ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस ।

बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टिभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएका हुन् ।

बुटवल १० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकै दिन अर्धबार्षिक परीक्षाको परिक्षाफल प्रकाशन संगै फुड फेष्टिभल आयोजना गरिएको संयोजक इबराज तिवारीले जानकारी दिए । उनका अनुसार विद्यालयबाट नै लगानी गरेर विद्यार्थीहरुको पाक कलालाई प्रस्तुत गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयमा आयोजना गरिएको फेष्टिभलमा सहभागी विद्यार्थीहरुले नतिजा लिन विद्यालयमा आएको अभिभावकहरुले आफ्ना विद्यार्थीले पकाएको परिकार चाख मानेर उपभोग गरेका थिए ।

विद्यालयले खानाका परिकारहरुको मेन्यु बनाएर विभिन्न स्टल निर्माण गरी विद्यार्थीहरुले विद्यार्थीहरुले परिकार बनाएका हुन । फ्रेन्च फ्राई, भेज पकौडा, चिकन रोष्ट, चिकन चिल्ली, मःम, खिर, अचार, प्याज पकौडा, हलुवा अचार, पनिर पकौडा, कफि, पर्पकन, सेलरोटी अचार, बटुक लगायतका परिकारहरु बनाएर प्रर्दशन तथा विक्रि गरेको खाना महोत्सव संयोजक ईबराज तिवारीले जानकारी दिए ।

खाना महोत्सवमा कक्षा ११ को होटल म्यानेजमेन्ट अध्यायन गर्दै गरेका विद्यार्थीहरुले समेत आफ्नो सीप र कौसल प्रस्तुत गरेका थिए । कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यार्थीहरुमा रहेको पाक कला प्रर्दशन, सिकाई उपलब्धीको लागि यी र यस्ता प्रदर्शनी विद्यालयले आयोजना गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक थापाको भनाइ छ । साथै बाल कक्षादेखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन समेत प्रकाशन गरिएको विद्यालयका परिक्षा संयोजक युवराज कण्डेलले जानकारी दिए ।

विद्यालयको सेक्टर २ रामनगरमा पनि नतिजा प्रकाशन सहित खाना महोत्सव भव्य रुपमा सम्पन्न गरिएको अतिरिक्त क्रियापकलाप संयोजक रेजिन केसीले जानकारी दिइन् । विद्यालयमा पुस्तक प्रदर्शन समेत राखिएको विद्यार्थीहरुले चाख दिएर विद्यालय कोर्ष र अतिरिक्त पुस्तक समेत किन्नुको साथै प्रदर्शनमा चाख दिएर सहभागिता जनाएको सेक्टर २ ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए । सेक्टर २ का विद्यार्थीहरुले खानाका थप परिकारमा भट्मास साँदेको, चुकौनी, आलु चना लगायतका परिकार बनाएका थिए । न्युनतम ३० रुपैया देखि अधिकतम १०० रुपैयाँको खानाको परिकार निर्माण गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिए । विद्यालयमा नेपाल नियमित रक्तदाता संघको संमन्वयमा वृहत रक्तदान समेत गरिएको थियो । जसमा विद्यार्थीहरुले उत्साहपूर्वक रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?