© २०२३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले एकथरी मान्छेलाई अरूची पैदा भएको बताएका छन् । स्वार्थको राजनीति गर्नेहरूले माक्र्सवादप्रति रुची नराखेको र अर्कोथरीलाई माक्र्सवादप्रति आक्रोश पैदा भएको उनको भनाइ छ । माक्र्सवादका विषयमा विभिन्न जिल्लामा अभियान चलाइरहेका भुसालले शनिबार रूपन्देहीको मणिग्राममा आयोजित माक्र्सवाद र आजका हाम्रा कार्यभार” विषयक जिल्लास्तरीय गोष्ठीमा नेता भुसालले यस्तो बताएका हुन् । “जसले चाकडी र चाप्लुसीको राजनीति गर्छ र अवसरको लागि राजनीति गर्छ, उसले माक्र्सवाद मान्दैन, त्यस्ता व्यक्तिहरूलाई माक्र्सवादप्रति अरूची छ”–उनले भने । माक्र्सवादको विषयमा पार्टी कमिटीबाट निर्णय नगरी देशव्यापी प्रशिक्षण चलाएको उल्लेख गर्दै भुसालले प्रतिक्रान्तिका विरुद्ध माक्र्सवाद ज्यूँदै छ भन्ने देखाउन यस्तो अभियान चलाइएको उल्लेख गरे । “यो अभियान एउटा प्रभातफेरि हो, देशैभर १० हजार युवालाई माक्र्सवाद पढाउने हाम्रो योजना छ”–भुसालले भने ।
एकअर्काप्रति निषेधको राजनीति गरिरहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको मार्गचित्र तयार गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको पनि उनले दावी गरे । “नेतृत्व दुरदर्शी भएको भए स्थानीय चुनावअघि नै दुई पार्टीको एकता भइसक्ने थियो”–भुसालले भने ।
कार्यक्रममा बोल्दै नेकपाका अर्का स्थायी समिति सदस्य राम कार्कीले नेताहरूको दोहोरो जीवनले नयाँ पुस्तामा माक्र्सवादप्रति वितृष्णा पैदा भएको बताए । “सामन्तवादलाई परास्त ग¥यौं, तर पुँजीवादले हामीलाई नै तहसनहस बनायो”–उनले भने–“अव पुँजीवादसँग लडेर समाजवाद स्थापित गर्न नयाँ पुस्तालाई अघि सार्नुपर्छ ।”
समाजवाद स्थापित गर्नका लागि पार्टीका केन्द्रीय नेता र उपसचिवमाथिका कर्मचारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न बन्द गर्नुपर्ने बताए ।
नेकपाका अर्का नेता डा. विजय पौडेलले पद्धति स्थापित नभए पार्टी चल्न छाडेको उल्लेख गर्दै सामाजिक चेतनालाई समाजवादमा नलगेसम्म संविधानमा लेख्दैमा समाजवाद स्थापित हुन नसक्ने बताए । उनले नयाँ पुस्तामा उपभोक्तावादको प्रवृत्ति विकास भएको उल्लेख गर्दै सैद्धान्तिक जागरण ल्याउन नसके उपभोक्तावादले देशलाई नै सिध्याउने बताए । यो सरकार असफल भए नेता मात्र असफल नभै कार्यकर्ताको समेत जहाज डुब्ने उल्लेख गर्दै पौडेलले सत्ताको दुरूपयोग रोक्न सबैले खवरदारी गर्नु जरुरी रहेको बताए ।
अर्का नेता ठाकुर गैरेले सिंगो पार्टी पक्तिभित्र फेरि एकपटक माक्र्सवादको जागरण ल्याउनुपर्ने बताए । कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह जिल्ला समिति रूपन्देहीका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य विष्णु पन्थी, नेताहरू बाबुलाल यादव, लक्ष्मण खनाल, सिद्धिचरण भट्टराई लगायतले पनि बोलेका थिए ।