© २०२३
आजभोलि मोबाइल र इन्टरनेट मानिसको पर्याय बनेको छ । ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु नै मानिएका छन् । तर, यसको सही सदुपयोग भएको छ कि दुरूपयोग गरिएको छ यसको खोज अनुसन्धान हुनु जरुरी छ । खासगरी शहर बजारमा अधिकांशका घरमा इण्टरनेट जोडिएका छन् । मोवाइल खल्तीमा नहुने त मानिस नै हुँदैन । साना बाबुनानीलाई फुलाउन पनि आमाहरूले हातमा मोबाइल थमाइदिन्छन् । मोबाइल पाएपछि बालबालिका रोएका छन् भने चुप लाग्छन् । खाना खान मानेका छैनन् भने खाना खान शुरु गर्छन् । दुई बर्षको भएको छैन, बाबुआमाले फेसबुक अकाउण्ट खोलिदिएका हुन्छन् । फेसबुक चलाउन सिकाइरहेका हुन्छन् । आमा बाबुले नै बालबालिकालाई इण्टरनेटभित्र छिराइरहेका छन् । तर, तिनको ठीक तवरले उपयोग नगर्दा बालबालिकामा लत बस्ने खतरा हुन्छ । बालबालिका जब इण्टनेटभित्र छिर्छन् तब उनीहरूको लागि नै लहलहैमा लागेर झगडा गरेर पनि आर्थिक हैसियत नभएका मानिसलाई पनि घरमा इण्टरनेट जोड्नुपर्ने आवश्यकता बढ्दै गएको छ । महिना दिनलाई रासन पुग्ने पैसा इण्टरनेटमा खर्च गर्न बाध्य हुनुपर्छ । यसको लत कलिलै उमेरमा लाग्यो भने त्यो कति प्रत्युत्पादक हुन्छ भन्ने कुरा सबै अभिभावकले महशुस गरेका छन् । उमेर पुगेका बच्चाले पनि घरको काम छुँदै नछुनु, पढाइमा ध्यान नदिनु, झगडा गर्नुजस्ता समस्या सबैले ब्यहोरेका छन् ।
फेसबुक १३ वर्षभन्दा कमको बालबालिकाले चलाउन पाउँदैन । तर फेसबुक फेसन र फोटो देखाउने रूपमा पनि साना बालबालिकाको फेसबुक अकाउन्ट बनाएर चलाइरहका हुन्छन् । जानेका अभिभावकले बालबालिकाले कुन साइट हेर्दैछन् त्यो हेर्न जरुरी छ । उनीहरूले आवश्यक कुरा हेरेका छन् वा अनावश्यक चिज हेरेका छन् त्यसमा निगरानी राख्दै के हे¥यौ र के सिक्यौ भन्ने प्रश्न सोध्नुपर्छ । इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ध्यान दिई सेफनेट नामक सुरक्षित सेवाको सुरुवात गरेको छ । अभिभावकले पनि आफुले मोबाइल वा ल्यापटप चलाउँदा विचार पु¥याउनुपर्छ । बालबालिकालाई पढ् भनेर गाली गर्ने र आफू भने इन्टरनेट चलाएर बस्ने गर्नुहुँदैन । अनलाइन इन्टरनेटबारे ज्ञान हुन आवश्यक पर्छ । बालबालिकाले विभिन्न वेबसाइटमा के हेर्ने भन्नेबारे ज्ञान लिनुपर्छ । उनीहरू सँगै बसेर साइट अवलोकन गर्नुपर्छ । इन्टरनेट चलाउने समय र नियमहरू बनाइदिनुपर्छ र त्यो आफूमा पनि लागु गर्नुपर्छ । विद्यालयहरूले पनि बिद्यार्थीलाई यो कुरा सिकाउनु जरुरी हुन्छ । हरदम स्क्रिनमा आँखा लगेका बालबालिकाहरूका आँखामा कमजोरी आउने समस्या अहिले निकै देखा परेको छ । त्यसमाथि एयरफोन प्रयोग गर्दा श्रबणशक्ति गुम्ने सम्भावना बढी हुन्छ । एकछिन् हेर्न नपाउँदा रिसाउने, झगडा गर्ने, रुने, अन्यत्र ध्यान नदिनेजस्ता समस्याहरू बृद्धि भइरहेका छन् ।
फेसबुक वा युट्युब सञ्चालन गर्नेहरूले कति उमेरमा साइट खोल्न पाउने त्यो निर्धारण गर्नु जरुरी छ । उमेर नपुगेका बालबालिकालाई फेसबुक खोल्न दिइनु हुँदैन । यसमा उमेर किटानी गर्नु जरुरी हुन्छ । विश्वभरी नै बालबालिकाहरू इण्टरनेटबाट चल्ने सामग्रीहरू प्रयोग गर्ने लतमा लागिरहेका छन् । यसले देशको भविश्यलाई पनि प्रभाव पार्न सक्छ । काम गर्ने हातहरू हमेसा मोवाइल र ल्यापटपमा केन्द्रित भए भने खेतीपाती कसले गर्ने ? पशुपालन कसले गर्ने ? अर्को महत्वपूर्ण कुरा इण्टरनेट उपकरणहरू सबै बसेर गर्ने काम हुन् । मानिस चौबिसै घण्टा बसेर त्यसमा अल्झिरह्यो भने शरीर कुँजिन्छ । शारीरिक ब्यायाम हुँदैन । त्यसरी लामो समयसम्म बसियो भने त्यस्ता मानिसले कुनैपनि पारिश्रम गर्न सक्तैनन् । खानु लगाउनु बस्नु त पर्छ नै । त्यहाँ के गर्ने ? दुई नम्बरी धन्धा बढेर जान्छ । त्यसले देशको भविष्य कतातिर लैजान्छ ? यो सोँच्नु जरुरी भएको छ । ज्ञानको लागि एक वा दुई घण्टा इण्टरनेट चलाउनु बेग्लै कुरा हो । ब्यवसाय नै त्यहि भएकालाई पनि इण्टरनेटमा खेल्नु आवश्यक होला । तर, नितान्त मनोरञ्जनको लागि उमेर नै नपुगेका बालबालिकाले जब इण्टरनेटलाई लत बनाउन थाल्छन् त्यो उनीहरूको लागि त हानीकारक छ नै, देशकैलागि प्रत्युत्पादक हुन्छ भन्ने कुरा राज्यले बुझ्नु जरुरी छ ।