ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

सुत्केरीका लागि गाउँमै विशेषज्ञ सेवा

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

रूपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा–४ वटा स्वाथ्य चौकी छिन् । गाउँमा सामान्य स्वास्थ्य चौकी र नीजि मेडिकल बाहेक अन्य स्वास्थ्य थप विशेषज्ञ सेवाको लागि बुटवल आउनुको विकल्प छैन, शुद्धोधन गाउँपालिकाका स्थानियहरूलाई ।
सुत्केरी व्यथाले च्याँपेका आमाहरू कतिपय बुटवल ल्याउँदा ल्याउँदै अवस्था गम्भिर हुने गरेको विगतको ईतिहास छ, भने कतिपयको सुत्केरी आमा तथा बच्चाको मृत्यु पनि भएको स्थानिय बताउँछन् । तर अव शुद्धोधन गाउपालिका वडा नम्बर–२ (साविक खडवा बनगाई गाविस) भुजौली आसपासका आमाहरू सुत्केरी हुनकै लागि बुटवल आउनुपर्ने बाध्यता हट्ने भएको छ । गाउँमै विशेषज्ञ सेवा सहितको २४ सै घण्टा सुत्केरी सेवा, ल्याब देखि लिएर अन्य चिकित्सकिय सेवाहरू गाउँमा नै उपलब्ध हुनेछन् । जसको लागि अझै केही महिना भने लाग्ने छ ।
सुद्धोधन गाउँपालिका वडा नम्बर–२ स्वाथ्य चौकी बनाउनको लागि जग्गा अभाव थियो । गाउँमा स्वाथ्य सेवा सबैलाई चाहिएपनि उपयुक्त जग्गाको खोजीमा तत्कानि गडवा बनागाई गाविसका सचिव हाल शुद्धोधन गाउपालिका १ र २ का सचिव लक्ष्मण प्रसाद ज्ञवालीको पहलमा जग्गा खोज्ने कार्य भएको थियो । सोही अनुसार खडवा बनगाई हेल्थ पोष्ट रहेको छेवैमा रहेको ठुलो पोखरीलाई जग्गाकोरूपमा छनौट गरी अहिले ३ तलाको भवन निर्माण गरिएको छ ।
वडा नम्बर १ र २ का वडा सचिव लक्ष्मण प्रसाद ज्ञवाली भन्छन्–‘पहिलो पटक स्वाथ्य मन्त्रालयबाट आएको ३ करोड रूपैयाँ जग्गा नभएकै कारण फिर्ता भएको थियो, पछि पोखरीको पानि सुकाएर त्यहि नै भवन निर्माण गर्ने गरी कार्य अगाडी बढायौं, अहिले भवन ठडीएको छ । ’
तिन तलाको भवनमा विभिन्न चिकित्सकिय सेवाको साथै आत्सीमक विरामीकोलागि २४ सै घण्टा सेवा प्रभाह गर्ने गरी योजना गाउँपालिकाले बनाएको छ । २४ शै घण्टा सुत्केरी सेवा प्रदान गर्ने गरी मन्त्रालयबाट स्वीकृत आएको र सोही अनुसार दरबन्दी निर्धारण समेत भएको छ ।
भवन निर्माणको ९८ प्रतिशत कार्य पुरा भएको छ भने स्वाथ्य चौकीलाई चाहिने आवश्यक उपकरण खरिद, जडान कार्य भने बाँकी रहेको छ । वडा सचिव ज्ञवाली भन्छन्–‘दसैं तिहारको बीचमा भवन निर्माण कार्य पुरा हुन्छ, त्यपछि त्यहि नै सबै स्वाथ्य सेवाहरू उपलब्ध हुन्छन् । ’
३ करोड रूपैयाँ लागतमा भवन निर्माण गरिएको हो । जसमा पहिलो तलामा एउटा ठुलो हल सहित ६ वटा कोठा रहेका छन् भने दोस्रो तल्लामा पनि सोही प्रकृतिको कोठाहरू रहेका छन् । तेस्रो तलमा एउटा ठुलो सभा हल निर्माण गरिएको छ । २ कठ्ठा क्षेत्रफल रहेको उक्त स्वाथ्य चौकीको भवन निर्माण कार्य वि.स. २०७३ मा सिलन्यास गरिएको थियो । गत साउन महिनामा काम सम्पन्न गर्ने सम्झौता ठेकेदार संग भएपनि केही समय ढिला भएको र अहिले वाहिरी कार्यहरू, वाल (पार्खल) लगाउने, गेट, विच बाटो सम्याउने लगायतका कार्यहरू अहिले जारी रहेका छन् । भवन निर्माण समितिका सदस्य उमाकान्त चापागाईंका अनुसार अहिले निर्माणधीन भवनको ननिकै अर्को भवन समेत निर्माण हुदै छ । ३२ लाख रूपैयाँको लागतमा भवन निर्माण हुने छ ।
शुद्धोधन गाँउपालिकाको वडा नम्बर–२ भुजौलीमा रहेको स्वाथ्य चौकी सञ्चालनमा आएपनि खासगरी तत्काल उपचार पाउनुपर्ने आकस्मीक(ईमेजेन्सी)का विरामीले गाउँमा नै उपचार पाउँदा बढि लाभांवित हुने अपेक्षा गाउँपालिकाले लिएको शुद्धोधन गाउपालिकाका अध्यक्ष किसुनचन्द चौधरी बताउँछन् । उनका अनुसार गाउँपालिकाले उक्त स्वाथ्य चौकीलाई एउटा मुख्य गहनाको रूपमा लिएको छ । गाउँपालिका अन्य ४ वटा स्वाथ्य चौकी, फर्साटिकर स्वाथ्य चौकी, मानकपडी स्वाथ्य चौकी र मानमेरिया स्वाथ्य चौकी र खडवा वनगाई स्वाथ्य चौकी रहेका छन् । जसमा भवन लगायतको अवस्था राम्रो रहेको स्वाथ्य चौकी फर्साटिकर रहेको छ । यस्तै गाउपालिकाको मानकपडी स्वाथ्य चौकीलाई बर्थिङ्ग सेन्टर बनाउने की अहिले निर्माणाधीन अवस्थामा रहेको खडवा बनगाई स्वाथ्य चौकीलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।
उनले भने–‘चाहिने उपकरण मन्त्रालयबाट आशा गरेका छौ, यदि आएन भने हामी आफै नै खरिद गर्ने सोँचमा रहेका छौं । ’ गाउँपालिकामा स्वाथ्य चौकी निर्माण सम्पन्न भएपछि स्थानियहरू खासगरी सर्पदंशका विरामीहरूलाई तत्काल उपचार गर्नको लागि पनि सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?