ट्रेंडिंग:

>> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

‘खाद्यान्नको अभावमा जीवन जोखिममा नपरोस्’

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

समुदायका कुनै पनि नागरिकको जीवन खाद्यान्नको अभावमा जोखिममा पर्न नहुनेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
सल्यानको कपुरकोटमा नेपाल ग्रामिण पुननिर्माण संस्था (आरआरएन) सल्यानले आयोजना गरेको खाद्य सुरक्षा तथा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बाँच्न पाउने अधिकार संग प्रत्यक्ष जोडिएको खाद्य अधिकारको सम्मान गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आफ्नो गाउँपालिकाभित्रका हरेक नागरिकले आवश्यक र पोषणयुक्त खाद्यवस्तु प्राप्त गर्न सकुन् भन्ने उद्देश्य रहेको जनाउँदै नागरिकको खाद्यवस्तुमा पहुँच पुर्याउनका लागी आवश्यक नीती, नियम र कार्यक्रम बनाइने बताए ।
आरआरएन सल्यानका संयोजक होमराज विश्रालले खाद्य अधिकार मौलिक अधिकार भएकाले प्रत्येक व्यक्तिले सम्मान पूर्वक पर्याप्त मात्रामा सुरक्षित र पौष्टीक खाना पाउनुपर्ने धारणा राखे ।
कपुरकोटमा खाद्यान्नको अवस्था के छ, गाउँपालिकाको भावि खाद्य सुरक्षा सम्बन्धी योजना के छ जस्ता विषयमा कार्यक्रममा अन्तरक्रिया भएको आरआरएनका कृषि अधिकृत ओम प्रकश चौधरिले जानकारि दिएका छन् । यस प्रकारको कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा गरिने आरआरएनले जनाएको छ ।
संस्थाका प्रशासन तथा लेखा प्रमुख धर्मराज उपाध्यायका अनुसार हाल सम्म कपुरकोट सहित छत्रेश्वरी, त्रिवेणी, कालिमाटी गाउँपालिका तथा शारदा र वन्गाड कुपिण्डे नगरपालिकामा कार्यक्रम राखेर संविधानले दिएकाृ खाद्य अधिकारको विषयमा जानकारि प्रदान गरिएको छ ।
अव बाँकी रहेका स्थानीय तहमा पनि यो कार्यक्रम छिट्टै सम्पन्न गरिने उनले जनाए । जीविकोपार्जन तथा पोषण सुधार कार्यक्रम अन्तर्गत बीएमजेड र डब्ल्यु एचएच को आर्थीक सहयोगमा आरआरएन सल्यानले खाद्य अधिकार सम्बन्धी कार्यक्रम गर्दै आएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?