाले बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती मगरले धर्मका नाममा राज्य कुनैपनि हालतले नहुने भन्दै राज्य सबैको अभिभावक भएको बताइन्् । मेला आगामी १५ गते सम्म सञ्चालन हुनेछ । à