ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

अनिश्चित आश्वासन (सम्पादकीय)

२० आश्विन २०७५, शनिबार
२० आश्विन २०७५, शनिबार

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असफल भएको भन्दै सत्तारुढ दलकै भातृ संगठन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारबाही गर्न माग गरी गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा पुगी ज्ञापन पत्र दिएका छन् । उनीहरूले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी, दसी प्रमाण मेट्ने व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् । ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारबाही गरिनुपर्ने, त्यस्तै हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङलगायत विद्यार्थी सङ्गठनका पदाधिकारी थिए । गृहमन्त्री थापाले एक साताभित्र अपराधीमाथि कारबाही हुने आश्वासन दिएका छन् ।
निर्मला पन्तमाथि भएको बलात्कार हत्या प्रकरण पछि पोखरामा दुईओटा यस्तै प्रकृतिका घटना घटेका छन् । विद्यालयबाट फर्कंदै गरेकी एकजना १३ बर्षकै नाबालिकको बलात्कार प्रयास हुँदा असफल भएपछि अपराधीबाट ढुंगाले हानेर निर्मम तरिकाले हत्या गरिएको छ भने एकजना सात बर्षकी नाबालिकमाथि बलात्कार भएको छ । पोखरा तथा कञ्चनपुर हुँदै धनगढीसम्म आन्दोलनको राँको सल्किएको छ । देशैभरी विरोधहरू भइरहेका छन् । अपराधीलाई फाँसी देउ भनेर आवाज गुञ्जीरहेको छ । तर, दुईओटा हत्याकाण्डमा अहिलेसम्म बलात्कारी र हत्यारा खोज्न प्रहरी प्रशासन असफल रहेको छ । यसको अर्थ हो सरकार नै असफल सावित भएको छ । निर्मला पन्तको हत्यामा दसीहरू सम्पूर्ण मेटिइसकेको छ । निकै लामो समय बितेकोले घटनास्थलमा केही पनि पाउने सम्भवना छैन । यसरी हेर्दा गृहमन्त्रीको आश्वासन पत्याउन गाह्रो छ । हत्यारा खोज्ने काम तत्कालै गर्नुपर्ने थियो । हत्यारा पत्ता लगाउने सम्बद्ध निकायले नै हत्यारालाई संरक्षण गरेपछि अब आश्वासन दिनुको कुनै तुक देखिन्न । यदि नेताहरूमा नैतिकता बाँकी छ भने पदबाट राजीनामा दिनुपर्छ । यसको लागि जनस्तरबाट आवाज उठ्न थालेको छ ।
वास्तवमा मुलुकमा अहिले सुरक्षा ब्यवस्था यति कमजोर अवस्थामा छ कि जताततै हत्या र हिंसाका घटनाहरू दोहोरिने गरेका छन् । सुरक्षा निकाय निकम्मा सावित भएको छ जनतालाई सुरक्षा प्रदान गर्न । गुण्डागर्दी दिन प्रतिदिन मौलाउँदै गएको छ । मन्त्रीहरूलाई प्रशासनले टेर्दैन । जथाभावी भाषण गर्ने गर्दा नेताहरू यस्तै हुन् भनेर चोर बाटोबाट निजामति ऐन भित्राउन खोजिन्छ । गुण्डा, बलात्कारीको मनोबल बढ्दै गएको छ । डन संस्कृतिले मुलुकलाई नराम्रोसँग गाँजेको छ । वास्तवमा यसरी डन संस्कृति भित्राउने काम अरूबाट नभएर यिनै नेताहरूबाट भएको हो । चुनावमा मतदातालाई प्रभाव पार्ने, नेताका विरोधीहरूलाई वल प्रयोग गरी गुट्मुटाउने, पैसा अशुलेर लिन लगाउने गर्दा यो संस्कृति मौलाएको हो । यस्ता डनहरूलाई नेताले सुरक्षित राख्ने गरेका छन् कानुनको नजरबाट । निर्मला र पोखराको बलात्कार तथा हत्याकाण्डको जरो पनि यहि संस्कृतिले भित्राएको हो । यो अवस्था विद्यमान रहेसम्म जनता खासगरी महिलाहरू असुरक्षित भइरहन्छन् । त्यसैले पनि यहाँ यो संस्कृतिका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । सरकार असफल भयो भने जनताले अधिकार हातमा लिने सम्भावना बढ्छ भन्ने कुरा सरकारमा बस्नेहरूले बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?