ट्रेंडिंग:

>> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु >> आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै

खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन्

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

न्युयोर्क ।

विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिजहरूको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ।

तर, यो कुरा बुझेको उत्तरी छिमेकी चीनले यी खनिजहरूमा निरन्तर आफ्नो पकड बलियो बनाउँदै लगेको छ ।

चिनियाँ कम्पनीहरूले धेरै महत्त्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्व बढाउँदै विश्वव्यापी रूपमा ठूला खानीहरूमा लगानी गरिरहेका छन्। यो अवस्था पश्चिमी देशहरूका लागि मात्र चिन्ताको विषय होइन, विश्वव्यापी आपूर्ति शृङ्खलामा यसको प्रभाव पर्ने सम्भावना पनि उत्तिकै बढेको छ।

आजको विश्व अर्थतन्त्रमा विशेष गरी हरित ऊर्जा र स्मार्ट प्रविधिमा खनिजहरूको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ। यसलाई राम्ररी बुझेको चीनले खनिज सम्पदामा आफ्नो पकड बलियो बनाउन सुरू गरेको हो, जो रोकिने अझै देखिदैँन् ।

गत वर्ष चिनियाँ कम्पनीहरूले विश्वव्यापी खानीहरूमा करिब १६ अर्ब डलर लगानी गरेका थिए, जुन पछिल्लो दशकमा सबैभन्दा ठूलो लगानी मध्ये एक हो। यसमा अफगानिस्तान, घाना र जाम्बियाजस्ता देशहरूमा तामा, सुन र अन्य खनिजहरूको खानीहरू समावेश रहेका छन्।

चीनले तामा जस्ता खनिजहरूमा विशेष ध्यान दिएको छ, जुन विद्युतीय सवारी साधन र हरित ऊर्जासँग सम्बन्धित उपकरणहरूको लागि महत्त्वपूर्ण मानिन्छ छ। सन् २०२३ मा चिनियाँ कम्पनीहरूले आफ्नो कुल विदेशी लगानीको ६० प्रतिशत तामा उत्खननमा लगाएका छन् ।

यसबाहेक विद्युतीय सवारी साधनको ब्याट्रीका लागि आवश्यक लिथियम र कोबाल्टजस्ता खनिजमा चिनियाँ कम्पनीको लगानी पनि निरन्तर बढिरहेको छ । उदाहरणका लागि गेनफेन लिथियमले अर्जेन्टिनादेखि अस्ट्रेलियासम्म आफ्नो खनिज भण्डार विस्तार गरेको देखिएको छ ।

चिनियाँ खानी कम्पनीहरू अहिले विश्वको सबैभन्दा ठूलो खनिज उत्पादकहरूमा गनिन थालेका छन । सर्बियादेखि सुरिनामसम्म खनिज सम्पदाको स्वामित्वमा रहेको जिजिन माइनिङले अब बिएचपीजस्ता खनन दिग्गजहरूको बराबरीमा उत्पादन गरिरहेको छ।

सीएओसी अर्को चिनियाँ कम्पनी, जो अहिले विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक कम्पनिको रूपमा दरिएको छ ।

चीनले यी खनिजको उत्पादन मात्रै बढाउँदैन, आफ्नो स्वदेशी उद्योगका लागि पनि प्रयोग गरिरहेको छ । गत वर्षको पहिलो ९ महिनामा चीनले १२ प्रतिशत बढी तामा, २१ प्रतिशत बढी कोबाल्ट र २० प्रतिशत बढी बक्साइट आयात गरेको थियो । यी खनिजहरू चीनमा ब्याट्री, सौर्य प्यानल र विद्युतीय सवारी साधनको उत्पादनमा प्रयोग भइरहेका छन्।

यी सबै खनिजहरूले चीनको ठूलो उद्योगको आवश्यकताको लागि धातु उत्पादनको आधारलाई बढवा दिने गर्दछ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै अगाडि छ। परिष्कृत खनिजहरूको कुरा गर्दा चीनले विश्वव्यापी आपूर्तिमा करिब ६० प्रतिशत ब्याट्री (ग्रेड लिथियम) ६५ प्रतिशत निकल, ७० प्रतिशत कोबाल्ट र ९० प्रतिशत दुर्लभ तत्वहरू नियोडियमियम आपूर्ति गरिरहेको छ ।

केही चिनियाँ उत्खनन कम्पनीहरू आपूर्ति श्रृंखलामा थपिदै गएका छन्, जस्तै जिजिनले पनि तामाको पाता बनाउँछ। यी धातुहरू चीनका कारखानामा प्रयोग गरिन्छ, जसले विश्वका करिब आधा विद्युतीय सवारी साधनहरूमा ८० प्रतिशत लिथियम–आयन ब्याट्रीहरू र सौर्य प्यानलहरू बनाइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?