ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

आज विश्व सामुद्रिक दिवस(सम्पादकीय)

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

आज विश्व सामुद्रिक दिवस हो । समुद्र भन्नाले पानीको ठूलो भागलाई जनाउँछ । जुन समुद्रमा मानिसले ठूलाठूला पानी जहाज चलाउने गरेका हुन्छन् । समुद्रलाई पनि अहिले तटवर्ती मुलुकहरूले भागबण्डा गरेका छन् । नेपाल, भुटानजस्ता मुलुक समुद्रसम्म नजोडिएकोले यी देशहरूले समुद्रको फाइदा उठाउन पाएका छैनन् । नेपाल, भुटान भूपरिबेष्ठित देशहरू हुन् । यी मात्र हैन, यस्ता थुप्रै देशहरू भूपरिबेष्ठित छन् । समुद्रवेष्ठित मुलुकले समुद्रबाट निकै ठूलो फाइदा उठाउन पाएका छन् । करोडौँ हैन, अर्बौं मानिसले पानीबाट जीविका चलाएका छन् । पानी जहाज सञ्चालन गर्नु, माछा मार्नु, संख निकाल्नु, मोतीहरू संकलन गर्ने आदि गरिन्छ । छिमेकी मुलुक भारतले समुद्रबाट नुन निकालेर ठूलो आम्दानी गरेको छ । जुन नुन हामीले खाने गर्दै आएका छौँ । विगतका दशकमा सोझै ढिके नुन प्रयोग हुन्थ्यो भने अहिले त्यसलाई विभिन्न तत्वहरूबाट प्रशोधन गरी प्याकेटमा बेच्ने गरिएको छ । यी सबै समुद्रका बरदान हुन् । समुद्रसँग जोडिएका मुलुकहरू अन्य भूपरिबेष्ठित मुलुकभन्दा धनी छन् । समुद्रले उनीहरूलाई विभिन्न अनमोल बस्तु उपलब्ध गराएर धनी बनाएको छ ।
समुद्रबेष्ठित मुलुकले पानीबाट फाइदा उठाएका छन् नै, तर, कतिपय बेला ती मुलुकहरू पानीको उच्च जोखिममा पनि पर्ने गर्छन् । समुद्रको सतह बढ्दा बस्तीहरू डुबाउने सम्भावना उत्तिकै रहन्छ । त्यस्तै बेला बेलामा समुद्रमा उठेका चक्रवातले तुफान ल्याउँछ र मानिसको बसाइँमा समस्या पार्छ । हामीले आकाशबाट पानी परेको त देख्छौँ । त्यो पानीको पहिलो स्रोत समुद्र नै हो । समुद्रको माथिल्ला भागको पानी तातेर बाफ बन्दै आकाशमा पुग्छ र बादलमा परिणत हुन्छ । बर्षायाम शुरु हुँदा त्यो बढी तातेर अग्ला पहाडमा ठोक्किन पुग्छ र पानी पर्छ । त्यो पानी फेरि बग्दै समुद्रमा नै मिसिन जान्छ । पानीमा सञ्चालन गर्नका लागि अहिले अत्याधुनिक खालका तीब्र गतिमा पानीमा दौड्ने पानी जहाजहरू निर्माण गरेका छन् । जसले ठूलो मात्रामा भारबहन गर्न सक्छ । समुद्रको यात्रामा ढुवानी भाडा सस्तो पर्ने भएकोले त्यहाँसम्म पुग्नको लागि भूपरिबेष्ठित देशले पनि छिमेकी मुलुकबाट सडक पाउनु पर्छ भन्ने कुरा नेपालमा बारम्बार उठ्ने गरेको छ । भारतको बाटो नजिक पर्ने भएकोले माग उठिरहेको छ । तर, भारत सरकारले यसलाई चासो दिएको पाइँदैन । अहिले चीनले समुद्रसम्म जानको लागि नेपालले बाटो प्रयोग गर्न सक्ने भन्ने सहमति भएको छ ।
पृथ्बीमा तीन भागमध्ये दुई भाग पानी नै पानी छ । तर, अहिले औद्योगिक मुलुकहरूले समुद्रलाई विषाक्त पार्दै ल्याएका छन् । हरेकखालका फोहरहरू समुद्रमा मिसिन जाँदा समुद्र पृथ्बीबासीको डम्पिंगसाइड बन्न पुगेको छ । रसायनहरू समुद्रमा नै जान्छ । जसले गर्दा जलचरहरू विनष्ट भएका छन् । ठूला मिसायलहरू प्रक्षेपण गर्दा समुद्रलाई केन्द्रित गरिएको हुन्छ । त्यसैले अहिले मानिसले समुद्रलाई कवाडी गोदाम बनाएको अवस्था छ । पानी विशेषज्ञहरूले यस्तो काम रोक्नुपर्ने बताउँदै आएका छन् । विश्व सामुद्रिक दिवस मनाउनुको मुख्य कारण पनि यहि नै हो । अचेल आकाशबाट अम्ल बर्षा पर्ने गरेको पाइएको छ । अम्ल बर्षा हुनुको कारण समुद्रको माथिल्लो सतहमा बगाइएको रासायनिक पदार्थ बाफसँग उडेर आकाशमा पुग्दा बर्षेको हो । यो पृथ्बीका प्राणी तथा बनस्पतिलाई हानीकारक मानिन्छ । त्यसरी नै जलचरलाई पनि हानीकारक हुन्छ । पानीलाई प्रयोग गर्नु बेग्लै कुरा हो । तर, दुरूपयोग गरियो भने त्यसले सम्पूर्ण पृथ्बीका मानिसलाई समस्यामा पार्छ भन्ने कुरा आज मनाउन लागिएको दिवसमा चर्चा उठ्नुपर्छ र यसको रोकथामको पहलकदमी हुनु जरुरी छ । अन्यथा शक्तिशाली, औद्योगिक राष्ट्रले गरेका गल्तीको सजाय सबै मानिसले भोग्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?