ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

पन्ध्र सय विघा जग्गाको मोही फुकुवा

११ आश्विन २०७५, बिहीबार
११ आश्विन २०७५, बिहीबार

मोहीको हक माग गर्दै जिल्ला भूमिसुधार कार्यालय दाङमा परेका मुद्दाहरू मध्ये अहिले सम्म पन्ध्र सय विघा जमिनको विवाद समाधान गरिएको जिल्ला भूमि सुधार कार्यालय दाङले जनाएको छ । गत बर्षसम्म भूमि सुधार कार्यालयमा परेका १ हजार १ सय ४३ मुद्दा फछ्र्यौट गरी १५ सय विघा जमिनको मुद्दा फछ्र्यौट गरिएको कार्यालयका नायव सुब्वा गंगाराम पौडेलले जानकारी दिए । उनका अनुसार २५ सय बिघा जमिनमा आफूहरूको हक लाग्ने भन्दै मोही किसानहरूले निवेदन दिएका छन् ।
जग्गामा मोही हक कायम गर्न माग गर्दै जिल्ला भूमि सुधार कार्यालय दाङमा झण्डै ७ हजार किसानहरूले निवेदन दिएका छन् । भूमि सुधार कार्यालयका तामेलदार खिमानाथ पन्थीका अनुसार कार्यालयमा गत बर्षदेखि ६ हजार ९ सय ८१ निवेदनहरू कार्यालयमा दर्ता भएका छन् । करिब १४ महिनाको अवधिमा मात्रै मुद्दाहरू दर्ता भएको कार्यालयले जनाएको छ । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मका किसानहरूले निवेदन दर्ता गराएको कार्यालयले जनाएको छ । २०६४ सालदेखि रोक्का रहेको मोही बाँडफाँड प्रक्रिया भूमि सम्बन्धी १६ औं संशोधन २०७३ ले फूकुवा गरेको थियो । नेपाल सरकारले भूमि सम्वन्धी ऐन २०२१ को दफा २६ को घ, १ ले दिएको अधिकार प्रयोग गरि मोही भएको जग्गा र मोहीले बाँडफाँड गरी लिन निवेदन दिने म्याद एक बर्षका लागि तोकेको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशन भएसँगै मोही जग्गा लागू भएका सम्पूर्ण जिल्लामा रहेका भुमिसुधार कार्यालयहरूले किसानहरू संग निवेदन लिने प्रक्रियालाई अगाडि बढाएका थिए । प्रकृया सुरु गरेलगत्तै २०७३ साल भदौ ६ गतेदेखि २०७४ भदौ ५ गतेसम्म मोहि किसानहरूलाई जग्गा धनीबाट आधा जग्गाको माग गर्दै निवेदन दिने समय सरकारले तोकेको थियो ।
कार्यालयले दिएको जानकारी अनुसार ५ हजार ६ सय ८६ मोही विवादहरू अझै मिल्न सकेका छैनन्न्् । विवाद मिल्न नसकेका अधिकांस संस्थाका नाममा रहेका जमिनहरू हुन् । जग्गा धनि र मोही किसानका विचमा कुरा मिल्न नसक्दा अझै धेरै मुद्धाको विवाद समाधान हुन नसकेको भुमि सुधार कार्यालयका तामेलदार खिमानन्द पन्थीले बताए । “मोही विवादमा जग्गा धनि र मोही किसान मिलेर आए विवाद समाधानका लागि खासै समस्या छैन पन्थीले भने । किसान र जग्गा धनि मिलेर आएको खण्डमा निवेदन दिएको केही दिनमै विवाद मिलिरहेको पनि पन्थी बताउँछन् । “जग्गा धनी र मोही किसानका विचमा कुरो मिलेन भने मुद्दा अदालतसम्म पुग्ने गरेको छ” पन्थीले भने । व्यक्तिको जग्गामा परेका मुद्धा मिलाउन केही सहज भएतापनि संस्थाका नाममा रहेका निवेदनहरू मिलाउन समस्या भैरहेको उनको भनाई छ ।
१० बर्षे सशस्त्र द्वन्द्वका क्रममा मालपोत तथा भूमि सुधार कार्यालयहरूमा आगो लाग्दा कागज जलेका कारण कुन जग्गामा मोही छ कुन जग्गामा छैन भनेर कार्यालयलाई छुट्याउन समेत समस्या भएको पन्थीले बताए । यस्तै बाहिर जिल्लाका किसानहरूले दिएको निवेदनमा उक्त व्यक्ति पहिले बसेको स्थान र जोतेको हो, होइन भनेर वडा कार्यालयवाट सर्जीमिन गराएर सिफारिस लिनुपर्ने भएपनि केही किसानले सिफारिस नल्याउदा समस्या भएको छ । मोही किसानले मोही बापतको रकम माग्ने तर साहुले नमान्दा अधिकांश मुद्दाहरू अदालत जाने गरेको पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?