ट्रेंडिंग:

>> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समिति पुस २४ सम्म लम्बिने >> एफइसी धनकोष सहकारीले ग–यो स्थापना दिवसमा रक्तदान >> हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार >> अमेरिकामा १० वर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता >> उद्योग व्यापार संघले २०८२ सालको मेला बुटवल मण्डपमा गर्दै >> सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण >> बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसँग सहकार्य >> बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ >> घुमफिरको गतिलो आधार बन्दै पर्यटन गाउँ >> अलपत्र भ्यूटावर चलाउन किन ढिलाई ? >> एमआरआई खरिद पुनः बोलपत्र आह्वानको निर्णय सहुलियत शुल्कमा स्वास्थ्य सेवा दिन्छौं: मन्त्री सारु >> जनता डुबानमा सरकार डिपिआरको होडबाजी गर्दै >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना >> बढैयातालमा माघ मिलन हुने >> पीडितमैत्री पूर्वाधारमा जोड >> झरना विजयी हुदै फर्साटिकर कपको अन्तिम आठमा >> ओली प्रतिवेदन : माओवादी अवसरवादी, राजावादीसँग बाक्लै उठबस >> पुल बन्यो, भुक्तानी भएन >> भूकम्पप्रभावितको व्यवसायमा रेडक्रसको साथ >> यती एसेम्बलिङ र रिलायन्स फाइनान्सबीच समझदारी >> मणिमुकुन्द अन्तिम चारमा, गुजरातको दोस्रो जित >> दैलेखमा किशोर किशोरी मृत फेला >> समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री  >> लोपउन्मुख कुसुन्डा भाषामा गीत रेकडिङ हुँदै >> सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति >> खाना पकाउने ग्यास चुहिएर आगलागी, पर्वतमा वृद्धाको ज्यान गयो >> सुनको मूल्यमा गिरावट >> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते

भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस । 
रूपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरूले भारतबाट आउने खुला दुधका कारण किसानहरूले उत्पादन गरेको दूधविक्री नभएको गुनासो गरेका छन ।
नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दूधबुटवल लगायतका बजारमा आउँदा आफूहरूले उत्पादन गरेको दूधविक्री तथा बजारीकरणमा समस्या भएको किसानहरूको गुनासो छ । आफूहरूले गुणस्तरयुक्त दूधबजारमा विक्रीका लागि पठाएपनि उपभोक्ताले दुधको गुणस्तर चिन्न नसक्ने लगायतका कारण सैनामैना क्षेत्रका दूधउत्पादक किसानलाई मर्का परेको किसानहरूको गुनासो छ ।
शुक्रबार सैनामैनाको वडा नंं १० मा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरि किसानहरूले भोग्नुपरेको समस्याका बिषयमा जानकारी दिएको हो ।
सहकारीका अध्यक्ष तिलकराम घिमिरेले भारतबाट आउने सस्तो गुणस्तर नभएको दूधबजारमा आउँदा नेपाली दूधउत्पादक किसान मर्कामा परेको बताए । उनले लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷०८० देखि किसानले पाउने प्रतिलिटर दुई रूपैया अनुदान रकम समेत काटेको बताउँदै सैनामैना नगरपालिकाले समेत दिने अनुदान अत्यन्त कम भएको गुनासो गरे ।
उहाँले आफूहरूको सहकारीबाट दैनिक ४ हजार ५ सय लिटर दूधउत्पादन हुादै आएकोमा विक्रीमा समस्या आएकोले किसानबाट थप दूधकिन्न नसकिएको बताए । त्यसैगरी कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष टिकाराम पाण्डेले दुग्ध उत्पादक किसानको समस्या बर्षौंदेखि यथावत रहेको बताउँदै अहिलेसम्म कुनैपनि सरकारले सुनुवाई नगरेको गुनासो गरे । उनले किसानलाई राज्यले हेला गर्दा नेपाल बाहिरको दुधले बजार लिने अवस्था समेत उत्पन्न भएको गुनासो गरे ।
दुग्ध उत्पादनमा जोडिएकी सालझण्डी क्षेत्रका किसान लिलादेवी ज्ञवालीले सैनामैना नगरपालिकाले समेत दूधउत्पादक किसानलाई कुनैपनि खालको प्रोत्साहन नदिएको बताउँदै दुधको मूल्य नपाउँदा समस्या भएको बताए । उनले उत्पादन लागत बढ्दै गएको, पशु विमा गरेपनि बिमाको एक बर्षसम्म नपाएको, पछिल्लोसमय दूधविक्रीका लागि समस्या हुन लागेको भन्दै चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले नेपाल भारत खुला सिमाका कारण भारतीय दूधनेपाली बजारमा आउँदा नेपाली दूधउत्पादक किसानलाई समस्या परेको बताए । उनले सैनामैना नगरपालिकाले किसानलाई उत्पादनका आधारमा दुधमा अनुदान दिएपनि त्यो प्रभावकारी नभएकोले आगामी दिनमा अनुदान बढाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?