ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

यातायात व्यवसायीले भने– ‘ गणतन्त्रमा झनै समस्या भो  !

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

सरकारले ल्याएको यातायात नीतिको कारण अब सबै यातायातका साधनहरूको चापी बुझाउनुको विकल्प नभएको व्यवसायीहरूले बताएका छन् । हालै मात्र सरकारले ल्याएको यातायात नीतिको कारण यातायात क्षेत्र धरासायी हुँदै गएको भन्दै व्यवसायीहरूले अन्तीम विकल्पमा सरकारलाई नै गाडीको साँचो (चाँवी) हस्तान्तरण गरी आन्दोलनमा जानुको विकल्प नभएको बताएको हँु । पश्चिमाञ्चल यातायात व्यवसायी समिति(ट्रक) को १९ औं साधारण सभा मा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि झनै समस्यामा आएको गुनासो गरे ।
विगतका दिनहरूमा यातायात व्यवसायीहरूले उठाउँदै आएको समस्या लाई सम्बोधन गर्न छुट्टै यातायाता मन्त्रालय गठनको आश गरेका व्यवसायीहरूलाई सिन्डीकेटको नाममा बैंक खाता रोक्का देखि समिति दर्ता खारेजी सम्मका कुराहरू ल्याएर सरकारले यातायात व्यवस्थालाई ‘सिक्कमीकरण’ गर्न लागेको बताएका हुन ।
‘माग पुरा गर्नुको सट्टामा उल्टै यातायात व्यवसायीहरू माथी प्रहार गरेको भन्दै केन्द्रीय अध्यक्ष रानाभाटले सरकारका विभिन्न तहका व्यक्तित्वहरू संग गरेको त्रुटीपुर्ण निर्णय सच्चाउनको लागि माग समेत गरे ।
पछिल्लो समयमा राज्य पक्ष पञ्चायती शैलीमा काम गरेको आरोप लगाउँदै केन्द्रीय अध्यक्ष रानाभाटले पहिला ल्याएको सवारी ऐनमा मालबाहक र यात्रुवाहकको विषयमा उल्लेख नगरेको कारण अहिले सिन्डीकेटको नाममा मालवाहक यातायात व्यवसायीहरूलाई मर्कामा पार्ने काम गरेको बताए । तत्काल सरकारले समस्या समाधान नगरेमा नेपालभरबाट सबै ट्रक व्यवसायीहरूले चाँवी सरकारलाई हस्तान्तरण गर्ने समेत योजना रहेको अध्यक्ष रानाभाटको भनाई छ । फरक प्रसंगमा उनले नेपालीहरूले सञ्चालन गरेको सवारी साधनको मूल्य भारतमा र नेपालमा फरक रहेको भन्दै भारतमा १९ लाख पर्ने सवारी साधन नेपालमा ६० लाख पर्ने भएको कारण पारवाहन सन्धी अनुसार प्रतिष्पर्धा गर्ने अवस्था नभएको बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले सिन्डीकेट यातायात व्यवसायीहरूले कहिलै पनि नगरेको दाबी गर्दै संस्था र सिन्डीकेट फरक कुरा भएको बताए । उनले भने–‘मन्त्रीहरूको दुई तिहाईको आडमा नचाहिँदो काम गरेको छ, भारतीय गाडीहरू नेपालमा निर्वाध रूपमा ल्याउने काम सरकारले गरेको छ ।’ ५० प्रतिशत यातायात व्यवसायीहरू अहिलेको यातायता नीतिको कारण विस्तापित हुने अवस्था आएको भन्दै तत्काल सरकारको ध्यान जानुपर्ने बताएका हुन् । सरकारले नै रुट प्रमिट प्रदान गर्दा सिन्डीकेट लाद्ने गरेको आरोप लगाउँदै उनले यातायात नीतिमा राजनीति मिसाउँदा झनै समस्या भएको बताए । अहिले सरकारले गरेको निर्णयबाट सबै क्षेत्र असन्तुष्ट भएको भन्दै उनले यसलाई तत्काल सम्बोधन गर्नुको विकल्प नभएको बताए । नेपाल ट्रक व्यवसायी महासंघ केन्द्रीय सदस्य ओम कार्की ले २०७५ साल नेपाली यातायात व्यवसायीहरूको लागि कालो बर्षको रूपमा चित्रण गरिएको बताए । कार्यक्रममा बोल्दै उनले निर्देशिकामा असमति जनाउँदै आन्दोलन समेत गरेकोमा राज्यले कारबाहीको बाटोमा अगडी बढेको कारण समस्या आएको बताए । उनले भने–‘राज्यले समृद्धि र विकास के कसरी हुन्छ भन्ने विषयमा ख्याल गर्नु आवश्यक छ ।’
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतम ले सरकारले अहिले ल्याएको नीतिको कारण यातायता व्यवसायीहरू मर्कामा परेको भन्दै सडकमा नै आउनुपर्ने अवस्था बाध्यता आएको गुनासो बताए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले सरकारको स्पष्ट नीतिको अभावको कारण प्रताडत बन्दै गएको बताएका छन् । उनले करको विरोधी नभएको भन्दै करको नाममा व्यवासीहरूलाई तर्साउने काम गर्न नहुने बताए । बरिष्ठ उपाध्यक्ष यम प्रसाद पाण्डे कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले बोलेका थिए ।

‘व्यवसायीको समस्याप्रति पहल गर्छु’
प्रदेश ५ भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीहरूको समस्या समाधान गर्नको लागि प्रदेश सरकार एक्लै नसक्ने भन्दै केन्द्री सरकार संग पहल गर्ने बताएका छन् । पश्चिमाञ्चल यायातायात व्यवसायी समितिको १९ औ साधारण सभा लाई बुटवलमा सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेश सरकार मात्रै प्राप्त नभएको भन्दै केन्द्रीय संग आफुले यातायात व्यवसायीहरूको पिडा मर्म राख्ने प्रतिवद्वता जनाएका हुन । कुनै पनि व्यवसायीलाई दबाएर, थर्काएर वा हेला गरेर देश विकास नहुने भन्दै मन्त्री चौधरीले यस विषयमा सक्दो पहल गर्ने बताएका हुन । कार्यक्रममा बोल्दै उनले भने–‘प्रदेश सरकार सहयोगीको रूपमा मात्रै रहेको छ साउन १ गते बाट यातायातका धेरै कुराहरू प्रदेश सरकारको मातहतमा आएको छ, म व्यवसायीहरूको मर्का बुझेको छु, सक्दो पहल गर्छु । ’
यातायात व्यवसायीहरूको खाता रोक्का भएको कराण व्यवसायी समितिमार्फत हुने उपचार प्रभावित भएको र मृतकले समेत राहत नपाएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्री चौधरीले उपचारमा विमाको अहिलेको दायरा बढाउने बताएका छन् । ऐनलाई संसोधन गरेर भए पनि विमा रकम बढाउनुपर्नेमा जोड दिदै उनले भने–‘ अहिलेको ३ लाख रूपैयाँले उपचार प्राप्त हुदैन, यसमा ध्यान जानुआवश्यक छ ।’ यातायात क्षेत्रमा भएको व्यवसायीहरूको लगानी सुरक्षित हुनु आवश्यक रहेको भन्दै उनले राज्यको दायित्व उद्योगी, उद्यमी र व्यवसायीयहरूको लगानी सुरक्षित गर्नु पनि रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?