© २०२३
बर्दघाट, २० पुस । बर्दघाट उद्योग बाणिज्य संघद्रारा आयोजित मेला शनिबार समापन भएको छ । १२ दिनसम्म चलेको मेलामा करिब ३ करोड बराबरको कारोबार भएको आयोजना बर्दघाट उद्योग बाणिज्य संघले जनाएको छ ।
समापन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटको मेलाले बजारीकरणमा ठुलो सहयोग पुर्याएको बताए । उनले “स्थानीय व्यापार र महिला उद्यमीलाइ सहुलियतमा स्टल उपलब्ध गराउदै नया र स्थानीय उद्योगीहरु बजार प्रबद्र्धनमा मेलाले सहयोग गरेको छ ।“ भने ।
१३ दिन सम्म सञ्चालन भएको मेलाले बर्दघाटको पर्यटन बिकासमा मेलाले टेवा पुर्याएको गरेको धारणा राख्दै श्रेष्ठले आगामी दिनमा मेलाको स्वरुप परिवर्तन गर्नु पर्नेमा जोड दिए । अहिले मेलामा फिस टनेल नया आएको छ । आगामी दिनमा पर्यटकीय क्षेत्रहरु जोड्ने गरि प्याकेज बनाउने र पर्यटकीय क्षेत्रको बिकास गर्ने गरि नया योजनाका साथ मेलाको स्वरुप परिवर्तन गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले आर्थिक बिकासका लागी निजि क्षेत्रसङ्ग हातेमालो गरेर अगाडि बढने बताए ।“कर निर्धारण, ब्यवसाय दर्ता, नगरमा सूचीकरण जस्ता बिषयमा नगरपालिका निजि क्षेत्रसङ्ग हातेमालो गरेर अगाडि बढ्ने छौं ।
संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले मेलाले राखेको उद्देश्य पूरा गर्दै मेला सम्पन्न भएको बताए । “हामीले ब्यवसायीहरुलाई आपत बिपत्तिमा सहयोग गर्ने उद्देश्यले बिपत्ति कोषको स्थापना गरी कोषको वृद्धि गरीने छ ।“ गौतमले भने । बर्दघाट मण्डपमा महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, तथा स्थानीय उत्पादन र प्रविधिहरूको प्रदर्शनी राखिएको छ। आयोजकले महोत्सवले क्षेत्रीय व्यापार, पर्यटन प्रवद्र्धन र मनोरञ्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छन्। संघमा आवद्ध सदस्यहरुलाई १ लाख रुपैया बराबरको दुर्घटना तथा औषधि उपचार बिमा गरेको र मेलाबाट आगामी दिनमा यो रकम वृद्धि गर्ने योजना रहेको गौतमले जानकारी दिए ।