© २०२३
यस वर्षको जानकी साहित्यिक पुरस्कार गुल्मेली साहित्यकार सूव सेन (सूर्य बहादुर सेन) लाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा गत वर्ष स्थापना गरिएको ‘जानकी साहित्यीक पुरस्कार’ गुल्मी जिल्ला जन्मस्थान भई निरन्तर साहित्य साधनामा लाग्ने श्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार पहिलो पटक सेनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
उमेरले आठ दशकको पाईला टेक्न लागेका सेनले नेपाली वाङ्मयमा मूलतः नेपाली आख्यान, नियात्रा, प्रबन्ध,काव्य कविता, ईतिहास, खोज–अनुसान्धान र नाटकको क्षेत्रमा कलम चलाउँदै आएका छन् । नेपाली साहित्यमा पछिल्लो चरणमा सेन सफल नाटककारको रूपमा समेत चिनिन्छन् । सेनका हालसम्म ४५ वटा कृतिहरू प्रकाशित भएका छन् । साहित्यीक कृतिहरूमा आफ्ना भावना विचारहरूलाई निर्धक्क साथ प्रस्तुत गर्ने खुवी र कलाका धनी समेत रहेका सेनको जन्म १९९६ सालमा साविक गुल्मीको बाझकटेरी पुर्कोटमा भएको थियो ।
२०३३ सालमा गुल्मीको रुरु गाउँपालीका–४ मा जन्मेर साहित्य र समाजसेवामा लाग्दालाग्दै चार दशकको कलिलै उमेरमै असामयीक निधन हुनपुगेकी साहित्य सर्जक जानकी ज्ञवालीको सम्झनामा उनका परिवारहरूले किरण पुस्तकालयको नाममा १ लाख ५१ हजार १ सय ५१ रूपैंयाको अक्षयकोष स्थापना गरेका हुन् । उक्त अक्षयकोषको ब्याजवाट प्रत्येक वर्ष ज्ञवालीकोे जन्म दिन रामनवमीका दिन पुरस्कार घोषणा गरि युवा कवि मोतीराम भट्टको जन्म जयन्तीको अवशरमा किरण पुस्तकालय मार्फत प्रदान गरिने जानकी प्रतिष्ठानका अध्यक्ष सीताराम भट्टराईले बताए ।
सदरमुकाम तम्घासमा १५३ औं मोती जयन्ती एवं किरण पुस्तकालयको स्वर्ण जयन्तीको सन्र्दभमा आयोजित एक कार्यक्रममा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठद्वारा सेनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले साहित्य समाजको एउटा अभिन्न अंग भएको हुँदा साहित्यको संरक्षण, संवद्र्धन र विकासका लागि सवैको सहयोग र चिन्तन अपरिहार्य रहेको बताए । पुस्तकालयको स्वर्ण जयन्तीको अवसरमा गुल्मी लगायत, पाल्पा, अर्घाखाँची, वाग्लुङ्ग, प्यूठान, दाङ, रुकुम, रूपदेन्ही, कास्की, चितवन, काठमाण्डौ लयागतका जिल्लाहरूवाट साहित्यकार एवं पुस्तकालय संचालकहरूको व्यापक सहभागिता रहेको किरण पुस्तकालयका सम्पादक शशी पन्थीले जानकारी दिएका छन् । à